बिहीवार, ६ बैशाख, २०७५ (Thu, 19 April, 2018)
समाचार
Nov 04, 2015
बाबुराम जनचाहना विपरित अघिबढे : रायमाझी
बुधबार, कार्तिक १८, २०७२
काठमाडौं, कात्तिक १८ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाशक्ति निर्माणको नाममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरु गरेको अभियान कुनै पनि हालतमा सफल हुन नसक्ने ठोकुवा गरेका छन ।

राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा विगतमा बाबुराम भट्टराई पक्षधर मानिएका रायमाझीले भने,‘ नयाँ शक्ति निर्माणको नाममा बाबुराम भट्टराईले ठूलो गल्ती गर्नुभयो, यस्तो बेलामा नयाँ शक्तिको अभियान कुनै पनि हालतमा ठिक छैन । अहिलेको अवस्थामा त्यस्तो शक्ति नेपालमा बन्ने सम्भावना र आधार छैन । नयाँ शक्ति हावामा निर्माण हुन सक्दैन ।’

उनले पार्टी छाडेर जाँदैमा नयाँ शक्ति नबन्ने दावी गर्दै भएका पार्टीलाई नै पछिल्लो अवस्था र परिस्थिति अनुसार रुपान्तरित गरेर नयाँ शक्तिसहितको पार्टी बनाउनु पर्ने धारणा राखे । उपप्रधानमन्त्री रायमाझीले एमाओवादीबाट अहिलेसम्म पाँच समूह बाहिरिसकेको अवस्थामा बाबुराम भट्टराईको हल्लाले कुनै फरक नपर्ने भन्दै पार्टीमा असन्तुष्टी राखेका ४५ जना सम्पर्कमा रहेको र त्यसमध्ये ८० प्रतिसत एमाओवादीमै फर्कने दावी गरे । उनले भने, ‘४५ जनाले पार्टीमा राजिनामा दिएका छैनन, फरक मत मात्रै राखेका हुन । सबै मेरो सम्पर्कमा छन । उनीहरुले पार्टी छाड्दैनन ।’

उनले नयाँ शक्ति निर्माणको अभियानमा र प्रधानमन्त्री निर्वाचानको समयमा पार्टीबाट सभासद लान खोजे पनि भट्टराई सफल नभएको भन्दै नयाँ शक्ति निर्माणको नाममा गल्ती गरेकोले त्यो सफल हुनै नसक्ने ठोकुवा गरे ।

उनले भुकम्पबाट भएको विनासको पुर्ननिर्माण, संविधानको कार्यान्वयन, भारतले लगाएको नाकाबन्दीको सामाना गर्न मुलुक अझै एकताबद्ध हुने पर्ने आवश्यकता रहेको बेला जनता टुटफुटको पक्षमा नभएको स्पष्ट गरेका छन् । विदेशीले नेपालमाथि सेना छिराउने प्रयास गरिरहेको सन्दर्भमा टुटफुटमा जानु भनेको विदेशीलाई सहयोग पु¥याउनु भएको उनले बताए ।

उर्जा र पेट्रोलियम पदार्थमा एक मुलुकको मात्र भर पर्दा अहिलेको अवस्था आएको भन्दै उनले पेट्रोलियम पदार्थ चीनबाट ल्याउने सम्झौता भईसकेकोले उर्जा सम्झौताको विषयमा पनि आफूहरु अध्ययनमा रहेको बताए । रायमाझीले प्रधानमन्त्रीले नै एक वर्षभित्र मुलुकलाई लोडसेडिङ्ग मुक्त गर्ने भनेर सार्वजनिक रुपमा बोलिसकेकोले अब उर्जामन्त्रालय प्रधानमन्त्रीको भनाईलाई सफल बनाउन लागि परेको भन्दै अब तत्कालको लागि बैकल्पिक उर्जालाई अगाडि बढाउने गृहकार्यमा रहेको बताए ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale