शनिबार, १२ जेष्ठ, २०७५ (Sat, 26 May, 2018)
भेटवार्ता
Aug 19, 2015
व्यवसायिक विस्तारका योजनाहरुलाई थाँति राखेर पुँजी विस्तारको योजनामा लाग्नु पर्ने बाध्यता हामीमा आएको छ
बुधबार, भाद्र २, २०७२
मनोहर केसी चिनाई राख्नुपर्ने नाम होइन नेपालको बैंक र वित्तिय क्षेत्रमा १५ वर्ष अनवरत रुपमा बिताउनुभएका केसी आर्थिक क्षेत्रका विज्ञ मानिनुहुन्छ । नविल बैंक लिमिटेडबाट १५ वर्ष अगाडि बैंकिङ सुरु गर्नुभएका केसी अहिले विजनेश युनिभर्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । अत्यन्तै भद्रभलाद्मी र सहासी स्वभावका धनी केसीका सामु अब बैंकको चुक्ता पुँजी बढाउनु र लगानीका बाटोहरुको खोजी गर्ने दायित्व बढेको छ । यिनै अर्थतन्त्रका ज्ञाता विजनेश यूनिभर्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोहर केसीसँग भूकम्पबाट बैंकिङ क्षेत्रमा परेको असर, अबको लगानी र चुनौतीका अवसर र हालै राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नितिका बारेमा केन्द्रीत रहेर अखबार नेपाल डट कमका लागि प्रधान सम्पादक भूपेन्द्र आचार्यले गरेको लामो कुराकानीका केही महत्वपूर्ण अंश :

– भूकम्पले वित्तिय क्षेत्रलाई कस्तो असर पर्ला ?
एउटा प्रणालीबाट चलिरहेको कुनै पनि कार्यमा कहीँकतैबाट कुनै किसिमको अवरोध नआउँदासम्म आफ्नो लक्ष्य प्राप्त गर्न सकिन्छ । तर केही अवरोध आएमा केही न केही फरक पर्दछ । हामीले यो बुझ्न आवश्यक छ कि जुन किसिमको समस्या आयो त्यसलाई सम्बोधन गर्न सकिने हो वाहोईन थाहा पाउनुपर्दछ । वैशाख १२ गते जुन किसिमको भूकम्प आयो त्यसले नेपाललाई ठूलो क्षति पु¥याएको छ । तैपनि हामीमा आत्मबल, आत्मविश्वास र दृढ निश्चय बढाउन सक्यौं भने भूकम्पबाट भएको क्षति र विनाशलाई विकासमा बदल्न सकिन्छ । हामीमा सोचमा परिवर्तन आउन आवश्यक छ । तत्कालमा भूकम्पबाट वित्तीय क्षेत्रलाई केही मात्रामा असर पु¥याए पनि दीर्घकालमा सुझबुझका साथ काम गर्न सकेमा ठूलो असर पर्ने देखिँदैन ।

– भूकम्पको कारण बैंक डुब्न लागेको हल्ला छ नि ?
बैैंकिङ व्यवसाय अल्पकालीन व्यवसाय नभइकन दीर्घकालीन व्यवसाय हो भन्ने कुरा बुझ्न आवश्यक छ । व्यवसाय गर्दा दीर्घकालीन योजना बनाएर सञ्चालन गरिएको हुन्छ । भूकम्पको कारणले भवन एवं अपार्टमेन्टहरूमा गरिएको लगानीमा केही असर पु¥याएको अवश्यमेव हो । तैपनि बैंकहरूले त्यस क्षेत्रमा गरेको लगानीको मात्रा त्यति धेरै नभएको र अधिकांश लगानी छिटोढिलो उठ्ने अवस्था देखिएको हुँदा भूकम्पको कारणबाट बंैक डुब्ने अवस्था नभइकन आउने दिनहरूमा सुझबुझका साथ काम गर्नका लागि मार्ग प्रसस्त भएको छ ।

– तपाईको बैंकको भवन भूकम्पले कति क्षति भयो ?
वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट हाम्रो बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरू रहेको कुनै पनि भवनमा क्षति पु¥याएको देखिँदैन ।

– अपार्टमेन्टको र घरको लगानीबाट बैंकलाई कस्तो असर पर्दछ भूकम्पपछि ?
वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि अपार्टमेन्ट र घरको लगानीमा केही न केही असर पु¥याएको छ । मेरो बुझाइमा घरमा भन्दा अपार्टमेन्टमा भूकम्पले बढी असर पु¥याएको छ । अपार्टमेन्टमा गरिएको लगानीको असुलीमा केही असहजता हुने महसुस गरिए तापनि क्षति भएका अपार्टमेन्टको बीमाबाट प्राप्त हुने दाबी भुत्तानी र अपार्टमेन्टमा बस्ने मानिसहरूको अन्य आम्दानीको स्रोत समेत हुने हुँदा छिटोढिलो कर्जा लगानी असुल हुने देखिन्छ ।

– राष्ट्र बैंकले भूकम्पपीडितहरूलाई २ प्रतिशत ब्याजमा ऋण दिने कुरा छ, यो सम्भव होला ?
भूकम्पपीडितहरूलाई आवास निर्माणका लागि २ प्रतिशतमा कर्जा दिने भन्ने कुरा नेपाल राष्ट्र बंैकबाट जारी गरिएको निर्देशन उल्लेख गरिएको छ । भवन निर्माणका लागि भवन निर्माण गर्नुभन्दा पहिला पु¥याउनुपर्ने केही प्र्रक्रियाहरू छन् भने बंैकको आफ्नो कर्जा लगानी नीतिमा पनि भवन निर्माणका लागि निश्चित प्रक्रियाहरू व्यवस्था गरेको छ । सबै प्रक्रियाहरू पूरा गरी ऋणीको किस्ता तिर्न सक्ने क्षमता प्रमाणित हुने कागजपत्र पेश हुन आएमा राष्ट्र बंैकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशनमा भएको व्यवस्था अनुसार २ प्रतिशत ब्याजमा कर्जा दिन सम्भव देखिन्छ ।

– एक वर्ष ब्याज नलिने कुरा पनि छ नि, बैंकले ब्याज नलिई ऋण दिन सम्भव छ र ?
हामीले लिने निक्षेपमा ब्याज प्रदान गर्नुपर्ने, दैनिक कार्य सञ्चालन गर्नुपर्ने हंँुदा जुन बिनाब्याजको कुरा गरिएको छ त्यो सम्भव देखिँदैन ।

– तपाईको बैंकले राज्यलाई वा भूकम्प पीडितलाई कस्तो सहयोग ग¥यो नगद वा अरू के हो ?
हामी सधैं संस्थागत सामाजिक उत्तरदायित्वप्रति सजग रहेर अगाडि बढिरहेका छांै । वैशाख १२ गतेको विनाशकारी भूकम्पले धेरै धनजनको क्षति पु¥याएकोमा हामी दुःखी छौं । भूकम्प पीडितहरूलाई यस बैंक र बैकमा कार्यरत कर्मचारीहरूका तर्फबाट प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा हुने गरी कान्तिपुर राष्ट्रिय विपत्ति सहयोग कोषमार्फत् १५ लाख नगद सहयोग प्रदान गरिएको छ ।

– यो भूकम्पले बैंकहरूको वित्तीय अवस्थामा कस्तो असर पर्ला ?
वैशाख १२ गतेको भूकम्पले नेपालमा धेरै धनजनको क्षति पु¥याएको कुरा सर्वविवितै छ । भूकम्प र त्यसपछिको निरन्तर रुपमा आएको पराकम्पनले धेरै भौतिक संरचनामा क्षति पु¥याएको अवस्था छ । बैंकबाट विभिन्न क्षेत्रमा कर्जा प्रवाह गरिएको वर्तमान अवस्थामा भूकम्पले मुख्यतया भवन, अपार्टमेन्ट, हाउजिङको क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्नुका साथै पर्यटन र अन्य क्षेत्रमा समेत प्रभाव पारेको देखिन आएको छ । ती क्षेत्रमा गरिएको कर्जा असुलीमा अन्य क्षेत्रमा गरिएको लगानीको असुलीभन्दा केही कठिन हुन सक्ने देखिन्छ । २०७२ साल आषाढ मसान्तपछिको फाइनान्सियल रिपोर्ट प्रकाशित भएका बैंकहरूको प्रतिवेदनलाई आधार मान्ने हो भने प्रायजसो बंैक तथा वित्तीय संस्थाको नाफा बढेको र एनपीएल नबढेको देखिन्छ । ठूला ठूला अपार्टमेन्टमा लगानी गरेका बंैकहरूलाई केही असर परेता पनि यो भूकम्पले बंैक तथा वित्तीय संस्थाहरूको वित्तीय अवस्थामा ठूलो असर पर्ने देखिँदैन ।

– तपाईको बैंकको मर्जरको कुरा छ ?
नेपाल राष्ट्र बंैकबाट हालै जारी गरिएको मौद्रिक नीतिले बंैक तथा वित्तीय संस्थाहरूलाई आफ्नो चुक्तापूँजी बढाउनुपर्ने दबाब परेको छ । तत्कालै हकप्रद सेयर जारी गरेर तोकिएको चुक्तापूँजी पु¥याउन त्यति सजिलो देखिँदैन । छोटो समयमा चुक्तापूँजी बढाउनुपर्ने बाध्यकारी व्यवस्था मौद्रिक नीतिले ल्याएको हँुदा वर्तमान अवस्थामा उपयुक्त बंैक तथा वित्तीय संस्था खोजेर मर्ज गर्नु नै उत्तम विकल्प देखिन्छ र हाम्रो बंैकको मर्जका बारेमा सकारात्मक सोचाइ रहेको छ ।

– नयाँ लगानीको अबको अवसर के होला ?
वर्तमान अवस्थामा पुननिर्माण, कृषि, पर्यटन, हाइड्रोपावर र पूर्वाधार विकास नै अबको लगानीको अवसर मान्नुपर्दछ ।

– राष्ट्र निर्माणमा अब बैंकहरूको भूमिका के हुन्छ ?
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प तथा त्यसपश्चात्का पराकम्पनले गर्दा हाल देशले भोगिरहेको कठिनाइलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा लागू गरिने तथा नेपाल राष्ट्र बैंकले जारी गर्ने विभिन्न निर्देशानुसार राष्ट्र पुनर्निर्माणमा सबै पक्षहरूसँग हातेमालो गर्दै समयसापेक्ष रूपमा अझ बढी सहज र सर्वसुलभ रूपमा बैंकिङ सेवा प्रदान गर्नु नै वर्तमान आवश्यकता देखिन्छ ।

– कृषि र ऊर्जामा लगानी बढाउन अब सकिएला र ?
नेपाल एउटा कृषि प्रधान देश हुनुका साथै जलस्रोतले पनि धनी राष्ट्रमा पर्दछ । नेपालको आर्थिक मुहार फेर्नका लागि बंैक तथा वित्तीय संस्थाहरूले आफ्नो लगानीको हिस्सा कृषि र जलस्रोतमा बढाउनुपर्ने देखिन्छ । जलस्रोत (विद्युत्) मा लगानी बढाउँदा बाहिरबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता हट्न जानुका साथै दुई विशाल छिमेकी राष्ट्रमा विद्युत् बिक्री गरेर देशमा आम्दानी भित्र्याउन सकिने प्रशस्त सम्भावना भएको हँुदा बंैक तथा वित्तीय संस्थाहरूले हाइड्रोका साथै कृषि क्षेत्रमा आफ्नो लगानी बढाउनुपर्ने देखिन्छ ।

– अन्त्यमा केही भन्नु छ र ?
आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूले आगामी दुई वर्षमा चार गुणा चुक्तापूँजी बढाउनुपर्ने नीति सार्वजनिक भएसँग बैंक तथा वित्तीय क्षेत्रले आफ्नो व्यवसाय विस्तारका योजनाहरूलाई थाती राखेर पूँजी विस्तारको योजनामा लाग्नुपर्ने देखिन्छ । तोकिएको पूँजी पु¥याउन दिएको समय निकै कम रहेकाले पूँजी विस्तारका विभिन्न विकल्पहरू रहेता पनि हालको अवस्थामा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरमा जान जोड दिएको देखिन्छ । साबिकका बैंकहरूको पूँजी संरचनालाई हेर्दा दुईभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा मर्जर हुनुपर्ने भएकाले मर्जर पनि निकै चुनौतीपूर्ण रहेको छ । तसर्थ, वर्तमान परिस्थितिमा बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने सबै पक्षहरूको हितलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैैंक र सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको आपसी समन्वयमा अगाडि बढ्न जरुरी छ ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale