सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
खेलकूद
Sep 10, 2015
जुनियर खुला लनटेनिस अर्को साता
बिहीवार, भाद्र २४, २०७२
काठमाडौ, भदौ २४ । अखिल नेपाल लनटेनिस संघको आयोजनामा सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुला लटेनिस प्रतियोगिता भदौ २९ गतेदेखि हुने भएको छ ।

यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज÷गल्र्सको सिंगल्समा खेल हुने लनटेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । १३ वर्ष पूरा गरेका र १७ वर्ष ननाघेका ब्वाइज÷गल्र्सको डबल्स पनि हुनेछ ।

६ दिनसम्म सातदोबाटोस्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा केशा ग्रुप र सह–प्रायोजकमा माथेमा दम्पती डा. बसन्त र जाना रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को प्राविधिक सहयोग रहने छ । जुनियर टेनिस खेलाडीलाई लक्षित गरी जेटीआई परियोजना नेपालमा २००७ देखि सुरु भएको थियो । अन्तर्राष्ट्रिय टेनिस महासंघले जेटीआईलाई आर्थिक सहयोग गरेको छ ।

प्रशिक्षक वज्राचार्यका अनुसार उपत्यकाका तीन जिल्लामा विभिन्न ११ विद्यालय तथा मोफसलमा पोखरा, हेटौंडा र बुटवलमा जेटीआई परियोजना सञ्चालनमा छन् ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale