मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) बंगलादेशको पाहुना टोली नारायणगंज क्लबसँग ५–३ गोल अन्तरले पराजित भएको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले मैत्रीपूर्ण खेल आयोजना गरेको प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो । खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालको तर्फबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए । […]