देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग
वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटघाट भएको छ । यो भेटले सत्ता समीकरणमा तरंग ल्याएको छ । सत्ता गठबन्धनमा खटपट भइरहेका बेला र वैकल्पिक गठबन्धनको कुरा उठिरहेका बेला दुई नेताको भेटघाट भएको हो । भेटमा वैकल्पिक गठबन्धन बनाउने विषयमा खुलेर छलफल भएको बुझिएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ । […]