आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
देश
Jan 10, 2012
राजधानीमा झण्डै ४० हजार बालश्रमिक
मंगलवार, पौष २६, २०६८
काठमाडौं, पुष २६ ।

पुस महिनाको कठ्याङ्ग्रिने जाडोमा मैलो र च्यातिएको लुगा लगाएर फटाफट प्लेट उठाएर टेबल सफा गरिरहेका उनी भन्दै थिए, दिनभर ग्राहकका लागि खाना खुवाउँदै ठिक्क हुन्छ तर आफ्नो इच्छानुसारको खाना खान पाउँदिन, मन थाम्नै नसकेर खाइहाले पनि साहूसाहुनीको कुटाइ खानुपर्छ । यो कारुणिक कथा राजधानीको होटेलमा काम गर्ने १३ वर्षिय बालक शङ्कर तामाङको हो ।

रसुवा घर भई विगत तीन वर्षदेखि होटेलमा काम गर्दै आएका शङ्करलाई सुरुमा मासिक पाँच सय रुपियाँमा काममा लगाइएको थियो तर हाल एक हजार रुपियाँ पाउने गर्छन् । शङ्कर भन्छन्, पढ्ने कसको रहर हुँदैन र १ आफूले काम नगरी भोकभोकै बस्नु परेपछि पढाइ छाडेर होटलतिर आएँ ।यस्तो समस्या शङ्करको मात्र होइन, होटलमै काम गर्ने अर्का बालक धनगढी -४ का अमित कठरिया र मनु चौधरीको पनि छ ।

गाउँबाट सहरमा काम खोज्दै आउने बालबालिकाको अवस्था प्रायः यस्तै छ । ठूला उद्योगदेखि ससाना होटेलमा बालबालिका काम गरिरहेका भेटिन्छन् । शङ्कर, अमित र मनुजस्ता थुप्रै बालबालिकाले राजधानीका होटेल र रेस्टुराँ, मदिरा पसल, मासु पसल, खाद्यान्नका थोक तथा खुद्रा पसलदेखि इँटाभट्टा र सार्वजनिक यातायातमा खलाँसीजस्ता क्षेत्रमा श्रम बेच्दै आएका छन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले २०६५ मा गरेको सर्वेक्षण प्रतिवेदनअनुसार उपत्यकामा सञ्चालित १२ हजार क्याबिन, डान्स रेस्टुराँ तथा मसाज पार्लरमा झन्डै ५० हजार श्रमिक छन् । तीमध्ये १२ देखि १८ वर्षसम्मका बालबालिकाको सङ्ख्या बढी रहेको उल्लेख छ ।


बालश्रम ऐनअनुसार १६ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाइने व्यवस्था गरिएको छ । बालश्रमसम्बन्धी राष्ट्रिय गुरुयोजना -२०६१ देखि २०७१० बनेको छ तर यसको कार्यान्वयन पक्ष अत्यन्त फितलो हुँदै गएको सरोकारवालाहरू बताउँछन् ।

नेपालमा अहिलेसम्म श्रमिक बालबालिकाको यकिन तथ्याङ्क छैन । अन्तर्राष्ट्रिय श्रम सङ्गठन -आईएललो ले एक दशकअघि गरेकोअध्ययनअनुसार नेपालमा पाँचदेखि १६ वर्ष उमेरका २६ लाख बालबालिका नियमित रूपमा श्रम गरिरहेका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालमा सातवटा निकृष्ट खालका काममा बालबालिका संलग्न रहेको पाइएको बताएको छ ।

श्रम तथा यातायात मन्त्रालयका अनुसार नेपालमा एक लाख २७ हजारभन्दा बढी बालबालिका निकृष्ट प्रकारका बालश्रममा लागेका छन् । जसमा बालभरिया, सडक बालबालिका, बँधुवा बालश्रम, घरेलु बालश्रम, श्रम तथा यौनशोषण वा बेचविखन, इँटा भट्टामा काम गर्ने बालबालिका, कोइला तथा अन्य खानीको बालश्रममा परेका बालबालिकालाई समेटिएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang