आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
देश
Jan 04, 2012
सालिक सार्ने निर्णयको बिरोध र भत्सर्ना जारी
बुधबार, पौष २०, २०६८
काठमाडौं, पुस २१।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहिद गेटमा रहेको त्रिभुवनको शालिक त्यहाँबाट हटाएर नारायणहिटी संग्रालयमा सार्ने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार व्यवस्थापिका संसद बैठक बहिष्कार गरेको छ । बैठकको प्रारम्भमै बोल्दै राप्रपाका सभासद चन्द्रबहादुर गुरुङले सरकारले इतिहाँस, परम्परा र संस्कृतिलाई मेटाउने प्रयास गरेको बताए ।


उनले सरकारले गरेको निर्णय फिर्ता लिनुपर्ने जनाए । सरकारले उक्त निर्णय नसच्याए आन्दोलन गर्ने राप्रापा नेपालले जनाएको छ । संसदमा राप्रपा नेपालका चार जना सभासद् रहेको छ ।

उता राजसंस्था पुनःस्थापना संघर्ष समिति ललितपुरले शहिदगेटमा अवस्थित राजा त्रिभुवनको सालिक हटाउने सरकारको निर्णयको भत्स्रना गरेको छ ।

समितिले बुधबार एक विज्ञप्ती प्रकाशित गरी नेपाली जनताको दैनिक जनजिविकाका सवाललाई वेवास्ता गरी शालिक हटाउने निर्णय गरेर सरकारले राजा त्रिभुवनले २००७ सालको प्रजातन्त्रको स्थापनालागि आफ्नो राजगद्दी समेत बाजी राख्ने ईतिहासको तथ्य मेटाउने धृष्टता गरेको भन्दै सो निर्णय नसच्याए सरकारका विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

विज्ञप्तीमा भनिएको छ ।  अहिले इन्धनको अभाव लोडसेडिङ महंगी कालो बजारी भ्रष्टाचार तथा हत्या िहंसाबाट पीडित भएको अवस्थामा त्यसलाई निराकरण गर्ने कार्यमा नलागी इतिहासलाई मेटाउने दुस्साहस गरिरहेको छ । यसलाई तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौं । 

समितिले सत्ता र शक्तिको आडमा इतिहासको तथ्यलाई बङग्याउन नसक्ने दाबी गर्दे समितिले यसलाई तत्काल नसच्याए यसको प्रतिकार गर्न नेपाली जनता सडकमा उत्रिने र त्यसकॊ जिम्मेवारी स्वयं सरकारले नै लिनुपर्ने विज्ञप्तीमा भनिएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang