बिहीवार, ३१ श्रावन, २०७५ (Thu, 16 August, 2018)
मुख्य खवर
Sep 20, 2015
राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ जारी
आईतवार, असोज ३, २०७२
काठमाडौं, असोज ३ । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी गरेका छन् । आइतबार साँझ संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. यादवले नेपालको नयाँ संविधान जारी भएको घोषणा गरेका हुन् ।
राष्ट्रपतिद्वारा जारी संविधान आइतबारदेखि नै लागू भएको छ ।

संविधान जारी भएपछि संविधानसभा बैठकबाटै देशबासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले भने, ‘जनताका प्रतिनिधिले लोकतान्त्रिक अधिकार, आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि बनाएको नेपालको संविधान जारी भएको घोषणा गर्ने ऐतिहासिक अवसरमा म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले यस संविधानको घोषणासँगै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको जनाए । उनले भने, ‘नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न र राज्यशक्तिको स्रोत जनतामा मात्र हुने भन्ने मान्यता पनि स्थापित भएको छ ।’

उनले संघीयता र गणतन्त्र सहितको हाम्रो बहुदलीय संसदीय शासनप्रणालीमा समानुपातिक, समावेशी प्रतिनिधित्वको सहभागितासहित अन्य विषयहरु संविधान कार्यान्वयनका क्रममा अझ फराकिलो र विकसित हुँदै जाने विश्वास व्यक्त गरे ।

हाम्रो देश बहुजातीय, बहुभाषीय, बहुधार्मिक, बहु सांस्कृतिक एवं भौष्गोलिक विविधतायुक्त रहेको उल्लेख गर्दै राष्ट्रपति डा. यादवले नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार, भाषा, भेषभुषा, संस्कृति र पहिचानलाई समान ढंगले संरक्षण र प्रबद्र्धधन गर्ने विश्वास प्रकट गरे ।

विविधताका बीचमा एकतामा जोड दिदैं सबैप्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै, परारम्परिक एकता, सहिष्णुता र मेलमिलापका साथ संविधानसभाबाट प्राप्त जनताका अधिकार, उपलब्धि र संघीयता सहितको लोकतान्त्रिक गणतान्त्रिक राज्य प्रणालीको संरक्षण र प्रबद्र्धधनका लागि उनले सबैलाई आह्वानसमेत गरे ।

जनताका प्रतिनिधिद्वारा संविधानसभाबाट पारित यो संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनता र जनताको सार्वभौमिकताको रक्षा गर्ने साझा दस्तावेज भएको उनको भनाई थियो ।

‘यो ऐतिहासिक दस्तावेज निर्माणमा योगदान र्पुयाउने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, संविधानसभा सदस्यहरुलाई संविधानसभा अध्यक्षमार्फत म हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa