शुक्रबार, २ कार्तिक, २०७५ (Fri, 19 October, 2018)
मुख्य खवर
Nov 10, 2011
अमेरिकाले माओवादीलाई आतंककारीको सूचिबाट हटाउने पहल गर्दै
बिहीवार, कार्तिक २४, २०६८
काठमाडौं, कात्तिक २५ ।

दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री रोर्वट ब्लाकले माओवादीलाई आतंककारीको सूचीबाट हटाउन पहल सुरु गरेको जानकारी दिएका छन् । सार्क शिखर सम्मेलनका क्रममा माल्दिभ्समा रहेको प्रधानमन्त्री र ब्लाकबीच भएको भेटवार्तामा ब्लाकले यस्तो कुरा बताएका हुन् ।

पछिल्लो समयमा भएको ७ बुँदे सहमतिपछि अमेरिका माओवादीलाई आतंककारीको सूचीबाट हटाउन तत्पर रहेको ब्लाकले बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा ब्लाकले दलहरुबीच भएको ७ बुँदे सहमतिको प्रशंसा गरेको उल्लेख गरिएको छ ।

त्यस्तै उक्त अवसरमा वर्तमान सरकारप्रति अमेरिकाको साथ रहेको जानकारी पनि गराइएको बताइएको छ । भेटका अवसरमा नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीको पनि उपस्थिति रहको जनाइएको छ ।

माल्दिभ्सको अड्डु सिटी स्थित सांग्रिला रिसोर्टमा भएको भेटमा प्रधानमन्त्री भट्टराईले ५ वर्षसम्म अवरुद्ध शान्तिप्रक्रियालाई वर्तमान सरकारले ७ बुँदे सहमति मार्फत् टुंगोमा पु¥याउन लागेको जानकारी ब्लाकलाई गराएको उल्लेख गरिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan