Rajshow Bivag
राजा राष्ट्रपति भेटवार्ता:

जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसका लागि न्यूनिकरण सम्बन्धी साझा चासोको मुद्दामा सहकार्य गर्न जोड

Akhabar Nepal अखबार संवाददाता    वैशाख ११, २०८१
जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसका लागि न्यूनिकरण सम्बन्धी साझा चासोको मुद्दामा सहकार्य गर्न जोड

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपरान्ह यहाँ आउनुभएका कतारका  राजा अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उहाँले यस्तो बताउनुभएको हो । […]

राजा राष्ट्रपतिबीच भेटवार्ता:

राष्ट्रपति पौडेल र कतारका राजा अमिरबीच भेटवार्ता

Akhabar Nepal अखबार संवाददाता    वैशाख ११, २०८१
राष्ट्रपति पौडेल र कतारका राजा अमिरबीच भेटवार्ता

कतारका अमिर शेख तमिम विन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी थिए । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको समेत सहभागीता रहेको थियो । […]

कतारका राजा नेपालमाः

राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत

Akhabar Nepal अखबार संवाददाता    वैशाख ११, २०८१
राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत

कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आईपुगेका छन् । राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा २१ तोपका सलामी दिएको थियो । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, पराराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति थियो । […]

लोकतन्त्र दिवस:

आज १८औँ लोकतन्त्र दिवस

Akhabar Nepal अखबार संवाददाता    वैशाख ११, २०८१
आज १८औँ लोकतन्त्र दिवस

आज १८औं लोकतन्त्र दिवस । विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाईदैछ । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । वि.सं. २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । […]

Golden Peak High School
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Home Ad New Vision
Departmant of helth services
Home Ad New Vision
Home Ad New Vision