बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
विचार
Dec 16, 2015
जलवायु परिवर्तन र मरूभूमिकरण
बुधबार, पौष १, २०७२
रामबाबु राय यादव
पर्यावरण क्रान्ति :
विश्वव्यापी तापक्रम बृद्धिका कारणले पृथ्वीको वातावरणमा अस्वाभाविक परिवर्तन भई जलवायु लगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुगेको छ । अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, सुक्खा जस्ता प्राकृतिक विपदको जोखिम बढेको छ । जलवायु परिवर्तन र यसको प्रभावका कारण २१औं शताब्दीमा मानव सभ्यता र राष्ट्रहरूको अस्तित्वमाथि नै चुनौती थपिएको छ । पृथ्वी हाम्रो साझा घर हो । यो साझा घरलाई हाम्रा सन्ततिका लागि सुरक्षित बनाउनु हाम्रो परम कर्तव्य हो । अन्यथा हामीले हाम्रा सन्ततिलाई जीवन र मृत्यु सँगसँगै दिनेछौं । र, उनीहरूले हामीलाई जन्मदाताको रूपमा होइन, यमराजको रूपमा सम्बोधन गर्नेछन् । बिग्रदो वातावरणको असर तराई–मधेश तथा हिमाल–पहाड जताततै देखिन थालेको छ । चुरे क्षेत्रमा मानव अतिक्रमणले तराई मधेशको जलाशय, खेतीपाती र किसानी जीवनलाई प्रत्यक्ष मारमा पारेको छ । चुरिया क्षेत्रलाई मानव अतिक्रमणबाट जोगाई जंगल र जैविक विविधतालाई पुनस्र्था्पित गरिनुपर्छ । पर्यावरणीय संकटको पीडा हामी सबैले भोग्न थालेका छौं । समयमै सचेत हुन सकेनौं भने यसको परिणाम भयावह हुनेछ । सरकार र सरकारी निकायहरू अझ पनि पर्यावरण संकट प्रति गम्भीर हुन सकेको छैन । आफ्नो महल बनाउन र सुखशयलका लागि राष्ट्रलाई बर्बाद पार्ने काम भइरहेको छ ।

समग्र मानव जाति, विश्व सम्पदा र जैविक विविधताको संरक्षण, दिगो आर्थिक–सामाजिक–सांस्कृतिक विकास, पर्यटकीय एवं यसबाट पर्ने नकारात्मक प्रभावहरूबाट सगरमाथा लगायत हिमशृंखलाको संरक्षणका साथै तराई पर्यावरण एवं चुरे क्षेत्रको संरक्षण गर्नु आजको आवश्यकता हो । संवैधानिक वातावरणीय अधिकार मानव हितभन्दा माथि उठी बृहत्तर जीव केन्द्रित भए मात्र वास्तविक रूपमा वातावरणको संरक्षण हुन सक्छ ।

आजको विश्वका लागि आवश्यक न्यून कार्बन जीवन शैली पर्यावरणीय क्रान्ति र त्यसपछि पनि त्यसै प्रकारको आपूर्ति परिवर्तन आवश्यक भएको छ । पर्यावरणीय क्रान्तिका लागि नयाँ सोच आवश्यक छ । प्रभावशाली ‘हरित’ प्रविधि पनि आवश्यक छ । पर्यावरणीय आन्दोलनका लागि आधारभूत लक्ष्यसँगै त्यसलाई निर्दे्शित गर्ने हामी चित्र निर्धारण गरिनु आवश्यक छ । अहिंसात्मक र मितव्ययी विधिद्वारा पर्यावरणीय क्रान्ति गरी पर्यावरणमा आधारभूत परिवर्तन गरिनु आवश्यक छ ।

तराई–मधेश पर्यावरण :

तराई–मधेशको उत्तरी भागमा रहेको भावर क्षेत्रमा ठूल–ठूला ढुंगा र बलौटे जमीन छ । उपोठण प्रदेशीय (क्गद(तचयउष्अब िशयलभ) मनसुनी हावापानी पाइने यस क्षेत्रमा मनसुनी वायुले नै वर्षा गराउँछ । वार्षिक सरदर १५३० मिलिमिटर वर्षा यस प्रदेशमा भन्दा पश्चिमी तराईमा मनसुनी वर्षा कम हुन्छ । यस क्षेत्रमा जेठको अन्त्यतिर सुरू भएर असोज महिनासम्म रहने मनसुनी प्रभावले कुल वार्षिक वर्षाको ८० प्रतिशत भन्दा बढी पानी पर्दछ भन्ने बाँकी वर्षा अन्य समयमा हुन्छ । जेठ–असारतिर वा गर्मीयाममा यहाँको औसत तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि चढ्ने गर्दछ । यहाँ सापेक्षित आर्द्रता पनि बढी हुन्छ । यहाँ उच्च तापक्रम अधिक सापेक्षित आद्र्रता र चरम वर्षा हुने कारणले सदाबहार वनजंगल पाइन्छन् । विभिन्न प्रकारका वन्यजन्तु र वनस्पति (ायिचब या ाबगलब) एवं ५०० भन्दा बढी प्रजातिका चराचुरूङ्गी तराई प्रदेशको हावापानीमा पाइन्छ । अर्थात् यस क्षेत्रलाई जैविक विविधताको दृष्टिकोणले ज्यादै धनी मानिन्छ ।

बृद्धिले गर्दा तराई पर्यावरणमा पनि नकारात्मक असर पर्ने गर्दछ । तराईको जलवायु परिवर्तन भएकोले यस क्षेत्रको मानव स्वास्थ्य, कृषि, पर्यटन, वनस्पति, जीवजन्तु एवं जिविकोपार्जन चपेटमा परेको छ । यस क्षेत्रको प्राकृतिक स्रोतको अनियन्त्रित संकलन र निकासीले चुरेको विनाश भएर तराईको समथर भूभाग मरूभूमि बन्ने खतरा बढ्दैछ । साथै यस क्षेत्रको भू–वातावरण र जिविकोपार्जनमा ठूलो असर परेको छ । तराईमा तापक्रम वृद्धि र वनजंगलको तीव्र फडानीले यसको पर्यावरणीय असन्तुलन र मनसुनमा बिग्रदो वातावरण फेरबदल भएको छ ।

नेपाली हिमाली र जनजंगलको विश्व पर्यावरणलाई सन्तुलित तुल्याएको थियो । वन जंगलको विनाश र जलवायु परिवर्तनले गर्दा हिमालय पग्लिन थालेको छ । हिमतालह विस्फोट भइरहेको छ । तराई मरूभूमिकरणको चपेटामा परेको छ । हिमाली क्षेत्र तेस्रो ध्रुव हो र दक्षिण एसियाको पानीको मुहान नै हो भन्ने हामी मनन् गर्नु पर्दछ । नेपालको तापक्रम वृद्धि विश्वव्यापी औसत वृद्धि भन्दा धेरै बढी छ । यसले दीर्घकालमा सम्पूर्ण क्षेत्रकै जलवायु प्रणालीलाई प्रतिकूल प्रभाव पार्ने देखिन्छ । हिमतालको निर्माण फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ । अप्रत्याशित वर्षाको साथ साथै बेमौसमी वर्षा, बाढी र खडेरीको अवस्था समेत आउने गरेको छ । जलवायुमा देखिएको यस्तो विषम् परिवर्तनले नेपाल लगायत यस क्षेत्रमै खाद्य असुरक्षा बढाउनुको साथै मानिसको जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ । पृथ्वीको तापमानको वृद्धिलाई नियन्त्रण गर्न हामी अहिले नै क्रियाशील भएनौं भने हिमाली क्षेत्रका वनस्पति र वन्यजन्तु लोप हुने खतराका साथै यहाँको जैविक विविधता गम्भीर रूपमा प्रभावित हुने र परिवेश प्रणाली पनि अपूरणीय रूपमा क्षतिग्रस्त हुने देखिन्छ ।

जलवायु राजनीति :

वातावरणीय राजनीति विश्लेषणको आधारमा जलवायु परिवर्तन वातावरणीय राजनीतिको मूल समस्या हो भन्ने बुझिन्छ । यसरी जलवायु परिवर्तनको प्राविधिक र अर्थ राजनीतिक परिवेशलाई हेर्दा धनि र शक्तिशाली राष्ट्रहरूले गरीब र कमजोर राष्ट्रहरूका जलवायु परिवर्तन सहायताको नामबाट नयाँ जलवायु उपनिवेश बनाउने खतरा बढेको छ । जलवायु परिवर्तनको विश्वव्यापी सौदाबाजीलाई हेर्दा उपनिवेशको नयाँ स्वरूप जलवायु उपनिवेशवादको जन्म भई कतिपय गरीब र कमजोर राष्ट्रहरूको सार्वभौमिक सत्तामा समेत खलल पुग्न गर्ने सम्भावना बढेको छ । सबैले साना, गरीब र कमजोर राष्ट्रहरू संगठित भएर धनी र शक्तिशाली देशहरूको राजनीतिक असर र प्रभावबाट गरीब जनतालाई जलवायु न्याय र सामाजिक न्याय दिनका लागि र स्वतन्त्र सार्वभौमिक अस्तित्व रक्षाका लागि जलवायु परिवर्तन र वातावरणीय दोषी धनी देशहरूलाई मूल्य तिर्न बाध्य बनाउनुपर्छ । जललायु परिवर्तन उपनिवेशबाट बच्नका लागि गरीब राष्ट्रहरूको एकता र संगठित हुनुपर्दछ । जलवायु उपनिवेशवादको खतराबाट बच्नु पर्छ ।

जलवायु परिवर्तनको अर्थ राजनीतिक विशेषगरी धनी राष्ट्र र औद्योगिक राष्ट्रहरूले हरितगृह ग्यास उत्सर्ग नघटाई आ–आफ्ना देशको राजनीतिक अर्थ व्यवस्था टिकाई राख्न चाहन्छन् भने गरीब राष्ट्रहरू जलवायु परिवर्तनका जोखिम न्यूनीकरण र अनुकूलताका लागि धनी तथा औद्योगिक राष्ट्रले ठोस पहल गर्नुपर्दछ । गरीब तथा जोखिममा परेका राष्ट्रहरूले बिना सर्त सहायता पाउनु पर्नेमा जोड दिएका छन् ।


फ्रान्सको राजधानी पेरिसमा यस वर्षको जलवायु सम्बन्धी विश्व सम्मेलनले कार्बन उत्सर्जन टैक्सलाई महत्व दिएको छ । यसरी नेपाल जलवायु परिवर्तनका प्रभावबाट छिट्टै र गम्भीर रूपमा प्रभावित हुने देशमा परे पनि आर्थिक र भौतिक विकासको स्तरका कारण हामी जलवायु परिवर्तनका कारण बनिसकेका छैनौं ।

(लेखक : सोसल रिपब्लिकन पार्टीका केन्द्रीय अध्यक्ष हुन् ।)
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang