बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
भेटवार्ता
Jan 06, 2015
मोबाइल तथा इन्टरनेट बैंकिङ नेपाल भित्र्याउने पहिलो बैंक हाम्रो हो
मंगलवार, पौष २२, २०७१
दयकृष्ण उपाध्याय चिनाइ राख्नुपर्ने नाम होइन । आर्थिक क्षेत्रका ज्ञाता उपाध्यायले बैंकिङ क्षेत्रमा २८ वर्ष बिताइसक्नुभएको छ । भद्रभलाद्मी एवं स्वच्छ बैंकरका रूपमा चिनिनुहुने उपाध्याय कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । वि.सं २०४३ साल देखि तत्कालीन नेपाल ग्रीण्डलेज बैंक (हाल स्टेन्डर्ड चार्टड बैंक) बाट बैकिङ करीयर सुरु गर्नु भएको उहा“ कर्तव्य परायणता, इमान्दारीता र मिहिनेत नै जिन्दगीको सबै भन्दा ठूलो सम्पत्ति भएको कुरामा विश्वास गर्नुहुन्छ । नेपालमा पहिलो इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको अवधारणा ल्याउन सफल बैंकका सफल बैंकर उपाध्यायस“ग बैंकको समग्र वित्तीय अवस्था, बैंकको भावी योजना र लगानीका क्षेत्रका बारेमा उहा“कै कार्यकक्षमा अखबार नेपालका प्रधान सम्पादक भूपेन्द्र आचार्यसँग गरिएको भलाकुसारी : सम्पादक

– कुमारी बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
कुमारी बैंकको वित्तीय अवस्था अत्यन्तै राम्रो छ । हामीचाहिँ एग्रोथिस ग्रोथभन्दा पनि सस्टेनेबल र हेल्दी ग्रोथ हुनुपर्दछ भन्ने कुरामा विश्वास राख्दछौं । बैंकको निक्षेप ३० अर्ब र कर्जा २५ अर्बको हाराहारीमा छ । यस आ.ब. को पहिलो त्रैमसान्तमा बैंकको संचालन मुनाफा १४ करोड रहेको छ । बैंक भनेको डिपोजिट र जनताको पैसाले चल्ने संस्था हो । सबैभन्दा ठूलो उद्देश्य जनताको पैसालाई सुरक्षित गर्नु हो । त्यसपछि मात्रै गरेका लगानी र नाफाका कुरा हुन्छन् । हामी केही फरक छांै एग्रोसिप ग्रोथमा विश्वास गर्दैनांै । एग्रोसिप ग्रोथले भविष्यमा गएर केही बिग्रियो भने बैंकलाई असर पु¥याउने भएकाले हामी फरक छांै । अहिले नेपालमा तरलताको अवस्था उच्च छ । जसरी र जहां पनि लगानी गर्नैपर्दछ भन्ने मान्यता हाम्रो छैन । लगानी गर्ने हो तर राम्रो ठाउँमा नै गर्ने हो भन्ने मान्यता कुमारी बैंकको छ । लगानीका पर्याप्त अवसर नहुनाले सिसिडी रेसियो ७४% को सेरोफेरोमा रहेपनि समग्र रुपमा बैंकको स्वास्थ्य राम्रो छ ।

– बैंक मर्जर भइरहेको अवस्था छ । पूँजी बढाउन वा बैंकलाई स्ट्रङ बनाउन मर्जर गर भनी राष्ट्र बैंकले भनिरहेको अवस्था छ तपाईंको बैंकको मर्जरको कुरा कहाँ पुग्यो ?
मर्जरको आवश्यकता छ । हालै हाम्रो साधारणसभा सम्पन्न भएको छ । साधारण सभाबाट मर्जर सम्बन्धि सम्पूर्ण कार्य गर्नलाई सञ्चालक समितिलाई मेन्डेड दिएको छ । हालै मर्जर समितिको पनि पुर्नगठन भएको छ । मर्जर मर्जरकै लागि मात्रै भयो भने झन् समस्यामा समस्या नै थपिने हुँदा मर्जर बाट सिनर्जी अउनु जरुरी छ । त्यो सिनर्जी पूंजीको हिसाबले होला वा शाखा सञ्जाल अनि लगानी गर्न सक्ने क्षमताको अभिवृद्धि जस्ता यावत कुराले हुन सक्छ । ठूलो भएपछि साना–साना समस्याले संस्थालाई हल्लाउन सक्दैन । यही हिसाबले मर्जर गर्न हामीले ‘क’ वर्गका वाणिज्य बैंकसँग पनि ढोका खुल्ला राखेका छौं । कुराकानी भइरहेको छ । राष्ट्रिय स्तरका विकास बैंक, क्षेत्रीयस्तरका विकास बैंक र फाइनान्स कम्पनीसँग पनि कुराकानी भएको छ तर आजका दिन यहीसँग मर्जर गर्दैछांै भन्ने अवस्थामा भने हामी पुगी सकेका छैनौ । भित्री काम भएको छ तर निर्णयमा पुग्न बांिक छ ।

– नेपालमा सबैभन्दा पहिले मोबाइल बैंकिङ ल्याउने कुमारी बैंक हो तर अहिले शाखारहित बैंकिङ र शाखा सञ्जाल बढाउने कुरामा बैंक पछि परेको हो ?
हामीले मोबाइल बैंकिङ मात्रै पहिला गरेको होइन, इन्टरनेट बैंकिङ पनि हामीले नै नेपालमा पहिला सुरु गरेका हांै । त्यसपछि अरु पनि नयाँ–नयाँ टेक्नोलोजिकल प्रोडक्ट हामीले ल्याएका छांै । नेपालको भौगोलिक अवस्था, जहां यातायात तथा अरु पूर्वाधारहरुको विकास भएको छैन जसले गर्दा जनताले बैंकिङ्ग सेवा प्राप्त गर्न सकेका छैनन्, लाई मनन गरी हामीले मोबाइल नम्बरलाई नै एकाउन्ट नम्बरको रुपमा प्रयोग गर्न सकिने गरी मोबाइल बैकिङ्ग प्रडक्ट सुरु गरेका थियौ ।

– तर अहिले सुस्ताएको वा कता–कता हराएको जस्तो अवस्था पनि छ नि, कुमारी बैंकको १५ वर्षको इतिहासमा ?
यस्तो छैन भूपेन्द्रजी । कछुवाको गतिमा होइन हामी हाम्रो गतिमा हिँडेका छांै । बाहिर हुँदा यस्तो देखियो होला तर सत्य होइन, हामी सबै कुरामा ध्यान दिन्छांै । हामी निक्षेपकर्ताको पैसा सुरक्षित गर्ने र राम्रो लगानी गर्ने बैंकभित्र छौं । अर्को कुरा कर्पोरेट सुशासनको कुरामा कुमारी बैंक अत्यन्तै सिरियस छ । हामी संस्थागत सुशासनमा कहिल्यै कम्प्रोमाइज गर्दैनौं । अर्को शाखा खोल्ने कुरा उठाउनुभयो, हामीले पनि शाखा विस्तार गरिरहेका छांै । ३५ प्रतिशत जनताको मात्रै बंैकिङ क्षेत्रमा पहुंच रहेको परिपेक्षमा हामीले पहाड, तराई, हिमाल सबै क्षेत्रका जनतालाई बैंकिङ्ग पहुंच पुरयाउने उद्देश्यले मोबाइल बैंकिङ सुरु ग¥यौं तर जनतालाई बुझाउन हामी एउटा संस्थाले मात्रै सक्दो रहेनछौ भन्ने कुरा पछि रिलाइज ग¥यौं । यसका लागि राज्य नै लाग्नुपर्ने हामीले देख्यांै । शिक्षा दिनुप¥यो । विश्वास दिलाउनुप¥यो सबैलाई । मैले मेरी आमालाई नै यसबारे विश्वास दिलाउन समय लाग्यो । तर, मैले उहाँको टेलिफोनको बिल मोबाइलबाटै तिरेर देखाइदिए पछि मात्रै उहाँले विश्वास गर्नुभयो । मलाई मेरो घरमा बस्ने सदस्यलाई विश्वास दिलाउन सजिलो छैन भने गाउँ तथा दूरदराजमा बस्नेहरूले कसरी विश्वास गर्ने ? मोबाइल भनेको फोनमा कुरा गर्नलाई मात्रै हो भन्ने धारणा अधिकाशं जनतामा छ । त्यसकारण जुन लक्ष्यमा लाग्ने विश्वास गरेर मोबाइल बैंकिङ सुरु ग¥यौं त्यही लक्ष्यमा पुग्न नसकिए पनि हामीले हाल पन्ध्र हजार ग्राहकलाई मोबाईल बैकिङ्गको सेवा प्रदान गर्दैै आएका छौ जुन संख्या बढ्ने क्रममा छ ।

– शाखारहित बैंकिङबारे चाहिँ के छ ?
यसमा पनि हामी लागिरहेका छांै । शाखा खोल्न सबै ठाउँमा सम्भव नभएकाले शाखारहित बैंकिङको कुरा आएको हो । यसमा पनि शुरुमा त खाता खोल्नु पर्ने नै हुन्छ । खाता खोले पछि स्थानीय आउटलेटहरुलाई एजेन्ट बनाएर काम गराउनुपर्ने बाध्यता छ । नगद जम्मा गर्ने र झिक्नुप¥यो भने ग्राहकको कार्डबाट निकाल्ने हो । हामीले यसबारे जनचेतना जगाउनुप¥यो भन्ने हाम्रो धारणा हो । शाखारहित बैंकिङ नगरे पनि रेमिट्यान्स एजेन्टमार्फत रेमिट्यान्स पु¥याएकै छांै । हाम्रा देशभर रेमिटेन्स एजेन्टहरु छन् । हामीले मोबाइल बैंकिङमै धेरै काम गरेका छांै । हालैमात्र हामीले रुकुम, ओखलढुंगा, सल्यानको कपुरकोट जस्ता ठाउं गरी काठमाडौं बाहिर ६ वटा शाखा खोलेका छौं । २ वटा शाखा काठमाडौंमा खोल्ने तयारीमा छांै । हामी सबैतिर लागेका छौं, सुस्ताएका छैनांै ।

– अहिले तपाईले भने जस्तै बैंकमा तरलता छ तर लगानी नभएको अवस्था चाहिँ सत्य हो त ?
तरलता बढ्नु चाहिँ बैंकहरु लगायत देशकै पनि ठूलो समस्या हो । बजेट समयमै आएको छ, रेमिट्यान्स आएकै छ । विकास खर्च हुन नसके पनि साधारण खर्च भएको जस्ता कारणले गर्दा तरलता बढेको छ । लगानी गर्ने कुरा चाहिँ यस्तो हो, तरलता छ भन्दैमा आखां चिम्लिएर लगानी गर्न हुंदैन । नयाँ सेक्टरहरूमा अहिले बैंकहरूले लगानी गरेको अवस्था चाहिँ छैन । एउटा ग्राहकलाई अर्कोले तान्न व्याज घटाउने प्रवृत्तिको विकास भएको छ जुन समग्र बैकिङ्ग क्षेत्रको हितमा छैन र यस्तो परिपाटीले समग्र अर्थतन्त्रको पनि हित गर्दैन ।

– यसैमा जोडौं, राष्ट्र बैंकले तपार्इंहरूलाई ८० प्रतिशत लगानी गर २० प्रतिशत बैंकमा राख भनी निर्देशन नै दिएको अवस्था छ, २० प्रतिशत कहाँ लगानी हुन्छ त ?
२० प्रतिशत को तरलता राख्नू भन्ने राष्ट्र बैंकको निर्देशन हो । १०० रुपैयाँ डिपोजिटमा २० रुपैयाँ तरल सम्पत्तिमा राख्नु पर्ने हुन्छ । हामीले यो २० प्रतिशत टे«जरी बिल, इन्टर बैकिङ्ग कर्जा, सरकारी क्रृण पत्र आदिमा लगानी गर्नुपर्ने हुन्छ जसको प्रतिफल करीब करीब सुन्य छ । यसले समग्र बैंकिङ्ग क्षेत्रको प्रोफिटिविलिटीमा नराम्रो प्रभाव पारेको छ । कारण के भन्दा लगानीका नयां क्षेत्रहरु आएको अवस्था छैन । लगानीमैत्री वातावरण बन्नुप¥यो नि । इन्टरबैंकिङ कारोबार नभएको महिनौं भयो यसको कारण पनि अत्याधिक तरलता नै हो ।

– नेपाल राष्ट्र बैंकले अबदेखि बैंकमा खाता खोलेरमात्रै रेमिट्यान्स ल्याउनुपर्ने वा राष्ट्र बैंकसँग स्वीकृति लिएरमात्रै रेमिट्यान्स गर्ने कुरा भएको छ, यसलाई कसरी लिनुहुन्छ ?
कुनै पनि कारोवार बैंक खाताबाट मात्र गर्नु पर्छ भन्नु सिद्धान्त त राम्रो कुरा हो । यसले बैकिङ्ग प्रणालीको विकास गर्छ, बहुसंख्यक जनताहरु बैंकङ्ग क्षेत्रको पहुंच भित्र पर्छन् । तर यो व्यवस्था खाली वाणिज्य बैंकहरुले गर्ने रेमिटेन्स कारोबारमा मात्रै लागु गर्ने तर त्यस्तै कारोवार गर्ने अन्य संस्थाहरुलाई लागु नहुने खालको व्यवस्था प्रति हामीले असहमति जनाएका हौ ।

– नेपाल राष्ट्र बैंकले २०७२ असार मसान्तसम्म ऊर्जा र कृषिमा १२ प्रतिशत लगानी गर्नुपर्ने निर्देशन नै दिएको छ नि, तपाईंको बैंकको यस क्षेत्रमा कति लगानी छ त ?
ऊर्जा र कृषि क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेअनुसार नै हाम्रो बैंकको लगानी छ । ऊर्जामा बढी छ । कृषिमा अलि कम छ । कुन कुन क्षेत्रको लगानी कृषि अन्तर्गतको लगानीमा पर्छ भन्ने विद्यमान व्यवस्था अझ व्यवहारिक तथा स्पष्टका साथ परिमार्जित हुनु जरुरी छ ।

– १५ वर्ष पूरा गरेको तपाईंको बैंकले कस्ता सामाजिक उत्तरदायित्वका काम गरेको छ ?
हामीले सामाजिक उत्तरदायित्वका विभिन्न काम गरेका छौं । हामीले हाम्रो क्षेत्रभित्र बसेर, हाम्रो पहुँचभित्र बसेर काम गरेका छांै । हामीले विद्यार्थीहरूलाई छात्रवृत्ति दिएका छांै ।े हेल्थ क्याम्पको संचालन गरेका छौं । हामीले रक्तदानका कार्यक्रम गरेका छांै । नामै कुमारी बैंक भएकाले कुमारी देवीका लागि कुमारी जात्रामा कुनै न कुनै किसिमले सहयोग गरेका छौं । यस्ता धेरै सामाजिक उत्तरदायित्वका काम हामीले गरेका छौं ।

– वाणिज्य बैंकहरूले अहिले विदेशमा शाखा खोल्न स्वीकृति लिएको अवस्था छ, तपाईंको बैंकको योजना के छ ?
शाखा नभई केहि बैंकहरुले विदेशमा सम्पर्क कार्यालय खोलेको जस्तो लाग्छ मलाई । हामी पनि यसबारे अध्ययन गर्दैछौं । नेपालमा अधिकतम मात्रामा रेमिटेन्स भित्रिने देशहरु जस्तै मलेसिया, मध्य पूर्वी मुलुकहरु, दक्षिण कोरीया लगायतका देशहरुमा सम्पर्क कार्यालय स्थापना गर्ने सम्बन्धमा हामी सम्भाव्यता अध्ययन गरिरहेका छौं ।

– अन्त्यमा सेयरधनी, ग्राहक, प्रमोटर, डिपोजिटकर्ता र कर्मचारीलाई केही भन्नु छ ?
कुमारी बैंक अत्यन्तै राम्रो र सबल बंैक हो । हाम्रो लगानी राम्रा छन् । हाम्रो मिसन र भिजन स्टेटमेन्ट बाटै कुमारी बैंक अगाडि बढेको अवस्था छ । हामीले सेयरधनीलाई राम्रो प्रतिफल दिएका छौं । हामी संस्थागत सुशासनमा प्रतिबद्ध छौं । समग्रमा भन्नुपर्दा कुमारी बैंक सम्पूर्ण आधुनिक तथा दक्ष अनि चुस्त दुरुस्त बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम बैंक हो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa