सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
देश
Nov 04, 2015
नवभारत टाईम्सले सम्पादकीय मार्फत भन्यो, भारत सरकारको कुटनीति असफल
बुधबार, कार्तिक १८, २०७२
काठमाडौं, कात्तिक १८ । नेपाली जनताका प्रतिनिधिले नयाँ संविधान जारी गरेको सन्दर्भमा भारतले विगत डेढ महिनादेखि लगाई राखेको नाकाबन्दीको सम्बन्धमा भारतीय पत्रिका नवभारत टाईम्सले आफ्नो सम्पादकीय मार्फत भारत सरकारको विदेश नीति पूर्ण रुपमा असफल भएको भन्दै नेपालसँगको अमूल्य सम्बन्ध गुम्न नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले पहल गर्न आग्रह गरेको छ ।

सो पत्रिकाको बुधबार प्रकाशित ‘नेपाल नाराज क्यों’ शिर्षकको सम्पादकीय मार्फत नेपालसँगको भारतको बिग्रेको सम्बन्ध जतिसक्दो चाँडो सुधार गर्नृुपर्ने धारणा सार्वजनिक गरेकोे छ । नवभारत टाईम्सले आफ्नो सम्पादकीय मार्फत नेपालका प्रधानमन्त्री केपी ओलीले विगतमा राजाहरुको पालामा समेत भारतको लागि प्रयोग गर्न नसकेको कडा शब्द प्रयोग गर्दै भारतलाई चेतावनी दिनु अत्यन्तै संगिन भएको उल्लेख गरेको छ । साथै उक्त पत्रिकाले नेपालले चीनबाट इन्धन आयात सुचारु गर्नु नेपाल सरकारको भारतीय कुटनीतिप्रति पुरै अविश्वासको परिणाम भएको भन्दै अमूल्य सम्बन्ध रहेको नेपाल–भारतबीचमा आएको ऐतिहासिक दरारको संज्ञा दिएको छ ।

सम्पादकीयमा पछिल्लोे समय नेपालमा विकास भएको भारत सरकारले पेट्रोलियम पदार्थ ढुवानीमा अबरुद्ध गर्ने भारतको संस्थागत नीति हो भन्ने धारणा भारतको लागि दीर्घकालिन समयसम्मको लागि हानिकारक मान्दै तत्काल नेपालसँगको सम्बन्ध सुमधुर बनाउन पहल गर्न जोड दिइएको छ ।

नवभारत टाईम्सको सम्पादकीय मार्फत मोदी प्रशासनले राजनीतिक दवाव दिई नेपालमाथि लगाएको नाकाबन्दी कर्मचारीतन्त्रले मान्न नहुने भन्दै भारतको कुटनीतिमा परेको राजनीतिक छाँया हटाउन आवश्यक भएको उल्लख । सम्पादकीयको अन्त्यमा मनिएको छ, ‘नेपालसँगको हाम्रो सम्बन्ध कुनै मूल्य तिरेर प्राप्त गर्न सम्भव छैन, कुनै पनि मूल्य चुकाएर यसलाई बचाउन जरुरी छ ।’



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa