बुधबार, ३ असोज, २०७५ (Wed, 19 September, 2018)
खेलकूद
Sep 19, 2015
संरक्षक र सक्षमलाई डबल्स उपाधि
शनिबार, असोज २, २०७२
काठमाडौं, असोज २ । संरक्षकभूषण वज्राचार्य र सक्षम कार्कीको जोडीले सातौं केसा ग्रुपजेटिआई जुनियर खुला लनटेनिस प्रतियोगिताको ब्वाइज डबल्सको उपाधि शनिबार जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा संरक्षक र सक्षमको जोडीले प्रशान्त बस्नेत र दीपेश केसीको जोडीलाई ६–० र ६–३ को सोझो सेटमा पराजित गरे । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा इरा रावत यु–१४ गल्र्स सिंगल्स च्याम्पियन बनिन् । फाइनलमा इराले एनी माथेमालाई ६–४ र ६–२ ले हराइन् ।

यु–१२ ब्वाइज सिंगल्सको उपाधि अदित सुवेदीले जिते । उनले फाइनलमा सम्यकभूषण वज्राचार्यलाई ६–३ र ६–३ को सोझो सेटमा पाखा लगाए । आरभ हाडाले अकी जुवेन रावतलाई ८–५ ले पन्छ्याउदै यु–१० ब्वाइज सिंगल्समा पहिलो स्थान हात पारे ।

यसअघि सिंगल्सको यु–८ ब्वाइजमा प्रसिद्ध बस्नेत र गल्र्समा इभा अधिकारी, यु–९ ब्वाइजमा आरभ हाडा र गल्र्समा आजा रेग्मी, यु–१० गल्र्समा रायना शाह, यु–१२ गल्र्समा अभिलाषा विष्ट, यु–१४ ब्वाइजमा प्रशान्त बस्नेत, यु–१६ ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र गल्र्समा मायांका राणा तथा गल्र्स डबल्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडीले स्वर्ण जितेका थिए ।

विजेतालाई एसियाली क्षेत्रका लागि अन्तर्राष्ट्रिय टेनिस महासंघका विकास निर्देशक सुरेश मेनन, मुख्य प्रायोजक केशा ग्रुपका अध्यक्ष केशवराज पाण्डे र सह–प्रायोजक डा. जाना माथेमाले पुरस्कार प्रदान गरे ।

सो अवसरमा नेपाली टेनिसको विकास र विस्तारमा सहयोग गरेवापत केशा ग्रुपले मेननलाई सम्मान गरेको थियो । अध्यक्ष पाण्डेले मेनालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । पाँचदिने प्रतियोगितामा विभिन्न १४ स्पर्धामा १ सय २५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कुल पुरस्कार राशी १ लाख रुपैयाँ रहेको थियो ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan