बिहीवार, ४ असोज, २०७५ (Thu, 20 September, 2018)
खेलकूद
Sep 16, 2015
रोनाल्डोले पछाडि पारे मेस्सीलाई
बुधबार, भाद्र ३०, २०७२
काठमाडौं, भदौ ३० । रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले साख्तार डोनेस्कविरुद्ध ह्याट्रिक गर्दै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा बार्सिलोनाका लियोनेल मेस्सीलाई पछि पारेका छन् ।

गएराति भएको खेलमा रियल मड्रिडले १० खेलाडीमा सिमित शाख्तर डोनेस्कलाई ४—० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा रोनाल्डो एक्लैले तीन गोल गरेका छन् । यो ह्याट्रिकको मद्दतले आफ्नो व्यक्तिगत गोल संख्या ८० पुराएका छन् । पछिल्ला दुई खेलमा रोनाल्डोले ८ गोल गरेका छन् ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ३० औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफको ५५ औं मिनेटमा शाख्तर डोनेस्कका स्टेफानेस्को रातो कार्ड पाएर मैदानबाट बाहिरिए भने रियलले पेनाल्टी पायो, जसमा रोनाल्डोले सहजै गोल गरे । ६३ औं मिनेटमा रोनाल्डोले नै फेरि पेनाल्टीमार्फत नै गोल गरे र रियलको अग्रता ३—० मा पुर्याए ।

मेस्सी र रोनाल्डोले एक अर्कालाई पटक पटक उछिन्दै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता हुने होडबाजीलाई कायम राखेका छन् । मेस्सीले आज रोमाविरुद्धको खेलमा रोनाल्डोलाई उछिन्न सक्नेछन् ।

रियलले ११ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्ने होडमा उत्कृष्ट शुरुवात गरेको छ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan