राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत
कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आईपुगेका छन् । राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा २१ तोपका सलामी दिएको थियो । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, पराराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति थियो । […]