सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
मुख्य खवर
Nov 10, 2011
ट्याक्टर दुर्घटनामापरी मेला भर्न गएका १८ जनाको मृत्यु
बिहीवार, कार्तिक २४, २०६८
सुनसरी, कात्तिक २४ ।


बरहाक्षेत्रमा दर्शन गर्न गएका दर्शनार्थीहरु चढेको ट्याक्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । धनुषाबाट मेला भर्न गएका दर्शनार्थीहरु चढेको ट्याक्टर सुनसरीको भरौल–२ मा भएको दुर्घटनामा १८ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा अझै केही यात्रु हराइरहको आशंका गरिएको छ ।

दर्शनार्थीहरु चढेको ज १ त ४५५३ नम्बरको ट्याक्टर मोरङ सुनसरी सिंचाई आयोजनाको नहरमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकी धनुषाकी सुनिता देवी मुखियाको सनाखत भएको प्रहरी स्रोतले उल्लेख गरेको छ ।


बराह क्षेत्रमा एकादशीका दिनदेखि लाग्ने मेला भर्न जाने दर्शनार्थीहरु चढेको उक्त ट्याक्टर दुर्घटनामा परेको हो । हालसम्म मृत्यु हुनेमा १६ महिला र २ पुरुष रहेको बुझिएको छ ।

घटनास्थलमा अहिले नेपाली प्रहरी, शसस्त्र प्रहरी स्थानीय वासिन्दाले उद्दार कार्य जारी राखेका छन् ।
दुर्घटनामापरी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan