मंगलवार, १ श्रावन, २०७५ (Tue, 17 July, 2018)
मनोरञ्जन
Jul 15, 2011
न्यूयोर्कमा कलाकार बदनाम
शुक्रबार, आषाढ ३१, २०६८
न्यूयोर्क / पछिल्लो पुस्ता माझ चलेकी नेपाली रजतपटकी नायिका तथा निर्देशक श्याम भट्टराईकी धर्मंपत्नी रंजना शर्माको न्यूयोर्कको बसाई विचित्रको छ । उनी आजकल बत्तिसपुतलीका सुशिलसँग न्यूयोर्कको डेरामा बस्छिन् । कानूनी रूपले उनीहरु यसो चीनजानका मान्छेमात्र हुन् तर न्यूयोर्क बसाईको हिसाबले लोग्नीस्वास्नी भन्दा कम छैनन् । पेशागत हिसाबले सुशिल ट्याक्सी चालक हुन् । ट्याक्सी चालकको पेशा न्यूयोर्कमा अर्थोपार्जनको हिसाबले नेपाली माझ आकर्षक मानिन्छ । रन्जना आजकल न्यूयोर्कमा सबै नेपाली महिलाहरु बिच लोकप्रिय काम नेल्समा मेनिकुर र पेडीकुर गर्छिंन् । रंजना शर्मा मात्र होइन नयाँ पुस्ता बिच चर्चित नायक बिक्रांत बस्नेतको कथा पनि ठ्याक्कै उस्तै छ । दुई ओटा अर्गानिक स्टोरकी मालिक्नी अनीता थापाको कमाईमा रमाएर बसेका छन् उनी । आज भन्दा ६ ,७ वर्ष अमेरिकन सरकारले अनीताको लोग्नेलाई नेपाल फिर्ता पठाएपछी न्यूयोर्कमा त्यति नेपाली समाज बिच नदेखिएकी उनी नायक बिक्रांत बस्नेतको साथले चर्चित बनेकी छन् । बिक्रांत कतै काम नगरी संपत्तिवाल अनीताको साथले न्यूयोर्कमा सानदार जीवन बिताईरहेका छन् । "बादलुको घुम्टोले इलाम बज़ार छेकिँदा" गीतका चर्चित गायक यम बरालको अमेरिकाको दिनचर्या विचित्रको छ । न्यूयोर्कमा उनी, म यम बराल हो भन्दै रवाफ देखाउदै हिड्ने गरेपनि कोठाभाडा नतिर्दा कोठाबाट निकलिएपछि आजकल न्यूयोर्कमा यम बराललाई डेरा पाउन नै मुस्किल भएको छ । बेलुकी भए पछि जाँड रक्सीको तल तल मेट्न रेष्टुरेन्टमा जाने तर पैसा ननिकाल्ने भएपछि न्यूयोर्कका सबै नेपाली रेष्टुरेन्टका मालिकहरु यम बराल आएपछी मुन्टो बटार्न थालेका छन् । यती मात्र होइन नेपालका चर्चित गायक यम बराल आजकल एक कप चियाको लगी नेपालीलाई गुहार्दै हिड्न थालेका छन् । ६ दिनसम्म साहुको घरमा काम गर्ने र एक दिन बिदा मनाउन न्यूयोर्कमा आउने (लोग्नेहरु नेपालतिरै भएका) अधबैशे नेपाली महिलाहरुको मनबहलाईदिने गरेको कारण ती महिलाहरुले १ ,२ सय दिने गरेकोले धन्न यम बराल न्यूयोर्कमा होमलेस भएर सड़कमा सुतेको खबर प्राप्त भएको छैन । नेपाल टेलिभिजनका रिपोर्टर दिवाकर बाकचंदकी धर्मंपत्न्नी पबिता बाकचंद आजकल न्यूयोर्कमा चर्चित गायिका हुन् । नेपालमा रहदाँ हाल नायिका रंजनासंगै बस्ने गरेका सुशिलसंग गायिका बाकचंदको उठ बस थियो तर आजकल पत्रकार बाकचंद न्यूयोर्क पुगे पछि निकै भद्र देखिन्छिन् । नेपाली सिने जगतकी चर्चित नायिका गौरी मल्ल न्यूयोर्क आएको केही समय हात हेर्ने ज्योतिषी पनि बन्न पुगिन् र एक भारतीय जवान ज्योतिषीसंग बस्ने गर्थिन् । केही महिना पछि त्यों ज्योतिषीसंगको सम्बन्ध बिग्रेपछि उनी आजकल गायिका बनेर नेपाल जापान रेस्टुरेनटमा काम गर्छिन् । नेपालमा पप गीतको सुरुवातसंगै उदाएका गायक हरिस माथेमा अमेरिकाको न्यूयोर्कमा दोश्री स्वास्नी अनीताको साथमा बसेका छन् । ग्रीन कार्ड पाएको धेरै भएर पनि नेपालमा रहेकी स्वास्नी र बच्चाहरुलाई अमेरिका ल्याउन चासो नदेखाएको कारण बुज्दै जाँदा उनले न्यूयोर्कमा अर्की अनीता नामकी महिलालाई स्वास्नी कै रूपमा राखेका छन् । रंजना शर्मा ,बिक्रांत बस्नेत ,यम बराल ,पबिता बाकचंद र गौरी मल्ल मात्र होइन देशका अमूल्य गहना ठहरिएका यी कलाकारहरुले न्यूयोर्कमा भने नेपालीहरुको बचेखुचेको इज्जत नै धोस्त पारेका छन् । यस्तो अवस्था छ की नेपाली कलाकार न्यूयोर्कमा बाटोमा हिड्दा समेत शिर ठाडो पारेर हिड्न सक्ने अवस्था छैन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa