बिहीवार, १० जेष्ठ, २०७५ (Thu, 24 May, 2018)
भेटवार्ता
Jul 10, 2015
सरकारले दिएको जिम्मेवारी अनुसार साल्ट ट्रेडिङ्गले आजसम्म राम्रै काम गरेको छ
शुक्रबार, आषाढ २५, २०७२
– साल्टट्रेडिङ्ग कर्पोरेशनको ४८ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ यहाँलाई कस्तो लागिरहेको छ ?
साल्ट ट्रेडिङ्गको स्थापनाकालमा पनि मेरै सक्रियतामा यो संस्था अगाडि बढेको हो । साल्टट्रेडिङ्ग पनि कम्पनीमा गएको एउटा सामाजिक संस्था जस्तै भएकाले म पनि समाज सेवी भएकोले यस संस्थामा बसेर पुनः मैले जिम्मेवारीपूर्वक काम गर्न पाएकोमा खुसी नै लागेको छ । साल्टट्रेडिङ्गको स्थापना २०२० सालमा भएको हो र म संस्थापक भएकाले ४८ औं साधारणसभामा मलाई नै अध्यक्ष बसिदिनु प¥यो भनेर सबैबाट आग्रह भएकाले म नै अध्यक्ष भएँ र यस संस्थामा रहेर मैले तलमाथि नगरी सम्पूर्ण उपभोक्ताहरुको हितमा रहेर काम गरिरहेको छु ।

– कारोवार र सेवा विस्तारमा साल्टट्रेडिङ्ग कर्पोरेशनको अहिलेको अवस्था कस्तो छ ?
साल्टट्रेडिङ्गको कारोवार र सेवाविस्तार धेरै राम्रो छ । त्यसमा हामीले सरकारको अडर पनि मान्ने र सबै उपभोक्ताहरुलाई पनि सहज वातावरणका साथ उपभोक्ताहरुको इच्छा पूरा पनि गरेका छौं ।

– साल्टट्रेडिङ्ग कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेख्य भूमिका खेल्न सकेको पाइदैन भन्ने गुनासाहरु उपभोक्ताहरुबाट बेलाबेलामा सुन्नमा आइरहेको पाइन्छ नि ?
त्यो कुरा एकदमै गलत हो, मेरो विचारमा कसैकसैले भनेका होलान् , तर त्यसो होइन, आयो नुनका बारेमा पनि राम्रै काम गरेर देखाएको छ र संयुक्त राष्ट्र संघको आर्थिक मामलाको संस्थाबाट पनि हामीले नुनको वितरणमा एशियाको तथ्यांकमा राम्रै काम गरेको तथा बिक्री वितरण राम्रै भएको सिफारिस छ ।

– देशको अर्थतन्त्रमा कृषिको महत्वलाई अंगिकार गरिदै गएको वर्तमान सन्दर्भमा यस कर्पोरेशनले कृषि विकासमा योगदान पु¥याउने कस्ताखाले कार्यक्रम अगाडि ल्याएको छ ?
कृषिको सन्दर्भमा कुरा गर्दा गहुँको विउको योजना हामीले ल्याएर काम गर्न थालेका हौं र अहिले पछिल्लो समयमा आएर नेपाल सरकारबाट मलको पनि काम गर्न यस संस्थाले स्वीकृत ल्याएकाले विगत दुईवर्षदेखि राम्रोसँग त्यो काम पनि गरिरहेका छौं ।

– कर्पोरेशनले बिक्री वितरण गरेको गुणस्तरीय खाना पकाउने ग्यासमा आम उपभोक्ता त समय समयमा मारमा परिरहेका छन् नि ? यसलाई अझ व्यवस्थित गर्नका लागि साल्ट टे«ेडिङ कर्पोेरेशनले कस्तो भूमिका खेलिरहेको छ ?
अहिलेसम्म हामीले राम्रै काम गरेको छ र त्यसको अझ व्यवस्थित गर्नका लागि हामी सक्रिय छौं । हामीले नाफा कमाउन सकेका छैनौं । नियमसंगत रुपमा हामीले काम गर्नु पर्दछ कर्मचारीको तलव पनि समयमा नै दिनु पर्ने रहुन्छ । नियम कानुनभन्दा बाहिर गएर हामीले एक रत्ती पनि काम गर्न सक्दैनौं । त्यसकारण हामीले काम त राम्रै गरिरहेका छौं । लुकिछिपी कमाउन हामी सक्दैनौं र त्यसो गर्नु पनि हुँदैन । त्यसैले काममा हामी सफलता हासिल गरेका छौं । नाफा कमाउन सकेका छैनौं । अझ हामी बिक्री वितरणलाई व्यवस्थित बनाउँदै लाने कोशिस गर्ने छौं ।

– साल्ट ट्रेडिङ्गलाई अझ व्यवस्थित गर्नका लागि सरकारबाट कस्तो भूमिकाको आवश्यकता देख्नु हुन्छ ?
नेपालीपनको उद्योग व्यापारलाई सरकारबाट प्रोत्साहन दिनु जरुरी छ । अन्य उद्योग व्यापारलाई पब्लिक लिमिटेडमा लान सकेको खण्डमा धेरै राम्रो हुनेछ । व्यापार र उद्योगमा फरक हुन्छ । त्यसैले व्यापारिक वातावरण सरकाले बनाइदिनु पर्दछ । जति पनि उद्योग व्यापार छ त्यसलाई पब्लिक लिमिटेडको रुपमा जाने वातावरण बनाइदिनु पर्दछ । अरु कम्पनीको दाँजोमा सरकारले दिएको जिम्मेवारी अनुसार साल्ट ट्रेडिङ्गले आजसम्म राम्रै काम गरेको छ । त्यसैले हेला सरकारले मलको काम पनि हामीलाई दिएको छ । हामी सरकारले दिएको जिम्मेवारी तलमाथि नगरी पूरा गर्ने छौं र यो संस्थाबाट आम उपभोक्ताहरुलाई सहुलियत र सहज वातावरणमा सामानहरु उपभोग गर्ने वातावरण बनाउने छौं । अरुको दाँजोमा साल्टट्रेडिङ्गले आजसम्म राम्रै कम गरेको छ ।

– नेपालको खुल्ला सिमानाका कारण नेपालमा भित्रिने अखाद्य नूनलगायत अन्य सामग्रीका साथै अनियन्त्रित मूल्य वृद्धिलाई यहाँहरुले कसरी नियन्त्रण गर्दै हुनुहुन्छ र आम उपभोक्ताहरुलाई कसरी विश्वास दिलाउन चाहनु हुन्छ ?
आजभन्दा ४० वर्ष अगाडि म उद्योग वाणिज्य संघमा आर्थिक मामलाको संयोजक थिएँ, त्यो समयमा मैले नै पेश गरेके कार्यपत्रमा के गरिदिएको थियो भने जबसम्म नेपाल बोर्डर चाहिँ सिल हुँदैन, तबसम्म नेपालको व्यापार उद्योगमा विकास हुँदैन र अनियन्त्रित रुपमा मूल्य वृद्धि, अखाद्य सामाग्री, मिसावट भइरहन्छ भनेर पेपर नै पेश गरिदिएको थिएँ । त्यहाँ अलिकति त्यतिखेर देखि नै नेपालीपन नभएकाहरुमाथि मेरो विरोध पनि हो । त्यसैले अहिले पनि म भन्छु नेपाललाई दुःख हुन सक्छ तापनि हाम्रो नेपाल भनेर चिनिने, नेपालले पैसा कमाउन सक्ने, नेपालले गौरव गर्ने भनेको जबसम्म बोर्डर सिल गर्न सकिदैन तबसम्म आर्थिक रुपमा नेपाललाई धक्का पुगिरहेको छ । बोर्डरमा आतेजाते खुल्ला छ, त्यसले गर्दा नेपालमा कति सामान खपत हुन्छ र कति बाहिर जान्छ भन्ने आधिकारिक रेकर्ड नै राख्न सकिदैन । त्यसका लागि खुल्ला सीमालाई व्यवस्थित गर्नु जरुरी छ । त्यो गर्ने हिम्मत कुनै पनि सरकारले गर्न सकेको छैन । जसरी अर्को देशको नागरिकलाई त्यहाँको सरकारले माया गरेके छ, त्यसैगरी हरेक क्षेत्रमा पेशा व्यवसायमा नेपाल सरकाले आफ्नो देशका नागरिकलाई माया गर्नु प¥यो र खुल्ला बोर्डरलाई व्यवस्थित गर्न हिम्मत गर्नुपर्दछ अनिमात्र हामी नेपालीहरुको हरेक क्षेत्रबाट हित हुन सक्दछ र नेपाल धनी बन्छ । साथै नेपालीहरु मजबूत हुन सक्छन् ।

– साल्ट ट्रेडिङ्ग कर्पोरेशनको वार्षिक कार्ययोजनाका बारेमा के भन्न चाहनु हुन्छ ?
सरकारले दिएको नीति नियम अनुसार हामी चल्ने हो । त्यसै अनुरुप मालको अभाव भएको समयमा खटेर काम गर्दै उपभोक्ताहरुलाई सहज बनाउने छौं । सरकारको अर्डर बमोजिम तेलको, चिनीको नुनको आपूर्ति गरेर आम उपभोक्ताहरुलाई दिने हो, मलको आपूर्ति गर्ने हो, त्यस्तै गरेर जुन जुन सामानमा सरकारलाई अप्ठ्यारो परेको छ, त्यसलाई हामीले जसरी पनि सहज रुपमा वितरण गर्ने हो । ग्यासको नै घाटा परे पनि हामीले सरकारले भने बमोजिम गर्ने नै छौं । नुन भारतमा उत्पादन हुन्छ, तर नेपालमा ल्याएर भारतमाभन्दा सस्तोमा खपत गरेका छौं । गलगाँड नआउने रोग नलाग्ने खालको नुन बिक्री वितरण गरेकाले हामीले संयुक्त राष्ट्र संघको रिपोर्ट अनुसार अवार्ड पनि पाएका छौं । त्यसैले हामीले वार्षिक योजना भन्दा पनि सधैं बाह्रै मास राम्रो काम गरेका छौं र सेवामुखी यो संस्था भएकाले सधैं हामी राम्रो काम गरिहने छौं ।

– यस कर्पोरेशनको भावी योजना तथा रणनीतिका बारेमा प्रष्ट पारिदिनु होस् न ?
म के भन्दछु भने यदि नेपालको व्यापार उद्योगका बारेमा राम्रो गरी माथि उठाउन र नेपाल र नेपालीहरुको हितमा जाने हो भने सरकारले उद्योग व्यापारलाई पब्लिकमा लगिदिनु पर्दछ । सरकार बलियो हुनुपर्दछ । कोहीसँग झुक्नु हुँदैन । २०२० सालमा साल्ट ट्रेडिङ्ग खडा भएको हो जुन जग्गा जमीन लगायतका मात्र बढी भएको छ हाम्रो पूँजी केही पनि छैन, अहिले पनि साल्ट ट्रेडिङ्गको ५÷६ करोड भन्दा बढीको पूजी छैन, नाफा चाहिँ विलकुल कम गरेर काम गरिरहेका छौं । यस्तो तरिकाले काम गर्ने संस्था सायद अरु छैन होला । यही तरिकाले उन्नति गर्दै देश विकासमा टेवा पु¥याउने भन्ने नै हाम्रो योजना हो । सरकारले एउटा रणनीति बनाएर नेपाल भरि नै डिपोको व्यवस्था गर्न सक्ने हो भने हामीले सरकारलाई सघाउने हो । त्यसका लागि यसमा सरकार चनाखो हुनुपर्दछ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale