सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
मुख्य खवर
Jan 05, 2012
कुलेश्वरदेखि बल्खुसम्म हाललाई घर नभत्काउन आदेश : सर्वोच्च
बिहीवार, पौष २१, २०६८
काठमाडौं, पुस २१।


बिना मुआब्जा घर भत्काउँदा आफूहरु मर्कामापर्ने भन्दै त्यस क्षेत्रका ६१ जनाले दिएको रीटको सुनुवाइ गर्दे न्यायाधीशद्वय ताहिर अलि अन्सारी र भरतबहादुर कार्कीको इजलासले अर्को व्यवस्था नभएसम्म सडक विस्तारका लागि कुलेश्वरदेखि बल्खुसम्मका घरहरु नभत्काउन सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सडक विभागले २०३२ वैशाख ४ गते कालिमाटीदेखि चोभारसम्मको बाटो बनाउने नक्सा बनाएको थियो । त्यसको दुई वर्षपछि सरकारले २०३४ साल असार २० गते सूचना प्रकाशित गरी देशभरका सडकहरुको वर्गीकरण गरेको थियो ।


वर्गीकरण अनुसार सडकदेखि कतिपरसम्म घर बनाउन नपाइने भन्न पनि सूचनामै उल्लेख थियो । सार्वजनिक सडक ऐन २०३१ अनुसार जारी सूचनामा राजमार्गबाट दुवैतिर २५ मिटर, सहायक मार्गहरुमा १५ मिटर, जिल्ला मार्गहरुमा १० मिटर र सहरी मार्गमा १ देखि ५ मिटरसम्मको जग्गामा कसैंले कुनै संरचना बनाउन नपाउने उल्लेख थियो । कालिमाटी–चोभार खण्डमा सरकारले अहिले गर्न लागेको सडक विस्तार ३४ सालमा भएको वर्गीकरण अनुसार जिल्ला मार्ग अन्तर्गत पर्न आउँछ । यस्तो खालका सडकको सीमा किनारबाट १० मिटरसम्म हुन आउँछ ।



निवेदकमध्ये केहीले घर बनाउँदा उक्त सडकको दायाँबायाँ ७ मिटर छाडेर महानगरिपालिकाबाट नक्सा पनि पास गराएको बताएका छन् । सडकबाट ७ मिटरसम्म छाड्न आफूहरु तयार भए पनि त्यसभन्दा बढीको मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ । :


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan