शुक्रबार, ५ असोज, २०७५ (Fri, 21 September, 2018)
मुख्य खवर
Oct 18, 2015
अर्थतन्त्रको दरिलो खम्बा बनेको रेमिट्यान्स, एकै बर्षमा २६ प्रतिशतले वृद्धि, सदुपयोगमा शंका
आईतवार, कार्तिक १, २०७२
काठमाडौं, कात्तिक १ । अल्पविकसित मुलुक नेपालको अर्थतन्त्रको दरिलो खम्बको रुपमा रेमिट्यान्स उभिन पुगेको छ । कूल अर्थतन्त्रको झण्डै एक तिहाई योगदान पु¥याउँदै आएको रेमिट्यान्सबारे सरकारले भने सदुपयोगको उचित उपाय फेला पार्न सकेको छैन ।

स्वदेशमा रोजगारीको अवसर नहुँदा निरन्तर विदेसिने क्रममा रहेका युवाहरुको बृद्धिसँगै रेमिट्यान्स दरिलो खम्बा बन्न पुगेको हो । मुलुकको अर्थतन्त्रको एक तिहाई हिस्सा ओगट्ने रेमिट्यान्स, व्यवस्थित र योजनाबद्ध हुन नसक्दा यति ठूलो आयस्रोत अनावश्यक खर्चमा सकिँदै आएको छ ।

नेपाल राष्ट्र बंैकले गत वर्षको तुलनमामा यस वर्ष रेमिट्यान्स वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले गत वर्षको तुलनामा यस वर्ष २६ दशमलव तीन प्रतिशतले रेमिट्यान्समा वृद्धि भएको जानकारी दिएको हो । गत वर्षको साउन महिनामा ४२ अर्व १९ करोड ३० लाख रुपैँया बराबरको रेमिट्यान्स भित्रिएको थियो ।

यस वर्षको साउन महिनासम्ममा ५३ अर्व २७ करोड रुपैँया बराबरको रकम भित्रिएको राष्ट्र बैँकले जानकारी दिएको छ । यस वर्ष गत वर्षको तुलनामा २६ दशमलव तीन प्रतिशतले रेमिट्यान्स वृद्धि भएको नेपाल राष्ट्र बैँकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । प्रवक्ता पंगेनीले गत आर्थिक वर्षमा भन्दा यस वर्ष रेमिट्यान्स वृद्धि भएको तथा खाडी मुलुक लगाएत अमेरीका र जापान बाट बढि मात्रामा रेमिट्यान्स भित्रिएको बताए ।

विनिमय दरको प्रभावले रेमिट्यान्स वृद्धि भएको प्रवक्ता पंगेनीको भनाई थियो । प्रवक्ता पंगेनीले भने,–“विगतका वर्ष भन्दा यस वर्ष दश प्रतिशतले नेपाली मुल्य अवमुल्यन भएको तथा विदेशी डलरको भ्यालु बढेका कारण रेमिट्यान्स वृद्धि भएको हो ।” गत बैशाखमा आएको भुकम्पका कारण धेरै धनजनको क्षति भएकोले पनि विदेशबाट धेरै रकम भित्रिएको हुनसक्ने उनले स्पष्ट पारे । यस वर्ष देशमा विभिन्न किसिमको विपत्ति आई परेकाले पनि ठुलो रकम देशमा भित्रिरहेको छ जसको प्रत्यक्ष सरोकार रेमिट्यान्समा वृद्धि भएको हो ।

नेपाली अर्थतन्त्रमा ठुलो क्षेत्र ओगटेको अर्थात रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा ठुलो भुमिका निर्वाह गरेको मानिन्छ । रोजगारीको लागी होस या शिक्षाको लागी नै किन नहोस जुनसुकै वहानामा भएपनि विदेशमा गएका नेपालीहरुले ठुलो संख्यामा नेपालमा पैसा पठाउने गर्दछन्, जसलाई रेमिट्यान्स भन्ने गरिन्छ । विदेशमा काम गर्ने नेपाली युवाहरुले नोटको रुपमा रेमिट्यान्सका साथसाथै सिपको उद्यमशिलताको रुपमा अतुलनीय रुपमा सामाजिक रेमिट्यान्स पनि भित्राएको उनको भनाई छ प्रवक्ता पंगेनीको ।

खाडी मुलुकहरुले कुनै दिन नेपाली कामदार भित्र्याउन छोडेमा आन्तरिक अर्थतन्त्रमा त्यसको अकल्पनीय असर पर्ने देखिएको छ । नेपाली कामदार जाने देशहरुको श्रम बजारमा अन्तराष्ट्रिय राजनिति, अर्थतन्त्र वा कुटनिटिक अस्थिरताको असर पर्दा त्यो स्थिति आउने देखिएको हो । रेमिट्यान्स भित्र्याउनको लागि मलेसिया, कतार, साउदी अरेबिया, जापान र अमेरिका लगाएतका देशहरु मुख्य स्रोतको रुपमा मानिएको राष्ट्र बैँकले जानकारी दिएको छ ।

भारतबाट पनि ठुलो रेमिट्यान्स भित्रिने गरेको भन्दै प्रवक्ता पंगेनीले भारतबाट रेमिट्यान्सको साथसाथै अन्य सामग्रीहरु पनि आयात गर्ने गरिएको बताए । उनले भारतबाट वार्षिक रुपमा चार सय ९१ अर्वको वार्षिक रुपमा अन्य सामग्रीहरु आयात गरिदैँ आएको जानकारी दिए । नेपालबाट भारतका के कति बराबरको सामग्री जान्छ भन्ने एकिन तथ्यांक नभएको उनको भनाई थियो ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan