सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
समाचार
Oct 16, 2015
सभामुख र उपसभामुखको निर्वाचन आज हुँदै
शुक्रबार, असोज २९, २०७२
काठमाडौं, असोज २९ । व्यवस्थापिका संसदमा आज सभामुख र उपसभामुखको निर्वाचन हुँदैछ । दिउँसो तीन बजे बस्ने संसद बैठकले सभामुख निर्वाचित गर्नेछ । सभामुखको निर्वाचन सक्किएपछि उपसभामुखको निर्वाचन हुनेछ । उपसभामुखका लागि पाँच बजेको समय तोकिएको छ ।

सभामुखमा एकीकृत माओवादीले ओनसरी घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको निर्णयअनुसार घर्तीले सभामुख पदमा आफ्नो उम्मेदवारी दिने अन्तिम तयारीमा जुटेको छ ।

उता, उपसभामुखमा राप्रपा नेपालले गंगाप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सत्तारुढ दलहरुको सहमतिअनुसार एकीकृत माओवादी र राप्रपा नेपालले सभामुख र उपसभामुखमा उम्मेदवारी दर्ता गराउन थालेका हुन् ।

सभामुख र उपसभामुखमा सकेसम्म प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवारी नदिने जनाएको छ । कांग्रेसले उम्मेदवारी नदिएमा सर्वसम्मत रुपमा घर्ती र यादवले विजयी हासिल गर्ने छन् ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa