बिहीवार, ४ माघ, २०७४ (Thu, 18 January, 2018)
खेलकूद
Sep 16, 2015
राष्ट्रिय लिग फुटबलमा विमल घर्तीमगरको "डेब्यु"
बुधबार, भाद्र ३०, २०७२
काठमाडौं, भदौ ३० । चर्चित युवा स्ट्राइकर विमल घर्तीमगरले सुदूरपश्मिाञ्चलबाट खेल्दै राष्ट्रिय लिगमा ‘डेब्यु’ गर्दै गोल समेत गरेका छन् । सुदूरपश्चिमाञ्चलले रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा यो दोस्रो जित हासिल गरेको हो ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको बुधबार मैदानमा भएको खेलमा सुदूरपश्चिमाञ्चलले जगदम्बा लुम्बिनीलाई ३–१ ले हराउँदै दोस्रो जितसहित सुदूरपश्चिमाञ्चल ९ खेलबाट १० अं कसहित छैटौं स्थानमा उक्लिएको छ । लुम्बिनी भने ९ खेलबाट ४ अंकका साथ तालिकाको पुछारमा छ ।


यस्तै, सुदूरपश्चिमाञ्चलका लागि दिनेश राजवंशी र रमन थापाले एक–एक गोल गरे भने विमल पहिलो खेलमै म्यान अफ द म्याच घोषित भए ।

बुधबारै भएको अर्को खेलमा विराटनगरमा स्थानीय मोरङ फुटबल टिमले शीर्ष स्थानको झापा–११ सँग गोलरहित बराबरी खेलेको छ ।

यो बराबरीसँगै झापा ९ खेलबाट १७ अंकका साथ शीर्ष स्थानमा कायमै रहँदा मोरङ ८ खेलबाट ४ अंकका साथ आठौं स्थानमा रहेको छ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang