युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो
नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । आज भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित हुँदै बाहिरिएको हो । पराजयसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ । टस हारेर नेपालले पहिला ब्याटिङको निम्तो पाएको थियो । जितका लागि नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन जोडेको थियो । […]