मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
आर्थिक
Jul 15, 2011
बैंककको यौन बजार
शुक्रबार, आषाढ ३१, २०६८
कोठाभित्रको दृश्य मेरा लागि अप्रत्याशितमात्र होइन अपत्यारिलो समेत थियो। मलाई आफ्नै आँखामा विश्वास लागेन। के ती दृश्यहरू साँच्चै थिए अथवा म कुनै वयस्क अंग्रेजी चलचित्र हेरिरहेको थिए। काठमाडौंबाट हिँड्नु अघिल्लो दिन नै एक जना पत्रकार दाजुले आँखा झिम्क्याउँदै भनेका थिए-बैंकक हुदै जान लागेको रहेछौँ प्याटपङ्ग जान नबिर्सनु है। उनको भनाईको अर्थ मैले नबुझेको पनि होइन। र, जे त्यहाँ देखिरहेको थिएँ त्यसबारे नसुनेको पनि होइन। बैंककको रात्रि जीवनबारे धेरै पटक साथीभाइबाट सुनेको थिएँ, समाचार पत्र र यात्रा बृतान्तमा पढेको थिए। तर त्यस्ता दृश्यहरू प्रत्यक्ष देख्दा भने अनौठोमात्र होइन अविश्वसनीय लागेको थियो। 2066 सालको भदौको महिनामा भियतनामको दानाङ्गमा हुन लागेको १६ वर्ष मुनिका खेलाडीहरूको एसियाली फुटबल छनोट प्रतियोगिताको समाचार संकलन गर्न म, अर्का पत्रकार सनेन्द्र माली र एन्फा पदाधिकारी महेश गुरुङ त्यता जाने क्रममा यौन बजारबारे विश्व प्रसिद्ध थाइल्यान्डको राजधानी बैंककमा थियौँ।
हामी पुगेको अर्को विहानै २८ दिन अघिदेखि अभ्यासका लागि त्यहाँ रहेको नेपाली टोलीसँग दानाङ्ग तर्फ लाग्नुपर्ने थियो। तर टिकट नपाएकाले हामी तीन जनालाई थप दुई दिन बस्नुपर्ने भएको थियो। दानाङ्गका लागि नउड्दासम्म दिनभरी हामीलाई बैंककमा नेपाली टोलीका लियाजन अफिसरले साथ दिने भएअनुरुप बेलुकासम्म बैंकक सहर घुमेका थियौँ। लियाजन अफिसरले टाउन इन टाउन होटलको मुलद्वार नजिकै छाडेर गएपछि हामी भित्र नपसी केहीबेर त्यही कुरा गरेर बस्यौँ। दिनभरीको घुमाइले हो वा केले मेरो टाउको दुखिरहेको थियो। अनि एक्कासी बैंककको यौन बजार घुम्न जाने प्रसंग आयो। मेरो टाउको दुखेकाले के गरौँ के गरौँ भएको थियो, तर होटलमा एक्लै बसेर पनि के गर्ने भनेर म पनि तयार भएँ र हामी ट्याक्सीमा प्याटपङ्गतर्फ लाग्यौं। बजार नजिकिँदै जाँदा नै हामीले मानिसहरूको चहलपहल र हाउभाउमा फरक अनुभव गर्न थालेका थियौँ। अर्थात् हामी बैंकको विश्व प्रसिद्ध यौन बजारमा आइपुगेका थियौँ। उत्तेजक कपडा र हावभाव बोकेका युवतीहरू बाटामा देखिन थालेका थिए। हरेक ढोकामा एक दुई जना त्यस्तै किसिमका युवक युवतीहरूले बटुवाहरूको ध्यान आकर्षण गर्ने प्रयास गर्दै थिए। हामीले ट्याक्सी रोकेर पैदल हिँड्न थाल्यौँ। अब भने ग्राहकलाई आकर्षित गर्न ढोका ढोकामा बसेका युवा युवतीहरूले हामीलाई खुलारुपमा निम्त्याउन थाले। त्यहाँको यौनजन्य प्रदर्शन र यौन सम्पर्कबारे बताउँदै हामीलाई बोलाउन थाले। अनी हामी पनि एक जनाको पछि लाग्दै साँघुरो भर्‍याङ चढ्यौँ। लगभग तीन तल्ले भवनको बाहिरी भागमा रहेको भर्‍याङ चढेर हामी पहिलो तल्ला भित्र छिर्‍यौँ। ......... ढोकाभित्र छिर्नासाथ देखिएको दृश्य मेरा लागि साँच्चै नै अविश्वसनीय थियो। त्यहाँ एउटा लामो टेबल थियो । त्यसमा केही अर्ध नग्न युवतीहरू उभिएका थिए। त्यस टेबललाई तीन तिरबाट घेरेर कुर्सीहरू राखिएको थियो। र त्यहाँ केही मानिसहरू बसेर ती यौन प्रदर्शन गरी रहेका युवतीलाई हेरिरहेका थिए। हामीलाई भने अली पछाडि राखिएको कुर्सीमा लागियो। टेबलमा उभिँदै गरेका युवतीहरूले विस्तारै अगाडि बढ्ने क्रममा उनीहरू बाँकी रहेका कपडा पनि फुकाल्दै जान्थे। मैले वरिपरि हेरे कोठाभित्र प्रकाश निकै कम थियो। त्यहाँ महिलाहरूलाई पनि देख्दा मलाई झनै अचम्म लागेको थियो। धेरै जसो युरोपेली अमेरिकीजस्ता देखिने महिलाहरू आफ्ना पुरुष साथीसँग आएका थिए भने दुई चार जना स्थानीय महिला विदेशी युवकसाथीसँग बसेका थिए। हामी बसेको टेबल सामुन्य तीनचार जना भारतीय पनि थिए। तीमध्ये एक जना लगभग ६० वर्ष उमेरका जस्ता देखिने अली बढी नै रमाइरहेका थिए। उनी वार गर्लहरूसँग मस्किने कुनै पनि अवसर छाडिरहेका थिएनन्। माथि टेबलमा उभिएका युवतीहरूले अब यौनजन्य करतब देखाउन थालेका थिए।
त्यतिकैमा बार गर्लजस्ता देखिने केही युवतीहरू हामी छेउँ आएर बसेर कुरा गर्ने प्रयास गर्न थाले। १४ वर्ष अघि पनि बैंकक आइसकेका महेश गुरुङले यी युवतीहरूले पैसा धुत्ने मात्र नभई अप्ठेरोमा पनि पार्नसक्ने बताउँदै सावधान हुन भने। त्यसपछि हामीले उनीहरूलाई वास्ता गरेनौं। केहीबेरको प्रयासपछि उनीहरू आफ्नो भाषामा झोक्किदै अर्को टेबलतिर लागे। हामी पनि त्यहाँबाट निस्कियौँ। केही पर गएपछि 'मसाज मसाज' भन्दै एक युवतीले हामीलाई इशारा गरिन्। हामीले पनि बैंककको मसाजबारे धेरै सुनेका थियौँ। प्रजातन्त्र पुनर्स्थापनापछि हाम्रा केही नेताज्युहरूले यस सुविधाको आनन्द उठाइसकेको प्रसंग कुनै बेला चर्चाको शिखरमा थियो। हामी बहिरैबाट हेरेर फर्कने निर्णय गरेर उसको पछि लाग्यौँ। पुनः त्यस्तै भर्‍याङ, अनि पहिलो तल्ला। भित्र पस्नासाथ त्यहाँ एउटा हलजस्तो थियो। एउटा छेउमा लगभग १५-२० जना युवतीहरूको हुल नै बसेको थियो। उनीहरूको सामुन्य सिसाको पर्खाल थियो। उनीहरूले बोलेको बाहिर सुनिदैनथ्यो। प्यारापिट जस्तो भर्‍याङको आकारमा उनीहरू पङितबद्ध भएर बसेका थिए। हरेकको अगाडिको चोलोजस्तो पोसाकमा नम्बर टाँसिएको थियो। ग्राहकहरू आएर सिसाको पर्खालबाट युवती चयन गरेर उसको नम्बर भनेपछि बोलाइँदो रहेछ। हामीहरू केहीबेर उभिएर सिसाभित्रको संसारलाई हेर्न थाल्यौँ। मलाई अली नरमाइलो लागेर आयो। संकोच पनि लागेको थियो। साँच्चै भन्दा मलाई यो सबै मन परेको थिएन। मैले गाँउका मेलामा लाग्ने हाट बजारमा पशुलाई एकै स्थानमा बेच्न राखेको देखेको थिए। तर यो त पशु बजारभन्दा पनि निम्नकोटीको लाग्यो मलाई। सिसाभित्र बेचिन बसेका मानिस थिए र बाहिर उनीहरूको यौनको मूल्यांकन गर्दै बसेका सबै मानिस नै थिए। साँच्चै नै एउटा मानवले अर्को मानवमाथि गरेको यो अति नै निकृष्ट व्यवहार लाग्यो मलाई। हुनत, यौन बजार थाइल्यान्डको प्रमुख आयस्रोत भएको सुनेको थिएँ। तर मानवतालाई नै बिर्सेर आर्जन गरिने प्रकृयालाई कसरी व्यापार भन्ने? सिसाभित्रका युवतीहरू हामीतर्फ हेर्दै हाँस्दै कुरा गरिरहेका थिए। मेरो टाउको दुखाई सहन नसकिने अवस्थामा पुगिसकेको थियो। मैले महेश गुरुङ र सनेन्द्रलाई भने अनी हामी बाहिरिर्‍यौ। दलालजस्तो देखिने अधवैशे मानिस हाम्रो पछि लाग्दै टुटफुटेको अंग्रेजीमा 'किन कोही मन परेन र? नभए म अर्को ठाउ लैजान्छु, त्यहाँ झनै राम्रा-राम्रा युवतीहरू छन्' भन्दै थियो। अली पर फेरि एक अर्को दलालको फेला पर्‍यौँ। यति बेला चाहिँ दलाल पुरुष नभएर एक युवती थिइन्। उनले महेश गुरुङलाई जोड गरेर आफ्नो पछि आउन भनिन्। महेशले पनि 'जाउन त त्यहाँ पनि हेरेर फर्कौला भने। नजिकैको अर्को भवनको यस पटक दोस्रो तल्लामा रहेको एउटा स्यानो कोठामा हामी पुग्यौँ। यहाँ कुनै सिसाको पर्खाल थिएन। एउटा टेबल थियो। पारी तीन वटा कुर्सीमा दुई युवती र एक युवक बसेर अगाडि टेलिविजन पर्दामा आइरहेको उत्तेजक अंग्रेजी चलचित्र हेर्दै थिए। हामी पुग्नासाथ उनीहरू जर्‍याकजुरुक उठे। अनि त्यतिकैमा भित्रबाट एउटी अली सुन्दर देखिने युवती हुत्तिदै आइन् र स्थानीय भाषामा केही भन्दै महेश गुरुङलाई अंकमाल गर्दै म्वाई खान खोजिन्। ती युवतीको अप्रत्यासित व्यवहारका लागि महेश तयार थिएनन्। तर उनले हुत्तिदै आफूलाई जोगाए। अनी हामी पनि तल तिर दुगुर्‍यौँ। ती युवती पनि चिच्याउदै पछि आउदै थिइन्। सडकमा आइपुगेपछि भने हामी हास्न थाल्यौँ। अनि यसरी घुम्दा फेरि अर्कैले तान्ला भनेर ट्याक्सीमा फक्यौँ। होटल पुग्दासम्म मेरो टाउको दुखाई सहन नसक्ने स्थितिमा पुगेको थियो। होटलसँगै रहेको २४ घण्टा खुला रहने पसलबाट औषधी किनेर खाएपछि राहत भयो। भोलिपल्ट लियाजन अफिसर आएर हामीलाई दिउँसो बैंकक घुमाउन लैजाने बताए। 'आज म तपाईँहरूलाई विशेष स्थानमा लैजान्छु।' उनले भने। उनको कार एउटा निकै बिशाल भवन अगाडी रोकियो। भित्र गएको त मेरी वास्सै हामी त फेरि मसाज सेन्टरमा पो पुगेछौँ त। तर यो अघिल्लो बेलुकाको जस्तो स्यानो थिएन। त्यो हलमा बिभिन्न उमेरका लगभग ५० जनाभन्दा बढी महिलाहरू सिसाको पर्खालभित्र थिए। 'वास्तविक बजार त यो पो रैछ।' सनेन्द्रले भन्यो।
                                  त्यहाँ सिसा वारी ग्राहकलाई वस्ने व्यवस्था पनि निकै स्तरिय थियो। सिसा भित्र १६ देखि लगभग ३५ वर्ष उमेरसम्मका महिलाहरू थिए। हामी केही वेर वसेर फर्कियौँ। बाहिर निस्कने क्रममा लियाजन अफिसर भन्दै थिए-कम उमेरका युवतीहरू अली सस्ता हुन्छन्। हामीले किन भनेर जिज्ञासा राख्दा उनले भने,'कम उमेरका बढी उमेरका जस्ता मसाजमा अनुभवी हुदैनन्। उनीहरू सिकारु हुन्, त्यसैले उनीहरूको सेवा सस्ता हुन्छन्।'


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan