शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
विचार
Dec 03, 2015
अर्को जनविद्रोह र दुर्घटना हुनसक्छ
बिहीवार, मंसिर १७, २०७२
अव मधेसी मोर्चाका कार्यकर्ता सीमा पारि पुगेर नेपाली सुरक्षाकर्मीमाथि पेट्रोल वामवारी गर्न थाले । यो त अति भयो । यो आन्दोलन होइन, युद्ध नै भयो । युद्धको जवाफ युद्धनीतिबाटै दिनुपर्ने हो, ओली नेतृत्वको सरकार भद्रो हेरेर बसिरहेको छ ।

भारत निरन्तर नेपालमाथि मानसिक दबाब र दासता लादिरहेको छ । कक्षा ९ को नेपाली कोर्सबुकमा स्वामी विवेकानन्दको जीवनी राखिएको छ र ग्रेटर नेपाल अभियन्ताहरुले त्यो पाठ्यपुस्तकमा बलभद्र कुवर, भीमसेन थापा अथवा खप्तडबाबाको शूरवीरता अथवा विचार किन राखिएन भनेर प्रश्न उठाएका छन् । पहिले जन गण मन राष्ट्रियगान भनेर पढाइन्थ्यो, अहिले पनि भारतीय बोर्डका पाठ्यपुस्तकमा भारतकै प्रशस्ती पढाइन्छ । पूर्णविराम लागेको छैन भारतीय विचार लाद्नेक्रम । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, वन, उर्जा, सामाजिक क्षेत्र जताततै नेपालको विकासको साझेदारको आवरणमा भारतीय आर्थिक सहयोगका झण्डै ७ हजार योजनाहरु चलिरहेका छन् ।

ब्राजिलपछिको दोस्रो जलस्रोतको धनी मुलुक नेपालका ४० जिल्लामा पिउने पानीका योजना भारतीय सहयोगमा चलिरहेका छन् । ३ सय मेगावाट विद्युत भारतबाटै ल्याइएको छ र नेपालका ठूला खोलाको लाइसेन्स भारतीयको झोलामा बन्दछन् । यो त्यही भारत हो, जसले महात्मा गान्धी, सिल्भर जुब्ली, गोल्डेन जुब्ली, कोअपरेशन, फेलोसिपका नाममा प्रत्येक वर्ष हजारौं स्कलरशीपमा भारत पढ्न पठाउँछ । आँखा जसले देश हेर्नुपथ्र्यो, आँखाका विरामीहरुलाई भारतले विशेष योजना चलाइरहेको छ भने नून, जो प्रत्येक पल हाम्रो शरीरका लागि अत्यावश्यक मिनरल हो, त्यो नूनको आपूर्तिका लागि भारतले सबैभन्दा ठूलो आर्थिक सहयोग उपलव्ध गराइरहेको छ ।

नमकको सोझो चिताउने जात नेपालीलाई नून ख्वाउने भारतले यतिखेर नाकावन्दी गरेर जिल ख्वाइरहेको छ । अर्थात भारत नेपाललाई अघोषित प्रान्तकै रुपमा राख्न चाहन्छ । फिजीकै स्तरमा झार्न चाहन्छ । मदन भण्डारी देशभक्त भएर निस्किए, उनलाई रहस्यमय दुर्घटनामा मारियो । राजा वीरेन्द्रले शान्तिक्षेत्र घोषणा गरे, सार्क स्थापनामा मुख्य भूमिका निर्वाह गरे । चीनबाट हतियार ल्याउने साहस गरे । दरवार हत्याकाण्ड मच्चाइयो । राजा ज्ञानेन्द्रले सार्कमा चीनलाई भित्र्याउने अगुवाई के गरेका थिए, राजतन्त्र नै सखाप पारियो ।

असोज ३ गते संविधानसभाले नेपालको संविधान २०७२ जारी ग¥यो । भारतले विदेश सचिव पठाएर केही दिन रोक्न आदेश दिएको थियो, त्यो आदेशलाई ठूला दलले मानेनन् र अघि बढे । लौ बित्यास प¥यो, हामीले भनेको नेपाली नेताले मानेनन्, यिनको पखेंटा नकाटी भएन भनेर भारतले मधेस आन्दोलन चर्काइदियो र अघोषित रुपमा नेपालमाथि नाकावन्दी नै गरिदियो । एकातिर भूकम्पको विपत्ति, त्यसमाथि भूपरिबेष्ठित मुलुकमा भारतीय नाकावन्दीबाट सिर्जना भयो– महाविपत्ति ।

असोज ४ गते देखिको भारतीय नाकावन्दीले नेपाली जनजीवन र राष्ट्रिय जीवन अस्तव्यस्त भइसकेको छ । सयदिनभन्दा बढीको मधेस आन्दोलनले राष्ट्रिय जीवनरेखा नै मर्किसकेको छ । स्थिति यतिसम्म पीडादायी बनिसक्यो कि अस्पतालका रोगीले उपचार समेत पाउन छाडेका छन् । नेपालमा मानवीय संकट सुरु भइसकेको छ ।

यस्तै हालत थियो १९७१ मा पाकिस्तानको । भारत–पाकिस्तानको युद्धमा पाकिस्तानले युद्ध हा¥यो, पाकिस्तान टुक्रिएर बंगलादेश बन्यो । त्यसपछि पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोले देशवासीका नाममा सन्देश जारी गरे– पाकिस्तानले बरु घाँस खान्छ,परमालु बम बनाउँछ, बनाउँछ । प्रधानमन्त्री भुट्टोको त्यो प्रतिज्ञा १९९७ मा पूरा भयो । आज पाकिस्तान भारतका कुनै पनि हैकमवादविरुद्ध इटको जवाफ पत्थरले दिने ताकत राख्छ ।

चीनले १९९६ मा ताइवानविरुद्ध नाकावन्दी लगाएको थियो । यही नोभेम्बर ७ (कात्तिक २१ गते) चीनका राष्ट्रपति सी जिनपिङले ६० वर्षपछि पहिलोपल्ट ताइवानी राष्ट्रपति मा यिङ जोसँग हातमात्र मिलाएनन्, हामी एउटै परिवारका सदस्य भनेर आत्मियता देखाए । अर्थात नाकावन्दीले केही नहुने रहेछ भनेर चीन ताइवानसँग नजिकिएको छ । भाइचाराको तहमा उत्रिएको छ ।

तर, आन्तरिक आन्दोलन र नाटोको नाकावन्दीको धक्काले युगोस्लाभिया केही वर्षमै बोस्निया हर्जगोविना, क्रोसिया, मेसेडोनिया, मोन्टेनेग्रो, सर्बिया, स्लोभानियाका रुपमा ६ टुक्रा भयो । अहिले नेपालमा सुरु भएको क्षेत्रीय, जातीय, धार्मिक द्वन्द्वले युगोस्लाभियामाथिको त्यही नाकावन्दीको असरको कसरले छुने हो कि भन्ने खतरा अनुभव भइरहेको छ । खासगरी हिमाल र पहाड छुट्याएर मधेसमात्रको प्रदेश हुनुपर्ने र मधेस प्रदेशले स्वायत्त र आत्मनिर्णयको अधिकार पाउनुपर्ने मागसहितको मधेसी मोर्चाको आन्दोलन र त्यो आन्दोलनलाई खुला सीमा भएको भारतले साम, दाम, दण्ड, भेदसहितको नाकावन्दीको सहयोगका कारणले पनि नेपालभित्र मृत्युको घण्टाको आवाज सुनिन थालेको हो ।

निरंकूश मृत्युलाई जितेर लोकतन्त्रको जीवन ल्यायौं भन्ने हाम्रा नेताहरुलाई जनताले विश्वास गरेका थिए । त्यही विश्वासको जग हो अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल । तर, त्यो जग भत्काउने, लोकतान्त्रिक घर भास्ने र मास्ने काम यिनै नेताबाट भयो । लोकतन्त्रलाई नेतातन्त्र, तस्करतन्त्र, माफियातन्त्र, जातितन्त्र, भेग र भाषातन्त्र, धर्मतन्त्र बनाएर शान्तिलाई द्वन्द्वतन्त्रमा बदल्ने काम यिनैले गरेका हुन् । एकजना नेता राजनेता बन्न सकेनन्, एकजना नेता जनताले विश्वास गर्नलायक अथवा सम्मानप्राप्त स्थानमा देखिदैनन् । किन ? किनभने यिनको मुखमा राम राम, व्यवहारमा छुरा देखियो । यिनीहरु लोकतन्त्र होइन, स्वार्थतन्त्रलाई मलजल गरिरहेका छन् । तीनवटा उदाहरण काफी छ– भूकम्प गएको ८ महिना भयो, न प्राधिकरण बन्यो, न भूकम्पपीडितले राहत पाए । संविधान बन्यो, संविधानले ५४ जनाको रगत पिइसक्यो, अझै राजनीतिक सहमति बन्न सकेन । संविधान डढेलो सल्कने सलाईको काँटी पो साबित भयो । म केही गरेर देखाउँछु भन्थे केपी ओली, उनको बोली पानीभित्र हावा छाडेजस्तो मात्र भयो । नेपाली जनमानसमा घृणाभाव समुद्रजस्तै उर्लदै छ, त्यो घृणा भारतप्रतिमात्र छैन, अकर्मण्य नेताहरुप्रति पनि उत्तिकै छ । यिनको राष्ट्रवाद चरित्रगत होइन भन्ने जनताले राम्ररी बुझेका छन् ।

सिंगानपुरलाई सिंगापुर बनाउने लीक्वान युको आवश्यकता छ नेपाललाई । रछ्यानको भात टिपेर खाने जनतालाई सम्पन्न बनाउने कोरियाली पार्क चुङ हीको खाँचो छ नेपाललाई । स्रोत, साधनको कमी छैन, प्रकृतिको बरदान नै हो नेपाल तर देशका लागि केही गर्छु भन्ने बलियो इच्छाशक्ति भएको नेता चाहिएको छ नेपाललाई । आँखाले प्रष्ट देखिएको छ– प्रत्येक दिन युवाशक्ति विदेशीने लस्कर बढ्दैछ, ब्रेन ड्रेनको निरन्तरता पनि जारी छ । स्वदेशमा विदेशीको चाप बढ्दैछ, नेपाली त्यही विदेशी चापको धापमा पर्दै र फस्दै गइरहेको छ । सिङ्गो नेपाललाई साबुत नेपालका रुपमा उद्धार गर्नसक्ने सोच, दृष्टि र कर्म पटक्कै छैन ।एउटै नजारा छ ः भारतले नाकावन्दी ग¥यो, भारत अमानवीय भयो ।

भारतले नाकावन्दी २०२७ र २०४५ सालमा पनि लगाएकै हो । हामीले किन भारतले पटक पटक यस्तो बारणावत धराप प्रकरण प्रकरण दोहो¥याउँछ भनेर निस्कने वैकल्पिक मार्ग खनेनौं । तिर्खा लागेपछि इनार खन्ने कथा बन्यौं ? १९५० पछि निरन्तर भारतले नेपाली सीमा मिचिरहेको छ, अतिक्रमण जारी राखेको छ । दशगजामा राजमार्ग निर्माण गरेको छ, बाँध पुलपुलेसा बनाएको छ, नेपाली भूभागमा भारतीय बस्ती बसालेको छ, ६५ ठाउँका नेपाली जग्गामा भारतीयको कब्जा छ, कालापानी त पुरानो कुरा, लिपुलेकमा भारत–चीनले व्यापार गर्ने भइसके । हिजैमात्र पशुपतिनगरमा नेपाली क्षेत्रभित्र चौकी बनायो र अहिले पनि भारतीय क्षेत्रबाट नेपाली इलाकामा पेट्रोल वमसमेत हान्ने छुट दिएको छ । र, स्रोत भन्छ ः एसएसवीको साथै मुख्य नाकाहरुमा भारतले सेना नै खटाएको छ ।

भारतको हस्तक्षेप युद्धको तैयारी जस्तो छ । हामी संसदमा उपसचिव स्तरको भारतीय राजदूतलाई देश निकाला गर भनेर नाराबाजी गरिरहेका छौं । संसद देशको संकट निवारणका लागि उपाय खोज्ने थलो हो कि राजदूत निकाल भनेर नाराबाजी गरेर संसद नै बन्द गराउने थलो ? देशका संकटका बारेमा अँध्यारा कोठाभित्र मात्र हुन्छन् वार्लालाप । देश गम्भीर संकटमा फस्यो भनेर नेपाली सेनालेसमेत विशेष अन्तरक्रिया गरिसकेको डरलाग्दो स्थितिमा संसदको बैठक चल्नै सक्दैन, चल्नै दिइदैन र त्यहाँ कुनै छलफल नै हुँदैन । यो संसद हो कि गल्लीमा सान्चा पहलमानी खेल्ने थलो ?

नेपाल शान्ति, सुरक्षा, विकास, स्थिरता र प्रगतिमा धेरै पछाडि परिसक्यो । रङरुट सिपाहीलाई एके ४७ अत्याधुनिक हतियार दिनु र नेपाली नेताले लोकतन्त्र चलाउनु उस्तै उस्तै भएको छ । कुराले ठिक्क, कार्य निष्पट्ट । तीखो र चर्को भाषण, मीठो र स्वादिलो चुट्किला । लोकतन्त्र लगनपछिको पोते होला है ?

अफगानिस्तान अस्थिरताले ग्रस्त छ । युरोपलाई आइएसआइएसले गाँजिसकेको छ । जातीय युद्धले विश्वलाई हिंसाको नयाँ चरणमा प्रवेश गराइसक्यो । प्रजातन्त्र संकटमा पर्दै गएको छ । नेपालको शिशु प्रजातन्त्रमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, गृह र ३ उपप्रधानमन्त्री वामपन्थी धारका छन् । यिनले जनयुद्धको पहिलो मिसन पूरा भयो भनेर हर्षोल्लास मनाइरहदा प्रजातन्त्रवाद नै झस्कन पुगेको छ । जनयुद्ध र त्यसको परिणाममा पूर्णविराम लाग्न बाँकी छ, शान्तिको स्थापना र संविधानको कार्यान्वयन भएकै छैन । यो स्थितिमा हिंसाको आगो बलिसक्यो, यो सल्कियो र फैलियो भने नेपाल नाइजेरिया बन्न बेर छैन । स्मरणरहोस्, ३ प्रदेशबाट सुरु भएको नाइजेरियामा ३६ प्रदेश बिनसक्यो, नाइजेरिया अस्थिरता रोकेर निर्माणको अध्यायमा उक्लनै सकेको छैन ।

नेपालको स्थिति अझै काबुबाहिर गइसकेको छैन । राज्य र राजनीतिक बर्गले होस गर्ने र विवेक पु¥याएर राष्ट्रिय धर्मप्रति संवेदनशील हुने हो भने अझै पनि नयाँ नेपाल बनाउने सम्भाबना प्रचूर छ । देशलाई नयाँ संकटबाट निकालेर भाइचारामा स्थापित गर्न सकिन्छ । मात्र १ सय २६ जातिको विविधिकरणलाई विशेषताका रुपमा ग्रहण गर्ने राजनीतिक एकताको हुनुपर्छ । राष्ट्रिय स्वार्थलाई पार्टीगत स्वार्थमा प्रयोग गर्ने निन्दनीय काम रोकिनुपर्छ । आफूले लुट्न पाउनुलाई लोकतान्त्रिक विकास भन्ने भ्रम त्याग्नुपर्छ । अन्यथा निराश जनमानसले बिद्रोह गर्नसक्छ, मुलुक अर्को दुर्घटनाको सिकार बन्नेछ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang