बिहीवार, ६ बैशाख, २०७५ (Thu, 19 April, 2018)
समाचार
Nov 08, 2015
वार्ता र संवादका माध्यमबाट समस्याको समाधान हुने उपराष्ट्रपति पुनको विश्वास
आईतवार, कार्तिक २२, २०७२
काठमाडौं, कात्तिक २२ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक विषम परिस्थितिबाट गुज्रेकाले त्यसलाई सकारात्मक ढंगले समाधान गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले मुलुकमा देखिएका विभिन्न समस्यालाई वार्ता र संवादबाट हल गर्न सरकार लागिरहेको भन्ने आफूले थाहा पाएको बताए ।

नेपालीको संस्कार भनेको हिमालको जनतालाई दुःख पर्दा पहाड र तराईका जनताले साथ दिने र तराईको जनतालाई समस्या पर्दा हिमाल र पहाडका जनताले सहयोग गर्ने भएकाले सबै प्रकारको समस्या आन्तरिक रुपमा नै समाधान गर्नुपर्ने उल्लेख गरे ।

नेपालको संविधान घोषणा भएपछि मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले कुनै पनि संविधान पूर्ण हुँदै, क्रमशः परिमार्जन गर्दै लगिने भएकाले कोही कसैले असन्तुष्टि व्यक्त गर्न नहुने स्पष्ट पारे ।

संविधानले दिएको परिधिभित्र बसेर आफूले पनि समस्या समाधान गर्न सरकार, राजनीतिक दललाई आग्रह गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले केही दिनभित्रै मुलुकले निकास पाउने समेत विश्वास व्यक्त गरे । सरकारले कूटनीतिक पहल गरेर सीमामा देखिएको समस्या समाधान गर्न प्रयत्न गर्ने समेत उपराष्ट्रपति पुनको भनाइ थियो ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale