बुधबार, ४ पौष, २०७५ (Wed, 19 December, 2018)
आर्थिक
Aug 03, 2011
ब्रिजिङ प्रोजेक्टमा रोक्न टेलिकमलाई निर्देशन
बुधबार, श्रावन १८, २०६८
१७ साउन, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल टेलिकमको सबै खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन अन्तरगत ल्याउन निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले टेलिकमले बिना टेण्डर खरिद गर्न लागेको ब्रिजिङ प्रोजेक्टमा आर्थिक अनियमितता र अख्तियारको दुरुपयोग भएको भन्दै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । टेलिकमले माग धान्न नसक्ने भन्दै प्रोजेकटमार्फत ११ लाख ५२ हजार विएसएम मोबाइल क्षमता र ४ लाख सिडिएमए मोबाइलको पूर्वाधार निर्माण गर्ने योजना बनाएको थियो । लेखा समितिले बिना टेण्डर अखिर गर्न लागेको १५ लाख ५० हजार लाइन रद्द गर्न निर्देशन दिँदै तत्काल टेण्डर आहृवान गर्न पनि भनेको छ । सेवा स्तरिय बनाउन दिएको निर्देशन कार्यान्वयन नहुँदा टेलिकमको सेवा र कार्यमा समस्या आएको ठहर गर्दै लेखा समितिको गत माघ १९ को निर्देशनअनुसार द्रुत कार्यविधि अपनाई गुणस्तरीय र प्रतिस्पर्धात्मक ढङ्गले गर्न/गराउन सूचना तथा सञ्चार मन्त्रालय र नेपाल टेलिकमलाई निर्देशन दिएको छ । साथै निर्देशन कार्यान्वयन नगर्नुको कारण १५ दिनभित्र समितिमा पठाउन मन्त्रालय र टेलिकमलाई भनेको छ । लेखा समितिले उक्त निर्देशनहरुको कार्य प्रगति विवरण प्रत्येक महिना समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ । अघिल्लोपटक समितिले सार्वजनिक खरिद, निर्माण वा सेवासम्बन्धी कार्य गर्दा पूर्वतयारी र योजना गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई लागू गर्न टेलिकमलाई निर्देश गरेको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan