बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
समाचार
Oct 31, 2015
जनसेनाका पूर्व कमाण्डर नन्द बहादुर पुन बने मुलुकको दोस्रो उपराष्ट्रपति
शनिबार, कार्तिक १४, २०७२
काठमाडौं, कात्तिक १४ । जनवादी सत्ता स्थापनाको लागि १० बर्षसम्म जनयुद्ध लडेका नेकपा माओवादीले निर्माण गरेको जनमुक्ति सेनाका कमाण्डर नन्द बहादुर पुन (पासाङ) संघीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति पदमा विजयी भएका छन् ।

शनिबार नेपालको व्यवस्थापिका संसदमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धन दल एमाओवादीबाट उम्मेदवार बनेको पुनले ३२५ मत पाएर बिजयी बनेका हुन् । निर्वाचनमा नेपाली कांग्रेसका अमियकुमार यादवले २१२ पाएका छन् । १० मत बदर भएको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ ।

शनिबार अपरान्ह भएको मतदानको मत परिणाम सुनाउँदै सभामुख ओनसरी घर्तिले उपराष्ट्रपतिको निर्वाचनमा पुन विजयी भएको घोषणा गरेकी थिईन् । शनिबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा ५ सय ४७ मत खसेको थियो ।

५ सय ९६ जना सदस्य रहेको व्यवस्थापिका संसदमा रहेका मधेश सम्बद्ध ४७ जना अनुपस्थित भए । यसअघि प्रधानमन्त्री पदको निर्वाचनमा भने राजीनामा दिएर हिडेका मधेशवादी दलका सभासदहरु समेत उपस्थित भएर नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको पक्षमा मतदान गरेका थिए ।

यद्यपि प्रधानमन्त्रीको निर्वाचनमा मतदान लगत्तै मधेशवादी दलका नेताहरुले नयाँ संविधान स्वीकार गरेको भन्दै चर्को आलोचना भएको थियो । निर्वाचनमा राष्ट्रपति चुनावमा सहभागी सदभावना पार्टीका सांसद् माधवी रानी साह तथा एमालेकी प्रभादेवी बज्राचार्य अनुपस्थित रहेकी थिईन् । माधवीलाई सदभावनाले कारबाही सुरु गरेको छ भने बज्राचार्य विदेश गएकी छन् ।

कमाण्डरदेखि उपराष्ट्रपतिसम्म
दश बर्षसम्म चलेको सशस्त्र युद्धको समयमा नेकपा माओवादीले निर्माण गरेको जनमुक्ति सेनाको डेपुटी कमाण्डर हुँदै कमाण्डर बनेको नन्द बहादुर पुन अर्थात पासाङ नयाँ संविधान कार्यान्वयनको क्रममा गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति बनेका छन् ।

पटक पटक मृत्युको मुखबाट फर्किएर नाफाको जिन्दगी जिइरहेका पुन समग्रमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षको प्रतीकका रुपमा परिचित थिए । सशस्त्र संघर्षदेखि शान्तिप्रक्रियाको पूर्णतासम्म यो नाम चर्चामा रहिरह्यो । नन्दकिशोर भनेर चिनिने ‘पासाङ’को वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने सशस्त्र संघर्षले जन्माएको नाम हो ।

राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुबा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मेका पासाङ पाँच भाइ मध्ये माइलो हुन् । तीन दिदीबहिनी तथा श्रीमती र दुई छोराका बाबु पुन सशस्त्र युद्धका कमाण्डर हुँदै उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । यसलाई एकाथरी मानिसले सशस्त्र जनयुद्धको ऐतिहासिक बिजयको रुपमा समेत लिएका छन् ।

जनमुक्ति सेनाको कमाण्डर हुँदा पश्चिम नेपालका ठूलाठूला लडाईं सबै पुनकै नेतृत्वमा भएका थिए । प्रहरीमाथि भएका अभियान होलेरी (दोस्रो, झिम्पे, जेल्बाङ, लुहाम, महत, घर्तीगाउँ, तकसेरा, पाँचकटिया, रुकुमकोट उनकै नेतृत्वमा भएका हुन् । डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कर्णालीको जुम्लामाथिको आक्रमण पुनकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मंगलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी कब्जा उनकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा भएको संघर्षमा पुन नै कमाण्डर थिए ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan