सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
मुख्य खवर
Jan 12, 2012
दलका सचेतकहरु र सांसदहरुले प्रयोग गरेको गाडीहरु फिर्ता गरिने : सभामुख
बिहीवार, पौष २८, २०६८
काठमाडौं,पुस २८।


सरकारले आफ्नो पालामा दलका सचेतकहरु र सांसदहरुलाई दिएको सुबिधा कानुनविपरित ठहरगरि सर्वोच्च अदालतले दिएको निर्देशन पनि अटेर गर्दै बसेका बिभिन्न दलका सचेतकहरु र सांसदको सुबिधा पनि खोसिने भएको छ । सभामुख सुवासचन्द्र नेम्वाङले मन्त्रिपरिषद् निर्णयका आधारमा सवारीसाधन प्रयोग गरिरहेका राजनीतिक दलका प्रतिनिधिहरुलाई तत्काल सुबिधा फिर्ता गर्न बुधबार निर्देशन दिई सकेको बताएको छ।


सभामुखको निर्देशनपछि अब सत्तापक्ष माओवादी र प्रतिपक्ष कांग्रेस बाहेकका अन्य २० दलले सुबिधाको गाडी फिर्ता गर्नुपर्ने छ । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले संबिधानसभाका सवै दललाई एक एकवटा सवारीसाधन दिने निर्णय गरेको थियो । संबिधानसभामा भएका ३१ दलमध्ये ९ दलले भने सुबिधाको सवारीसाधन लिएका छैनन् ।


गाडी फिर्ता गर्नुपर्ने दलहरुमा एमाले, मधेसी जनाधिकार फोरम नेपाल,गणतान्त्रिक, तमलोपा, तमलोपा नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत २० दल रहेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan