शनिबार, १ मंसिर, २०७५ (Sat, 17 November, 2018)
भेटवार्ता
Apr 02, 2015
नीति नियमहरू प्रभावकारी रूपमा बनाउनुपर्छ
बिहीवार, चैत्र १९, २०७१
डा. चिरञ्जीवी नेपाल
गभर्नर, नेपाल राष्ट्र बैंक
(नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. चिरञ्जीवी नेपालले आफू गभर्नर भएसँगै घरजग्गा व्यवसायी र सेयर बजारका लगानीकर्ताहरूले केही अपेक्षा गरेको बताएका छन् । चैत ५ गते मात्र राष्ट्र बैंकको १६ औं गभर्नरमा नियुक्त भएका डा. नेपालले आफू निडर भएर वित्तीय अपराध नियन्त्रणमा लाग्ने प्रतिबद्धतासमेत जनाए । निवर्तमान गभर्नर युवराज खतिवडाले थालेका राम्रा कामलाई निरन्तरता दिने उनले बताए । प्रस्तुत छ, गभर्नर बनेकै दिन डा. नेपालसँग नेपालको समग्र अर्थतन्त्रका बारेमा गरिएको कुराकानी : सम्पादक)

– नेपाल राष्ट्र बैंकको गभर्नरजस्तो उच्च गरिमामय पदमा भर्खरै नियुक्त हुनुभएको छ, अब तपाईंको पहिलो प्राथमिकता के हुनेछ ?
अहिलेको मुख्य समस्या भनेको वित्तीय क्षेत्रमा देखिएको अस्थिरता हो । अतः वित्तीय स्थायित्व कायम गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ । निजी क्षेत्र, सरकार र अन्तर्राष्ट्रिय क्षेत्रसँग मिलेर वित्तीय क्षेत्रलाई अगाडि बढाउन प्रयत्न गर्नेछु । त्यसैगरी, वित्तीय सुशासन कायम गरी वित्तीय अपराध नियन्त्रण गर्नेतर्फ पनि मेरो ध्यान केन्द्रित हुनेछु । त्यस्तै, वित्तीय साक्षरता र पहुँच बढाउने र अनौपचारिक वित्तीय क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याउने काम सुरु गर्छु ।

– अधिकांश वित्तीय अपराधहरू राजनीतिक व्यक्तिहरूसँग जोडिएर आउने गरेका छन् । र, यो बढी चिन्ताको विषय पनि बन्दै गएको छ । वित्तीय अपराध बढ्न नदिन के–कस्ता कार्यहरू गर्नुहुन्छ ?
वित्तीय अपराध नियन्त्रणमा के–कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकमा अध्ययन गर्नुपर्छ । त्यसैले अहिले नै यो यो गर्छु भनेर भन्न सक्ने अवस्था छैन । जुनसुकै किसिमबाट हुने वित्तीय अपराध रोक्न म निडर भएर लाग्नेछु । वित्तीय अपराध नियन्त्रणसँग सम्बन्धित नियम कानुनहरू बनाउने कार्य प्राथमिकतामा पर्नेछ । यसले वित्तीय क्षेत्रमा लगानीकर्ताको विश्वास बढाउँछ । अर्काे कुरा वित्तीय क्षेत्रलाई पारदर्शी बनाउन अन्तर्राष्ट्रिय क्षेत्रमा विकास गरिएका वित्तीय प्रविधि र नयाँ कानुनहरू, सन्धि तथा अभिसन्धिलाई आत्मसात गरेर अगाडि बढ्नेछु । यसले नेपालको वित्तीय क्षेत्रमा निश्चय नै सुधार ल्याउनेछ । अहिले मुलुकमा लगानीकर्ताको विश्वास कम हुँदै गइरहेको छ । अब यस्तो कानुन बनाउनुप¥यो कि जुन कानुनले लगानीकर्ता विश्वस्त हुन् र लगानी भित्रियोस् ।

– अहिले पनि ६० प्रतिशत जनसंख्या वित्तीय पहुँच बाहिरै छन् । वित्तीय पहुँचबाहिर रहेको त्यो जनसंख्यालाई पहुँचभित्र ल्याउन के गर्नुपर्ला ?
यस विषयमा गहिरो अध्ययन र खोजबिन गर्छु । अनि आवश्यकताअनुसार अघि बढ्छु । यो राष्ट्रिय आवश्यकता पनि हो ।

– दुर्गम क्षेत्रका जनतासम्म बैंकिङ पहुँच पु¥याउने योजना बनाउनुभएको छ ?
मेरो कार्यकालमा दुर्गम क्षेत्रका अत्यन्त गरिब जनताले पनि बैंकिङ सेवा उपयोग गर्न पाउने वातावरण तयार गर्छु । बैंकिङ साक्षरता बढाएर यस्ता नागरिकलाई बैंक आफ्नै हो, यहाँबाट ऋण लिएर व्यवसाय गर्नुपर्छ भन्ने भावनाको विकास गर्ने मेरो लक्ष्य छ । बैंक तथा वित्तीय संस्थाहरूलाई गाउँ–गाउँसम्म आफ्नो सेवा पु¥याउनका लागि विशेष पहल गर्छु । गाउँमा बैंकिङ सेवा प्रदान गर्नका लागि सबैभन्दा उपयुक्त माध्यम के हुन्छ, अध्ययन गरेर कार्यान्वयनतर्फ केन्द्रित हुनेछु ।

– तपाईसँग घरजग्गा र सेयर बजारका लगानीकर्ताले ठूलो अपेक्षा राखेका छन्, यी क्षेत्रको सुधारका लागि के–कस्ता नीतिगत सुधार गर्नुहुन्छ ?
म गभर्नर भएसँगै घरजग्गा र सेयर बजारका लगानीकर्ताको अपेक्षा हुनु अस्वाभाविक होइन । दुवै क्षेत्रमा सुधारको जरुरी छ । केही समय अध्ययन गर्छु र उपयुक्त निर्णय लिनेछु ।

– पूर्व गभर्नरलाई तपाईले नियन्त्रणमुखी भन्दै आलोचना गर्नुहुन्थ्यो । डा. खतिवडाका पालामा जारी नीति–निर्देशनहरू उल्टिन्छन् हो ?
यसअघिका गभर्नरले धेरै राम्रा कामहरू गर्नुभएको छ । उहाँले गरेका राम्रा कामलाई अझ प्राथमिकताका साथ निरन्तरता दिनेछु । पहिला राष्ट्र बैंक गएर काम सुरु गरौं । सरोकारवालाहरूको सुझाव लियौं । आफूले केही अध्ययन गरौं । त्यसपछि आर्थिक क्षेत्रमा असर गर्ने निर्णय भेटिए भने करेक्सन हुन्छ ।

– तपाईंसँग नियमन निकायमा बसेर काम गरेको अनुभव पनि छ । राष्ट्र बैंकमा गइसकेपछि वित्तीय क्षेत्रलाई सवल बनाउने प्राथमिकता के–के हुन् ?
पहिलो कुरा त वित्तीय क्षेत्रको स्थायित्व नै हो । वित्तीय क्षेत्रलाई स्थायित्व दिएर लैजान सक्नु नै महत्वपूर्ण हुन्छ । वित्तीय क्षेत्रप्रति नेपाली जनताको विश्वास र अन्तर्राष्ट्रिय समुदायको विश्वासलाई कायम राख्नुपर्छ । म अगाडिका गभर्नर डा. युवराज खतिवडाले वित्तीय स्थायित्व र जनताको विश्वास कायम गर्न धेरै कामहरू गर्नुभयो, यो काममा मेरो पनि निरन्तरता रहनेछ । भनेको जस्तो सजिलो छैन, अगाडि बढ्न अत्यन्तै गाह्रो छ । म पहिले पनि नियामक निकायमा बसिसकेको छु, यसले मलाई केही सहयोग गर्छ । राष्ट्र बैंक अझ ठूलो नियामक हो । त्यहाँ धेरै मिहिनेत गर्नुपर्छ ।वित्तीय क्षेत्रले लिएका जति पनि कदमहरू छन्, त्यो निजी क्षेत्रमैत्री हुनुपर्छ । सरकारको आर्थिक नीतिलाई यसले सँगै अघि लैजान सक्नुपर्छ । समग्रमा अर्थतन्त्र उकास्नलाई मौद्रिक क्षेत्रबाट सहयोग पु¥याउने नै मेरो प्रमुख दायित्व हुनेछ ।

– अहिलेसम्म राष्ट्र बैंकले स–सानो कदम चाल्दा बैंकिङ क्षेत्र अझै परिपक्व भएको छैन भन्ने देखिन्छ । यसमा तपाईका विशेष योजना के–के छन् ?
विशेष योजना भनेकै वित्तीय क्षेत्रलाई स्थायित्व दिने र वित्तीय पहुँच तथा वित्तीय साक्षरता बढाउने हो । अत्यन्त निमुखा, तल्लो तहका जनतासम्मलाई वित्तीय सेवा पु¥याउने मेरो प्राथमिकता हुनेछ । अन्तर्राष्ट्रिय जगत्मा वित्तीय क्षेत्रमा आएको परिवर्तनलाई नेपालमा पनि ल्याउने उद्देश्य हुनेछ । मेरो सोच छ, कमसेकम सार्क क्षेत्रमा नेपाल वित्तीय क्षेत्रको हव बनोस् । जसले गर्दा स्वच्छ, पारदर्शी वित्तीय क्षेत्र नेपालमा छ भन्ने सन्देश बाहिर जाओस् ।

– तपार्इंलाई निजी क्षेत्रमैत्री भन्छन् । निजी क्षेत्रलाई निकै माया गर्नुहुन्छ भन्नेछ । तर, हामीकहाँ निजी क्षेत्रले हाँकेका संस्थाहरूमा समस्या देखिएको छ । अब तपाईले सुधार थाल्दा वित्तीय क्षेत्रलाई अलिक कस्नुपर्ने हुनसक्छ हैन ?
हामीले कसरी हेर्नुपर्छ भने कसेर भन्दा पनि निजी क्षेत्रमैत्री नियम कानुनहरू बनाइदिनुपर्छ । बनेको नियम कानुनभित्र नियमन गर्नुपर्छ । कस्ने होइन कि निजी क्षेत्रमैत्री कानुन बनाएर जानुपर्छ । जसले गर्दा उनीहरूलाई भोलि सहज होस् । गलत क्रियाकलाप गर्ने मान्छे भोलि त्यहाँ टिक्न नसकून् । राम्रो काम गर्ने मान्छेहरू यो क्षेत्रमा टिक्न सकून्, त्यसले गर्दा नीति नियमहरू प्रभावकारी रूपमा बनाउनुपर्छ । नियमन र सहजकर्ताको भूमिकामा राष्ट्र बैंक हुनेछ । गलत गर्ने मान्छे त त्यसै पनि फस्छ ।

– यस अगाडिका गभर्नरले म बैंकर र गभर्नर छुट्याउँछु भनेर नीति नियम नै अगाडि बढाइसक्नुभएको छ । राष्ट्र बैंक आजका दिनसम्म पनि त्यही नीतिमा अगाडि बढिरहेको छ । तपाईले पुराना नीतिलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?
त्यसमा अध्ययन गर्नुपर्छ । पहिले त त्यहाँ गएर बुझ्नुप¥यो । बाहिर बसेर बोलेजस्तो पक्कै हुँदैन । एउटा सानो कदमले मुलुकको नीतिमा फरक पार्छ । धेरै सोचेर विचार गरेर अगाडि बढ्नुपर्छ ।

– राष्ट्र बैंकले माइक्रोम्यानेजमेन्ट धेरै ग¥यो भनेर तपाई बाहिरबस्दा प्रश्न उठाइरहनुहुन्थ्यो । अब आफंै गभर्नर भइसकेपछि सबैभन्दा पहिलो चुनौती यही हुने भो नि ?
नियम कानुनहरू नयाँ बनाएर त्यसलाई कार्यान्वयन गर्ने हो । औपचारिक क्षेत्रको दायरा फराकिलो बनाउनुपर्ने पनि छ, ठूलो दायरा बनाउनलाई लगानीकर्ता र बैंकप्रतिको विश्वास पनि बढाउनुपर्नेछ । विश्वासको वातावरण बनाउनुपर्ने हुन्छ, तर्साएर त हुँदैन । उनीहरूको विश्वास बढाउनुपर्छ । गलत गर्नेलाई ठीक ठाउँमा ल्याउनुपर्छ ।

– हाम्रो वित्तीय क्षेत्रले विगत पाँच वर्षमा कि अधिक तरलता भोग्यो कि तरलता अभाव । यसले व्याज दरमा असर प¥यो । यस्तो उतारचढावलाई रोक्न सक्नुहुन्छ ?
उतारचढाव हुने अवस्था छ । त्यो रोकिने भनेको अर्थतन्त्रको विकास भएर हो । यसले धेरै सहयोग गर्छ । आर्थिक क्रियाकलापहरू बढाउँदै गयौं भने त्यो समस्या आफैं हराएर जान्छ । आर्थिक क्रियाकलाप बढाएर वित्तीय क्षेत्रप्रतिको विश्वास बढाउन सकियो भने यो विस्तारै घट्दै जान्छ ।

– अर्थतन्त्रको चुनौती भनेको बचत तथा ऋण सहकारी संस्थाहरू हुन् । तपाईंलाई गभर्नरमा नियुक्त गर्न सिफारिस गरेको नेपाली कांग्रेसले त सहकारीलाई अर्थतन्त्रको बेग्लै दर्जा दिएको छैन । तपाईलाई त सजिलो छ नि ?
सहकारीलाई पनि बलियो नियमनभित्र ल्याउनै पर्छ । धेरै सहकारीलाई मर्ज गर्नुपर्छ । यसका लागि वातावरण बनाइदिनुपर्छ । यसका लागि हामीले कुनै कदम चाल्दा अध्ययन गरेर गर्नुपर्छ ।
आर्थिकबजार मासिकबाट साभार
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan