बिहीवार, २७ मंसिर, २०७५ (Thu, 13 December, 2018)
मुख्य खवर
Sep 19, 2015
संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख तीन दलद्वारा संविधान जारी भएको दिन खुसियाली मनाउन अपील
शनिबार, असोज २, २०७२
काठमाडौं, असोज २ । प्रमुख तीन दलले संयुक्त पत्रकार सम्मेलन गरी संविधान घोषणा भएको दिन खुसियाली मनाउन सबैलाई अपील गरेका छन् ।

कांग्रेस, एमाले, एमाओवादीका शीर्ष नेताहरुले आइतबार जारी हुने संविधान अधिकांश नेपालीलाई सम्बोधन गरी तयार भएकाले यसलाई खुसीका साथ ग्रहण गर्न समेत अपील गरेका छन् ।

शनिबार बालुवाटरमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले संविधानलाई संशोधन गर्न सकिने भएकाले यही नै अन्तिम हो भने जसरी व्याख्या नगरी फेरि पनि सहमति, सहकार्य र एकताबाटै अगाडि बढ्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले सबैको चित्त बुझ्ने गरी संविधान जारी हुँदै गरेको बताए । एमाले अध्यक्ष केपी ओलीले सहमतिमा सबै कुरा चल्ने भन्दै संविधानमा भएका कमीकमजोरीलाई सुधार गर्दै लैजान सकिने स्पस्ट पारे ।

यस्तै, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी दलहरुले आन्दोलन गर्ने कुनै आधार नभएकाले तत्काल वार्तामा आउन आग्रहसमेत गरेका छन् ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan