शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
भेटवार्ता
Feb 27, 2015
बाफियाबाट राम्रै हुने आशा राखिएको छ
शुक्रबार, फागुन १५, २०७१
अनिल ज्ञवाली
प्रमुख कार्यकारी अधिकृत
नबिल बैंक

– तपाईको बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
समग्रमा बैंकको वित्तीय अवस्था सन्तोषजनक रहेको छ । कर्जा तथा लगानीमा वृद्धि भएको छ । हालको ब्याजदर अन्तर, फि कमिसनमा भएका केही कटौतीले आम्दानीको दायरा भने बढाउन सकिने अवस्था छैन । अझै पनि अधिक तरलता, लगानीका लागि उपकरणको अपर्याप्तता, प्रतिफलमा कमी, कर्जा प्रदायकको चाहनाअनुसार नहुन सक्ने अवस्था, कर्जामा घट्दो प्रतिफलका साथै बहुबैंकिङ जस्ता व्यवस्थाबाट आउने प्रभाव हामीलाई पनि उत्तिकै पर्ने अवस्था रहेको छ ।

– मर्जर गर्ने योजनाबारे के छ ?
बैंकको हालको अवस्थामा यसको आवश्यकता नभएकाले यसबारे तल्काल कुनै योजना छैन ।

– राष्ट्र बैंकले ल्याएको नयाँ बाफियाबारे तपाईको धारणा के छ ?

यो अहिले छलफलको अवस्था नै रहेको छ । जुन आइसकेपछि कस्तो अवस्थामा आउँछ अनि धारणा दिँदा राम्रो होला । हामीसँग पनि यससम्बन्धी सुझाव मागिएकाले ती सुझावअनुसार आउँदा यसले राम्रै हुने आशा राखिएको छ ।

– बैंकमा तरलता बढेको तर लगानी नभएको अवस्था हो ?
केही हदसम्म हो । तर, तरलता पुस मसान्तमा करको पहिलो किस्ता भुक्तानपछि केही कमी भएकाले सिस्टम केही कम तरल भएको छ । लगानीका लागि उपकरणको अपर्याप्तता, प्रतिफलमा कमीका साथै कर्जाको वास्तविक माग नभएको अवस्था रहेको छ । अल्पकालीन रूपमा यसले समग्र प्रणालीमा प्रभाव राखिरहने देखिन्छ ।

– नेपाल राष्ट्र बैंकले विदेशबाट आउने रेमिटेन्सका बारेमा नयाँ निर्देशन जारी गरेको छ, यसलाई तपाईले कसरी लिनुभएको छ ?
समग्र प्रणाली सुधारका लागि ल्याएकाले सकारात्मक नै छ तर यसमा उपभोक्ताका लागि केही व्यावहारिक कठिनाई, अनिवार्य खाताको व्यवस्थालगायतका प्रावधानले समग्र बैंकिङ्ग प्रणालीबाट आउने रेमिटेन्समा कमी आउन गई समग्र औपचारिक रूपमा आउने रेमिटेन्समा असर पर्ने देखिएकाले यसको संशोधनका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरिसकिएकाले यसमा सम्बोधन हुने नै छ भन्ने आशा राखेका छौं ।

– कृषि तथा ऊर्जामा लगानी गर्न के गर्नुपर्ला ?
कृषि क्षेत्र हालसम्म राम्रो तवरले व्यावसायिक विषय नै भएको देखिँदैन । विगतमा पनि अलि धेरै जग्गा हुनेले व्यक्तिगत तवरबाट पहल गरी खेती गर्थे । तर, त्यो सब विगत भएको छ । सिँचाइको अवस्थामा थप प्रयास भए पनि आशातित सफलता आउन समय लागिरहेको छ । मलखाद्य तथा बिउबिजनको बजार छैन । श्रमिकको अभाव तथा कृषि विषय नै एउटा फुर्सदमा गरिने जस्तो विषय बन्न गएकाले थोरैले मात्र यसमा कुरा गरेको देखिन्छ भने काम गर्नेको संख्या अत्यन्त न्यून छ । काम नै नभएपछि लगानीको अवसर पाइएन । ऊर्जामा पनि कुरा धेरै भए तथा काम गर्ने वातावरण गाह्रो छ भनेर लगानीकर्ताले नै भनिरहेको अवस्था छ । तर पनि नेपाल राष्ट्र बैंकलगायत बंैकहरू सबैले यसलाई नेपालको एक अवसरका रूपमा हेरिराखेका छन्, जुन आयो भने राम्रो काम हुने तथा देशमा व्याप्त ऊर्जा संकट हट्नेमा आशावादी हुन सकिन्छ । हामीले यी दुवै क्षेत्रलाई अत्यन्त नजिकबाट अध्ययन गरिराखेका छांै । ऊर्जाका लागि छुट्टै विभाग राखी लगानी गरिराखेको अवस्था रहेको छ भने, कृषिलाई व्यावसायिक पहिचान गरी माग आएमा तत्पर भएर बसेको अवस्था छ ।

– वाणिज्य बैंकहरूले व्याज घटाउनुको कारण के हो ?
साधारणतया बजार (माग तथा आपूर्ति) को अवस्थाले नै व्याजदर निर्धारण हुन्छ जुन अहिले पनि भइरहेको छ । अहिले कर्जाको माग कम छ, यसको आपूर्ति बढी भएकाले व्याजदर घटिराखेको हो ।

– विगत पाँच वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूमा काम गर्ने बैंकरहरू दुई सय ५० जनाभन्दा बढी जेलमा छन्, यसले बैंक र वित्तीय संस्थाहरूको लोकप्रियता घटेको हो ?
यसले बैंकहरूको क्षमता मापन गर्ने तथा असल, कमसल वा खराब व्यक्ति तथा संस्थाबीचको भिन्नता छुट्याउने काम गरेको छ । जसबाट असल व्यक्ति तथा संस्थाप्रतिको विश्वास अझ बढाएको छ भने अन्यमा क्रमशः फरक पारेको छ । विगतमा बैंक तथा वित्तीय संस्था तथा ती संस्थासित जोडिएका व्यक्ति भनेका सबै एउटै हुन् भन्ने मापदण्ड थियो, त्यसलाई तपाईले भनेका कारणबाट संस्थागत सुशासन, व्यावसायिक श्रेष्ठता तथा नैतिक आचरण उच्च भएका व्यक्ति तथा संस्था आवश्यक हुने रहेछन् भन्ने सन्देश दिएको छ, जुन समग्र प्रणाली विकासका निम्ति पनि राम्रो भएको छ ।

– घरजग्गा दलाली गरेर, सेयर कारोबार गरेर बैंक खोल्नेहरूप्रति तपाई के भन्नुहुन्छ ?
व्यापार गर्न पाउनु सबैको अधिकार हो । प्रचलित नियमभित्र रहेर जसले जे व्यापार पनि गर्न सक्दछ । त्यो दलाली पनि हुन सक्दछ । तर, बैंकले जनताको पैंसाबाट कारोबार गर्ने भएकाले यसमा उच्च नैतिक आचरण तथा सुशासन अति आवश्यक छ । त्यो गुण रहने तथा देशको नियमभित्र बसेर काम गर्ने व्यक्तिले बैंक खोलेमा जनताको निक्षेपको सुरक्षण तथा समग्र प्रणाली सुधार हुने भएकाले ती मापदण्ड पूरा गर्न सक्नेले मात्र यो व्यवसायमा आउन् भन्ने मेरो धारणा रहेको छ ।

– बैंक र वित्तीय संस्थाहरूको कर्पोरेट सुशासन चुस्त राख्न के गर्नुपर्ला ?
कर्पोरेट सुशासन अति नै संवेदनशील धागो सरहको सम्बन्ध हो, जुन प्रत्येक व्यक्तिले आफ्नो संस्थाप्रति राख्नुपर्ने हुन्छ । कतै उल्झन भएमा चुँडिने प्रवल सम्भावना हुन्छ । प्रत्येक संस्थाको दिशानिर्देश रहेको हुन्छ, त्यसलाई संस्थाले आफ्नो नियन्त्रणमा राख्नुपर्ने हुन्छ । यी कार्य गर्दा संस्था चलाउने व्यक्ति तथा बोर्डले संस्थाका बृहत् सरोकारवालाको हितलाई बढी केन्द्रीकृत राख्दै प्रक्रिया एवं प्रणाली विकास गरी लागू गरेमा सबैलाई लाभ हुने तथा संस्था चीरस्थायी हुने भएकाले प्रत्येक व्यक्तिले ती कुरामा विचार पु¥याउनुपर्ने हुन्छ । संस्थाका काम कार्यवाही या व्यापार प्रक्रिया तथा प्रणालीबाट सञ्चालन हुनुपर्छ नकि एउटा व्यक्तिको लहडबाट । ती प्रक्रिया तथा प्रणाली चुस्त तथा अध्यावधिक हुनुपर्छ, जसले कार्यसञ्चालन सजिलो तथा मजबुत बनाउनुका साथै सबै सरोकारवालाको बृहत् हित सुरक्षित पार्नुका साथै आवश्यकताअनुसारको पारदर्शितासमेत कायम राख्न सकोेस् ।

– व्यापारीले नै बैंक खोल्ने र उनीहरूकै आफन्तले कर्जा लिई पैसा लगानी गर्ने परम्परा बढेको छ, यसलाई रोक्न के गर्नुपर्ला ? जागिर छोड्ने वा अरू के गर्ने ?
वर्तमान परिप्रेक्ष्यमा निर्देशन अति नै प्रष्ट भएकाले यो अवस्था छैन । निर्देशन आउनुपूर्व कसैले यस्तो गरेका रहेछन् भने त्यसले संस्थागत सुशासन तथा व्यक्तिगत नैतिक आचरणको मूल्यमान्यतालाई दर्शाएको हुन्छ । उच्च नैतिक आचरण तथा असल संस्थागत सुशासनका मान्यताबाट निर्देशित संस्था तथा व्यक्तिले ती गतिविधिबाट आफूलाई अलग राखेका हुन्छन् । हाम्रो संस्थामा त्यो पूर्णरूपमा पालना भएको छ । हामीकहाँ जसले बैंकमा लगानी गरेको छ वा जो सञ्चालक समितिमा वा उच्च व्यवस्थापनमा छ, उसले आफ्नो नातेदारलाई लगानी गरेको अवस्था छैन ।

– तपाईको बैंकले प्रमोटर लगानीकर्तालाई कस्तो प्रतिफल दिनुभएको छ ?
सबै लगानीकर्तालाई एउटै प्रतिफल प्रदान हँुदै आएको छ । गत वर्षको प्रतिफल ४५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर रहेको छ । जुन यस क्षेत्रकै राम्रोमध्येमा नै पर्दछ ।

– अन्त्यमा केही भन्नु छ ?
सोच एउटा प्रभावशाली विषय छ । सोचले योजना बनाउँछ । राम्रो सोचले राम्रो परिणाम दिन्छ । संसार बदल्नेले पनि पहिले आफ्नो सोच बदल्दछन् । आफ्नो काम अरूले गरिदेओस् त्यसको जस तथा लाभ आफूले पाइयोस् भन्ने सोच सबैले राखे के होला ? मलाई लाग्छ केही काम हुँदैन तर त्यसको सट्टा आफ्नो काम आफंै गरौं, अरूले भन्दा राम्रो गरौं, त्यसपछि केही काम अरूका लागि पनि गरांै तर त्यसको जस तथा लाभको आश नगरांै भनेर काम हुने भएमा सब राम्रो हुन्छ । स्वर्ग कस्तो छ, कसैलाई थाहा छैन, सबैले आफ्नै तवरले राम्रो छ भन्ने कल्पना गर्छन् । यदि त्यही नै सही हो भने र माथि भनिएझंै गर्न सकिएछ भने स्वर्ग हामी यहीं देख्न सक्छौं । यो सन्देश यहाँको पत्रिकामार्फत् सबैलाई पु¥याइदिनुहोस् भन्न चाहन्छु ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang