बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
मुख्य खवर
Oct 29, 2015
विद्यालाई करोडको कारगेट, गोल्छाको आँखाबाट १५ करोडको आँसु
बिहीवार, कार्तिक १२, २०७२
काठमाडौं, कात्तिक १२ । पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्रीको उमेदवार बन्दा भारतको निर्देशनमा मतदान गर्न नआएको भनेर पार्टीले राजीनामा दिन आदेश दिएको हप्ता दिन नपुग्दै पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारी कात्तिक ११ गते राष्ट्रपतिको चुनाव जितेर करोडको कार्गेड गाडी चढेर संसदबाट हात हल्लाउँदै निस्केको टीभी समाचार हेरिरहेकी एमाले सभासद राज्यलक्ष्मी गोल्छा छटपटाएको खबर एमाले हेडक्वार्टरमा निकै चर्चित बन्यो ।

यद्यपि राज्यलक्ष्मी गोल्छाले विराटनगरमा पत्रकार सम्मेलन गरेरै ओलीसँग राम्रो सम्बन्ध छ भन्ने नेताहरुले आफूसँग १५ करोड लिइसकेको आरोप लगाइन् । एमालेले त राज्यलक्ष्मीलाई व्यापारी घरानाको प्रतिनिधित्व गराउन सभासद बनाएको होइन रहेछ, सभासद पद त बेचेको पो रहेछ भन्ने खुलासा भइसकेको छ । विद्या भण्डारी राष्ट्रपति निर्वाचित हुनासाथ राज्यलक्ष्मीले जिब्रो फटकार्दै भनेकी छिन्– मैले ईश्वर पोखरेल र गोकर्ण विष्टलाई पैसा दिएकी छैन, अरु विभिन्न नेताहरुलाई कति दिएँ दिएँ ।

राज्यलक्ष्मीले भनेकी छिन् ः म भारतीय चेली हुँ । त्यही कारण मलाई राजीनामा दिन भनिएको हो । म कुनै पनि हालतमा राजीनामा दिन्न । मलाई स्पष्टिकरण समेत सोधिएन । म विरामी भएकीले मतदानमा सहभागी हुन नसकेकी हुँ । झलनाथ खनाललाई पाँच करोड, गोकर्ण विष्टलाई १० लाख दिएको र विभिन्न समयमा विभिन्न नेतालाई १५ करोड दिएको बताउने राज्यलक्ष्मीले आफूलाई सम्हाल्दै भनेकी छिन्– मेरा पति महेन्द्र गोल्छाको कामलाई मूल्यांकन गरेर मलाई समानुपातिक सभासद बनाइएको हो । तर एमाले स्रोत भन्छ ः झलनाथ खनालले आफ्नो कोटाबाट राज्यलक्ष्मीलाई सभासद सिफारिस गरेकाले खनालले आर्थिक लाभ लिएकै हुनुपर्छ । झलनाथ खनाल बिना आम्दानी कुनै पनि सिफारिस गर्ने गर्दैनन् ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan