Rajshow Bivag
संवाद यात्रा:

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

Akhabar Nepal अखबार संवाददाता    चैत १५, २०८०
नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबार बिहान नवलपरासीको गौरीगञ्जबाट शुरु भएको छ । स्थानीय चोकमा रहेको जननायक बीपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर उनले पहिलो चरणमा रोकिएको संवाद यात्रालाई निरन्तरता दिएका हुन् । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा तीन दिन चल्नेछ । […]

आजको मौसमः

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

Akhabar Nepal अखबार संवाददाता    चैत १५, २०८०
देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । […]

टी-२० शृंखला:

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

Akhabar Nepal अखबार संवाददाता    चैत १५, २०८०
नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

नेपाल ‘ए’ टोलीले तीन खेलको टी-२० शृंखला अन्तर्गत आज पहिलो खेल आयरल्यान्ड उल्भ्ससँग खेल्दैछ । भ्रमणमा रहेको आयरल्यान्ड उल्भ्सले यसअघि सिनियर टोलीसँग दुई खेलको टी-२० शृंखला खेलेको थियो । कमजोर प्रदर्शन गरेको आयरल्यान्ड उल्भ्स पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा पनि नेपालले ७१ रनको जित हासिल गरेर शृंखला २-० ले आफ्नो पक्षमा बनाएको थियो । आयरल्यान्ड उल्भ्सविरुद्ध मैदान उत्रिने नेपाल ‘ए’ टोलीको कप्तानी विनोद भण्डारीले गर्ने छ । […]

आजदेखि एसईई परीक्षा:

सुरु भयो एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

Akhabar Nepal अखबार संवाददाता    चैत १५, २०८०
सुरु भयो एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्ष विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ । १०० पूर्णांक रहेको विषयमा ३५ र ७५ पूर्णांक रहेको विषयमा २७ अंक ल्याउनु पर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ । […]

Departmant of helth services
Sahari Bikash Mantralaya
Home Ad New Vision
Rajshow Bivag
Home Ad New Vision
Home Ad New Vision
Home Ad New Vision