दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए
दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किएका छन् । कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिुभवन विमानस्थलमा पुगेर बिदाइ गरेका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई विमानस्थलमा राष्ट्रपति पौडेलले नै स्वागत गरेका थिए । कतारी राजा अमिरले हिजै राष्ट्रपति पौडेलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि नेपाल कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । […]