शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
भेटवार्ता
Jun 25, 2015
अब पार्टीको खोल ओढेका नतमस्तकहरूका दिन गए
बिहीवार, आषाढ १०, २०७२
किरण किशोर घिमिरे
अध्यक्षका उम्मेदवार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि आगामी १७ गते बिहीबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि नेपाली कांग्रेस निकट व्यवसायीहरूको संगठन वैदेशिक रोजगार व्यवसायी लोकतान्त्रिक फोरमबाट अध्यक्षको मनोनयनको विषयलाई लिएर रुष्ट बनेका व्यवसायी किरणकिशोर घिमिरेले पार्टी र शुभेच्छु संगठनको निर्णयभन्दा बाहिर गएर आप्mनो नेतृत्वमा उम्मेद्वारीसहित एउटा सशक्त प्यानलको घोषणा गर्नुभएको छ । मुलुकको जुनसुकै संघ र संगठनहरूमा राजनीतिक रङ्ग व्याप्त भइरहेको अवस्थामा स्वतन्त्र भनिएको उनको समूहले संघ नेतृत्वको बाजी मार्ने के कस्ता आधार छन्, पार्टी राजनीतिका अब किरणकिशोरको अवस्था कस्तो हुन्छ र सरकारले हालै लिएको केही निर्णयहरूका बारेमा उक्त समूहको धारणालगायतका विषयमा केन्द्रित रहेर स्वतन्त्र प्यानलबाट अध्यक्षका प्रत्यासी बनेका उनै घिमिरेसँग गरिएको कुराकानीको अंश ।

– तपाई अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ उता विमल ढकालले पनि कांग्रेसकै नाममा उम्मेदवारी अध्यक्ष पदमै दिनुभएको छ कारण के हो ?
उम्मेदवारको कुरा उठाउनुभएको छ तपाई यसमा म के भन्दछु भने नेपाल वैदेशिक रोजगार व्यवसायीलाई लोकतान्त्रिक फोरमभित्र गैर व्यवसायीहरूको वाहुलियत छ । बहुमतको आडमा आपूmलाई पार्टीको उम्मेदवार भनि विमलजीले उम्मेदवारी दिनुभएको छ त्यो भ्रम हो उहाँ यस व्यवसायीलाई तहसनहस पार्ने खेलमा लाग्नुभएको छ । फोरमको विधान अनुसार विमलजीको उम्मेदवारी अवैधानिक हो ।

– तपाईले यति भनिरहँदा नेपाली कांग्रेस पार्टीले त विमलजी नै आधिकारिक उम्मेदवार हो भनि पत्र दिएको चर्चा छ नि ?
यसमा एउटा कुरा प्रष्ट छ फोरमले पार्टीलाई पत्र पठाएको थियो प्रतिनिधि पठाउन त्यसपछि अर्जुननरसिंह केसी आउनुभयो र २१ जना कार्यसमितिमा छलफल भयो र सर्वसम्मत निर्णय गरियो तर उहाँले नै सो निर्णय विवादमा ल्याईदिनु भयो । उहाँलाई मैले सहयोग गरेको थिएँ चुनावमा तर पनि उहाँले मेरो वैद्धिकता इमान्दारीता माथि प्रहार गर्नुभयो । फोरमले मतदानबाट निर्णय ग¥यो र अहिले सर्वसम्मत निर्णय भयो भनेर पार्टीमा पठाईएको छ यस्तो गलत र दैत चरित्रका कारण यस्तो भयो । दिपक गिरी कै कारण यसरी व्यवसायीबीच फुट गर्ने काम भयो । अर्को कुरा के छ भने फोरम एउटा यस्तो संस्था हो जो एनजिओको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता छ त्यसकारण यसमा व्यवसायी २÷४ जना बाहेक छैन नि ।

– तपाई नै लोकतान्त्रिक फोरमको अध्यक्ष पनि भइसकेको मान्छे यस्तो भन्न मिल्ला र ?
म संस्थापक सल्लाहकार, उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष र पूर्व अध्यक्ष समेत भएको मान्छे हो । अहिले गैर व्यवसायीले यो संस्था भरिएको छ । यो गैर नाफा मुलक व्यवसायी संस्था भनिएको छ तर राजनीति गरिन्छ त्यसकारण हाम्रो उद्देश्य के हो भने व्यवसाय बचे मात्रै यस्ता संस्थाको आवश्यकता हुन्छ भन्ने नै हो ।

– तपाईहरू कांग्रेस र एमाले व्यवसायीहरूकै सरकार भएको बेला नेपाल वैदेशिक रोजगार संघ माथि पटक पटक प्रहार भएको छ नि राज्यबाट यसलाई कसरी लिनुहुन्छ ?
तपाईले भनेको सत्य हो । यही कांग्रेस र एमालेको सरकार भएकै बेला २ लाख भन्दा बढी कामदारको कोटा अन्य देशमा गएको अवस्था छ फ्रि टिकट भीसाको कुरा छ । राज्यले कोरिया करिव १ लाख लिएर पठाएको छ अनि हामी व्यवसायीहरूले कसरी फ्रि टिकट र भीसामा पठाउन सकिन्छ । यस्तो गैर नीति राज्यले लिएका कारण मलेसियाको करिव २ लाख कोटा बंगलादेशमा गएको अवस्था छ । त्यसकारण व्यवसाय बचाउने काम कै लागि मेरो उम्मेदवारी हो ।

– तपाईको उम्मेदवार दिनुको कारण के हो त ?
यो व्यवसाय बचाउनु मेरो पहिलो कर्तव्य हो जसरी चिठी पार्टीबाट गैर र अवैधानिक तरिकाबाट लिएर वीमलजी हिँड्नु भएको छ उहाँलाई म चुनौती दिन चाहन्छु । व्यवसाय बचाउन चाहन्छु । अब पार्टीको खोल ओठेका नतमस्तकहरूका दिन गए ।

– तपाईले यति भनिरहँदा अहिले तपाईहरूमाथि छापा मार्ने काम भएको छ बायोमेट्रिक प्रणाली लाद्ने काम भएको छ तपाईहरूबीच एक भएर चुनाव लडेको भए राम्रो हुने थिएन र ?
अहिले तीन पक्षबीच हामी चुनावी माहोलमा छौ मेरो पक्षका उम्मेदवार र व्यवसायीहरूको कम्पनीमा छापा मार्ने काम भएको छ । विमल ढकाल समुहमा व्यवसायी नै छैन राजनीतिक क्रिडास्थल गर्ने केही गैर व्यवसायी छन् उहाँहरूका पक्षका मान्छेहरूको कम्पनीमा छापा मारिएको छैन त्यसकारण यो व्यवसायलाई तहसनहस बनाउने काम भएको छ । यो बन्द गरिनु पर्दछ । तत्कालै भन्ने मेरो पहिलो माग हो । यस्ताबाट हामी सचेत रहनु पर्दछ र व्यवसायलाई बचाएर लैजानु पर्दछ भन्ने मेरो चाहना हो ।

– तपाईले जित्ने आधार चाहि के हो ?
म इमान्दार वैदेशिक रोजगार व्यवसायी हुँ । म अघिल्लो पटक पराजति भए पनि व्यवसायीहरूका समस्या बारे लडेको छु । ६ महिना अगाडि बायोमेट्रिक प्रणाली लागु गर्ने खोजी भएको थियो त्यसको विरुद्ध म अग्रपंक्तीमा उभिएर लडेको व्यक्ति हो । संघमा विमलजीकै कारण हामी माथि पटक पटक प्रहार भएकै हो त्यसकारण उहाँ बदनाम भएको व्यवसायी हो । त्यसकारण मेरो जित निश्चित छ । अर्को कुरा पार्टीको नक्कलीपत्र बोकेर व्यवसायी झुकाउने काम विमलजीबाट भएको छ । संघका पदाधिकारीहरूकै कारण अघिल्लो ४ वर्ष केही काम गर्न सकेन त्यसकारण सबै व्यवसायी अटाउने संघ बनाउन मैले उम्मेदवारी दिएको अवस्था छ ।

– तपाईको अहिले विशुद्ध व्यवसायी समुह बनेको छ यसमा को को हुनुहुन्छ ?
मधेशी मोर्चाका साथीहरू हुनुहुन्छ कटुवालजीको समर्थन छ पूर्व अध्यक्ष हंशराज वाग्लेजीको टिम छ वैदेशिक रोजगार व्यवसाइहरूको टिम हो मेरो टिम यसलाई लंगडो नबनाई अत्याधिक मतले विजय गराउन म सबै व्यवसायी साथीहरूलाई अनुरोध गर्दछु । विमलजीहरूसँग भोट माग्ने नैतिकता सकिएको छ व्यवसाय तहसनहस बनाउने अनि मलाई भोट दिऊँ भन्ने यो कस्तो अचम्म हो अब जीत मेरो निश्चित छ ।

– अन्त्यमा के भन्नुहुन्छ ?
पछिल्लो बेला मलेसियाका ठेकदार भनौदाहरूले विमलजीलाई बोकेर हिड्नुभएको छ । जो व्यवसायी सिध्याउन लागि परेका थिए त्यसकारण उहाँको पराजय निश्चित छ मेरो जीत सुनिश्चित छ प्रजातन्त्रमा प्रतिष्पर्धा जरुरी छ त्यो भएको छ अघि नै मैले भनिसके बायोमेट्रिकको कुरा छ छापा मार्ने काम भएको छ यसको अन्त्य हुनुपर्दछ यसका विरुद्ध लड्ने छु । तपाई व्यवसायी मित्रहरूले मलाई विजय गराएपछि म व्यवसायीहरूको हितका लागि अगाडि बढ्ने छु । एउटा क्यालिडर बनाएर दिने छु । यस व्यवसाय स्वच्छ वैदेशिक रोजगार व्यवसाय बनाउने छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang