बिहीवार, १० जेष्ठ, २०७५ (Thu, 24 May, 2018)
विचार
Sep 10, 2015
प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको जीवनी
बिहीवार, भाद्र २४, २०७२
प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको जन्म तनहुँ जिल्ला चोक चिसापानी गा.वि.स.को दुधेकुनामा स्वर्गीय महासेनानी श्री गोपालबहादुर खत्री क्षत्री र स्वर्गीय श्रीमती प्रमिला खत्री क्षत्रीका माईला सुपुत्रका रुपमा भएको थियो । बि.सं. २०३६ सालमा तत्कालीन शाही नेपाली सैनिक शिक्षालय, खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हाँसिल गरि राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त हुनुभएको थियो । नेपालको सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधान सेनापति पदमा नियुक्त हुने महारथी क्षत्री पहिलो ब्यक्ति हुनुहुन्छ ।

महारथी क्षत्रीले प्रतिविद्रोह तथा जंगल युद्धकला, जुनियर स्टाफ, गुल्मपति र गणपति तालीमहरुमा उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ । उहाँ योग्य प्याराटट्रुपर समेत हुनुहुन्छ । आफ्नो सैनिक जीवनको प्रारम्भिक बर्षहरुमा उहाँले भारत, पाकिस्तान र चीनबाट फिल्ड आर्छिलरी तथा एयर डिफेन्स आर्टिलरी सम्वन्धी तालिम हासिल गर्नु भएको छ । पाकिस्तानको स्कुल अफ आर्मी एयर डिफेन्सबाट युनिट कमाण्डर कोर्श र भारतको डिफेन्स ईन्स्टिच्युट अफ साईकोलोजिकल रिसर्चबाट साइकलोजिकल टेष्टि अफिसर कोर्स गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको फोर्ट लेवनवर्थ, क्यानसस्बाट कमाण्ड एण्ड जनरल स्६ाफ कलेज तालीम प्राप्त गर्नुभएका महारथी क्षत्रीले सन् २०१० मा संयुक्त राज्य अमेरिकाको युनाईटेड स्टेट्स आर्मी वार कलेज कार्लाइल, पेन्सलभानियाबाट आर्मी वार कलेज गर्नुभएको छ । अन्तर्राष्ट्रिय स्तरका विभिन्न पेशागत गोष्ठी तथा कार्यशालाहरुमा भाग लिने क्रममा उहांले वासिङटन डि.सी. स्थित नेशनल डिफेन्स युनिभर्सिटीको नियर ईष्ट एण्ड द साउथ एसियन सेन्टरमा आयोजना भएको एक्जेक्युटीभ सेमिनार, नेभल पोष्ट ग्राजुएड स्कुल, मोन्टरे, क्यालिफोर्नियामा सम्पन्न भएको डिफेन्स डिसिजन मेकिङ र श्रीलंका तथा चीनमा आयोजित क्रमशः डिफेन्स सेमिनार र सियसान फोरम ९ह्ष्बलनकजबल ँयचगm० जस्ता महत्वपुर्ण सेमिनारहरुमा सहभागी हुनुभएको छ । श्री शान्ति विद्या गृह, लैनचौर, काठमाडौंबाट विद्यालय स्तरको पढाई पुरा गर्नु भएका महारथी क्षत्रीले त्रिभुवन विश्व विद्यालयबाट ईतिहास र संयुक्क्त राज्य अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिज्मा स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएको छ ।

करिब ३६ वर्ष लामो सैनिक सेवाको अनुभव संगाल्नुभएका महारथी क्षत्री कर्तव्यपथमा दृढ रही स्वदेश र विदेशमा समेत द्वन्द्व तथा शान्ति दुवै वातावरणमा कर्तव्यनिष्ठ भई आफ्नो जिम्मेवारी प्रशंसनीय ढंगले पुरागर्नु भएको छ । कमाण्ड तर्फ उहाँले तत्कालिन नं. ४ हवाई सुरक्षा व्याट्री, श्री जगदल गण, नं. ७ पदिक वाहिनी, नं. ३ पदिक बाहिनी र मध्य पृतनाको कमाण्ड सफतापुर्वक सम्हाल्नु भएको छ । उहाँको कुशल नेतृत्वमा मध्य पृतनाले अन्तर पृतना प्रतिस्पर्धामा प्रथम भई “प्रधान सेनापति ट्रफि” हात पार्न सफल भएको थियो । यस अघि जगदल गण स्थापना भएको छोटो समयमै उहाँको नेतृत्वमा गणले पेशागत प्रतियोगितामा उत्कृष्ट नतिजा हाँसिल गरेको थियो ।

महारथी क्षत्रीले सबै तहका स्टाफ नियुक्तिहरुमा कार्य गरी एक सफल स्टाफ अधिकृतको रुपमा आफुलाई स्थापित गर्नुभएको छ । फिल्ड तहमा उहाँले नं. १ बाहिनी अड्डाको बाहिनी सेनानी र द्वन्द्वकालमा मध्य पृतना हे.क्वा.को सहायक चिफ अफ स्टाफ (अपरेशन) तथा जंगी अड्डा तहमा अनुसन्धान र विस्तार निर्देशनालय, निरिक्षणाधिकृत विभाग, युद्धकार्य निर्देशनालय र सैनिक सचिव विभागमा वरिष्ट स्टाफ अधिकृतको हैसियतमा कार्य गरी गहिरो अनुभव हासिल गर्नुभएको छ । भर्ना छनौट निर्देशनालयको निर्देशक र प्रधान सेनापतिको सैनिक सहायक जस्तो अत्यन्त महत्वपुर्ण ओहोदामा समेत उहाँले प्रसंशनीय ढंगले कार्य सम्पादन गर्नुभएको छ ।

द्वन्द्वकालमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, सिंहदरवारमा विश्लेषकको हैसियतमा कार्य गरी रणनीतिक तहको स्टाफ अनुभव हासिल गर्नुभएको छ । उहाँले उपरथी दर्जामा रहँदा प्रबन्धरथी र सैनिक विनय महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ । रथी दर्जामा पदोन्नति भएपछि बलाध्यक्ष विभाग र बलाधिकृत विभागको कार्यभार सम्हाल्नुका साथै महारथी क्षत्रीले २०७२ साल बैशाख १२ गते गएको विनासकारी भुकम्पमा नेपाली सेना परिचालन हुँदा नीति निर्माण, योजना र सुपरिवेक्षण कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ । उहाँ श्री जगदल गणको संस्थापक सदस्य र कर्णेल कमाण्डान्ट समेत हुनुहुन्छ ।

महारथी क्षत्रीले संयुक्त राष्ट्रसंघ शान्ति स्थापना कार्यमा लामो अनुभव बटुल्नु भएको छ । उहाँले सन् १९८५ मा लेवनानमा तैनाथ युनाईटेड नेशन ईन्टेरीम फोर्समा से.मु.पति, युनाईटेड नेशन्स गुड अफिसेस् मिशन, अफगानिस्तान र पाकिस्तानमा सन् १९८८ देखि १९८९ सम्म सैनिक पर्यवेक्षक र १९९५ मा यु.एन.म्यानडेटेड मल्टी नेशनल फोर्सेस् हाईटी तथा तत्पश्चात हाईटी मै खडा भएको युनाईटेड नेशन्स मिशनको सेक्टरमा युद्धकार्याधिकृत जस्तो महत्वपुर्ण र संवेनशिल जिम्मेवारीहरु वहन गर्नुभएको थियो । सन् २००२ देखि २००५ सम्म उहाँले न्युयोर्क स्थित संयुक्त राष्ट्र संघ मुख्यालयको डिपार्टमेन्ट अफ पिस किपिङ अपरेशनको मिलिटरी डिभिजनमा रणनैतिक योजना अधिकृतको रुपमा उल्लेख्य योगदान दिनुभएको थियो ।

उहाँ त्रिशक्ति पट्ट र गोरखा दक्षिण बाहुबाट विभुषित हुनुहुन्छ । साथै, संयुक्त राज्य अमेरिकाको आर्मी अचिभमेन्ट मेडल, संयुक्त राष्ट्र संघ मेडलहरु र अन्य धेरै राष्ट्रिय पदकहरुबाट समेत उहाँ सम्मानित हुनुभएको छ । महारथी क्षत्री विवाहित हुनुहुन्छ । उहाँ र उहाँकी धर्मपत्नी श्रीमती रीता क्षत्रीका दुई सुपुत्र अभिषेक र आभुषण, कुलबधुहरु भीदीशा र अस्मिता तथा नातिनी आर्यानी हुनुहुन्छ । पैदलयात्रा, भ्रमण तथा अध्ययन वहाँका रुचीका क्षेत्रहरु हुन् ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale