Rajshow Bivag
कोभिड-१९ प्रतिकार्य परियोजनाः

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

Akhabar Nepal अखबार संवाददाता    जेठ ७, २०८१
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी खानेपानी आयोजनाद्वारा सञ्चालित कोरोना भाइरस 'कोभिड-१९' प्रतिकार्य परियोजनाले स्वास्थ्य तथा सरसफाईका क्षेत्र लगायत सचेतना, बहुउद्देश्यीय भवन निर्माण, स्वास्थ्य सामग्री वितरण लगायतका कामहरु गर्दै आएको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित परियोजनाले देशभरका १५ स्थानीय तहसँगको सहकार्यमा काम गर्दै आएको परियोजनाका संयोजक हरि शर्माले बताए । […]

विश्वासको मत:

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

Akhabar Nepal अखबार संवाददाता    जेठ ७, २०८१
प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १५७ मत, प्रस्तावको विपक्षमा शून्‍य मत परेको र प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको हो । प्रतिनिधि सभामा सोमबार १५८ सांसद मतदानमा सहभागी भए । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ । […]

संसदमा कांग्रेसको प्रदर्शन:

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

Akhabar Nepal अखबार संवाददाता    जेठ ७, २०८१
कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभा बैठकमा देखाएको प्रदर्शन इतिहासमा कलंकका रुपमा स्थापित हुने दाबी गरेका छन् । ‘आजको यो गतिविधि नेपालको इतिहासमा कलंलको रुपमा राम्रैसँग स्थापित हुनेछ,’ सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यसो भनेका हुन् । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको लिने कार्यसूची प्रभावित बनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले अवरोध गरिरहेका छन् । […]

इङ्लिस प्रिमियर लिग:

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

Akhabar Nepal अखबार संवाददाता    जेठ ७, २०८१
म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । इतिहाद स्टेडियममा गएराति सम्पन्न खेलमा पाहुना टोली वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । सिटीको यो १०औँ प्रिमियर लिग उपाधि हो । सिटीले यसअघि सन् २०२१, २०२२ र २०२३ मा उपाधि जितेको थियो । पुन: उपाधि जितेको सिटीले यसपटक ३८ खेलबाट ९१ अंक जोड्यो । सिटीलाई उपाधि दिलाउन फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरे । वेस्टह्यामका मोहम्मद कुदुसले टीमका लागि सान्त्वना गोल फर्काए । […]

उच्च पहाडीमा हल्का हिमपातको सम्भावना:

बिहानैदेखि देशका केहि भू-भागमा हावाहुरीसहित पानी पर्दै, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

Akhabar Nepal अखबार संवाददाता    जेठ ७, २०८१
बिहानैदेखि देशका केहि भू-भागमा हावाहुरीसहित पानी पर्दै, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्का वर्षा समेत भइरहेको छ । आज दिउँसो कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ । देशका बाँकी भूभागमा दिउँसो आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

Golden Peak High School
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Umakunda Gaunpalika Ad
Departmant of helth services
Home Ad New Vision
Bank Rastra
Home Ad New Vision