शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
भेटवार्ता
Feb 28, 2016
रामचन्द्र जीसँग भिजन छ, एक पटक सभापति दियो भने देशभर कांग्रेस जाग्छ
आईतवार, फागुन १६, २०७२

विष्णु धिताल राजनीति र ब्यवसायमा उतिकै क्रियाशिल ब्यक्ति हुन् । लमजुङमा जन्मिएका धिताल नेपालको सफा सवारी ब्यवसायीका अध्यक्ष समेत हुन् । त्यत्ति मात्र नभई वित्तिय र बैंकिङ्ग क्षेत्रमा समेत स्थापित छन् । २०४० सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनीतिक जीवनको प्रारम्भ गरेका धिताल नेविसंघको केन्द्रिय सचिवदेखि तरुण दलको केन्द्रिय सदस्य हुँदै दुई कार्यकाल लमजुङ कांग्रेसको क्षेत्रिय सभापति समेत भैसकेका छन् । अहिले ती नै कांग्रेसका नेता धिताल युवा र आर्थिक एजेण्डालाई जोड दिँदै नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेद्वारी दिदै छन् । प्रस्तुत छ, आसन्न महाधिवेशन र उमेद्वारीको विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको केही अंश :

– तपाइको उम्मेद्वारी किन ?

नेपाली कांग्रेसलाई बलियो र सुदृढ बनाएर पार्टीमा नयाँ आयाम थप्न मेरो उमेद्वारी हो । वीपीको विचारलाई थप विकास गर्दै मुुलकको अर्थतन्त्रलाई उन्नत र सुदृढ बनाउनु पर्छ भन्ने मेरो मान्यता हो । युवालाई स्थानीय तह र गाउँमै कृषि र पशुपालनमा आकर्षित गरेर रोजगारी सृजना गर्नुपर्छ । ब्यवसायिक खेती प्रणालीको विकास गर्नुपर्छ ।

र, जनताको जीवनस्तर उकास्नु पर्छ र मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउनु पर्छ । अर्थतन्त्रमा सक्षम भयो भने मात्र हामीले विचारको विकास गर्न सक्छौं र युवालाई कांग्रेसमा आकर्षित गर्न सक्छौं । अनि मात्र वीपीको विचारलाई यर्थाथमा चरितार्थ गर्न सकिन्छ । म सँग त्यही दृष्टिकोण छ । जहिले पनि राजनीतिलाई मात्र प्राथमिकतामा राख्नु हुँदैन । अव मुलुकलाई समुन्नत र समृद्ध बनाउने खाका कोर्ने बेला आयो र त्यसको लागि मसंग प्रष्ट एजेण्डा छ ।

– तर, अहिले रोजगारीकै खोजीमा युवाको ठूलो संख्या विदेश पलाएन भैरहेको छ । यसलाई रोक्ने योजना चाँही के छ ?

हो, हाम्रा युवाले खाडीमा खुनपसिना बगाई रहेका छन् । उनीहरुलाई आर्थिक उपार्जन र आत्मसम्मानको साथ गाउँमै बस्ने वातावरण बनाउनु पर्छ । गाउँमै निजी विद्यालय सरह स्तरिय पढाईको ब्यवस्था गरिदिनु पर्छ । कृषि उत्पादन र पर्यटन प्रबद्र्धन गर्न होमस्टेको विकास गर्न सकिन्छ । गाउँमै रोजगारीको अवसर भयो भने को विदेश जान्छ ? हो, त्यसैले अहिले मेरो गाउँ केन्द्रित र युवा केन्द्रित विकासको योजना छ । दोस्रो, म नेपाली कांग्रेसमा तीन दशक भन्दा बढी काम गरिरहेको पार्टीको बफादार सिपाई हुँ ।

नेविसंघदेखि तरुण दलको क्षेत्रीय सभापतिसम्मको महत्वपूर्ण पदमा रहेर जिम्मेवारी पूर्वक भूमिका निर्वाह गरेका छु । मैले कहिले पदको लोभ गरिन । अहिले पनि जिल्ला सभापति दिए, मैले लिइन । अब, म नयाँ परिवेश अनुसार पार्टी र मुलकलाई हाँक्न गण्डक क्षेत्रको विकासका लागि मैलै उमेद्वारी दिएका हुँ । गण्डक क्षेत्रमा हाइड्रोका ठूलो सम्भाबना छ । मैले त्यो गरेरै छाड्छु । म विचार नेतृत्व क्षमताले पनि खारिएको मान्छे हुँ । आर्थिक रुपमा मुलुक सम्पन्न भयो भने मात्र कांग्रेसले अब बिसौं वर्षसम्म राजनीति गर्न सक्छ ।

त्यसको नेतृत्व अब म गर्न चाहन्छु । अब, त्याग जेलनेलको खोक्रा भाषण चुटेर मात्र हुँदैन । अब तीस वर्ष जेलमा बसेको मान्छेले आएर मुलुकलाई समृद्ध पार्न सक्दैन उहाँहरुलाई सम्मान गर्नु पर्छ । तर, अब शीर्ष नेताहरुको विचारलाई अघि बढाउँदै युवालाई समेटेर पार्टी र देश बनाउनु पर्छ भन्ने मेरा मान्यता हो । टिके प्रथा र नातावाद कृपावादमा लाग्यौं । यसले लोकतान्त्रीक परिपाटीलाई विकास गर्न सकेन । लोकतन्त्रको गहना भनेको नै निर्वाचन हो ।

अब, तत्काल सबै भातृ संगठनको निर्वाचन हुनुपर्छ र नयाँ नेतृत्व छान्नु पर्छ । पार्टीको १३ औं महाधिवेशनबाट पनि अव मुलुकलाई हाक्ने र कांग्रेसको आर्थिक नीति लागु गर्न सक्षम नेतृत्व छान्नु पर्छ । नेताहरुको घरमा विहान वेलुका धाउने होइन । टोपी घेरो र चोली फाटेका जनताको बस्तीबस्तीमा पुग्ने नेतृत्व छान्नुपर्छ ।

– नेपाली कांग्रेसमा नीति भन्दा पनि नेता प्रधान हुँदै गयो भन्छ नि ? वास्तविकता के हो ?

यी दुई एक अर्काका पुरक हुन् । नेतृत्वले नीति बनाउँछ । फेरी नेतृत्वले नै त्यो नीतिलाई कार्यन्वयन गर्छ । तर, पनि नेपाली कांग्रेसमा निती प्रधान छैन् । अमेरीकामा बाराक ओवामा नीति कै कारण दूई पटक नेतृत्वमा आए । आज शेरवहादुर देउवाले पनि मेरो नीति यो हो भनेर छलफल र बहस चलाएको भए राम्रो हुन्थ्यो । त्यसले विचारको बहस गराउथ्यो । तर, उहाँको कुनै नीति सर्वजनिक भएको छैन् । उल्टै रामचन्द्र पौडेलले प्रशिक्षणमार्फत भएपनि आफ्नो नीति र कार्यक्रमको बारेमा कार्यकर्ता समक्ष आफ्नो विचार राख्नु भएको छ ।

– यो कांग्रेसको १३ औं महाधिवेशन भन्दा पनि १३औं समभापति चयन जस्तो देखियो नि ? वीपिको आर्दश हराएकै हो ?

यो १३ औं महाधिवेशनमार्फत १३ औं सभापति चयन हो । प्रत्येक चार चार वर्षको अन्तरालमा हुने निर्वाचन र नेतृत्व चयन प्रक्रिया हो । निर्वाचनले नयाँ जनादेश पनि दिन्छ, नेतृत्व पनि चयन गर्छ । तर, यो १३ औं महाधिवेशन नेतृत्व चयनका लागि मात्र हैन आर्थिक र राजनीतिक रुपले मुलुकलाई दिशानिर्देश गर्ने महाधिवेशन हुनु पर्छ ।

– युवा पुस्ता र पाका पुस्ता सबैलाई समेटेर जानुपर्छ भन्नेमा यहाँको जोड छ ? ठोस अवधारणा तपाईसँग के छ ?

यसका लागि मैले धेरै तयारी गरेको छु । मेरो ब्यवसाय विद्युतिय सवारी हो । हिजो एउटा गाडीबाट सुरु भएको व्यवसायमा अहिले सात सय गाडी सञ्चालनमा छन् । म त्यसको अध्यक्ष पनि हुँ । आज मैले आफ्नो गुजारा चलाउन पुग्ने आम्दानी गरिरहेको छु । त्यो कुनै भ्रष्टाचार, ठगी गरेर कमाएको हैन । म आज वित्तिय क्षेत्रको पनि महत्वपूर्ण ठाउँमा पुगेको छु । कुनै बैंकको अध्यक्ष पनि छु । त्यो कतैबाट कमाएर मन्त्री पद खाएर भ्रष्टाचार गरेर ल्याएको हैन ।

दुःखले कमाएको हुँ । हो, आर्थिक रुपमा कसरी समृद्ध हुने भन्ने भिजन म सँग छ । युवालाई रोजगारी दिने, पछाडि परेका दलित, महिला मधेशी मुस्लिम समुदायलाई निशुल्क स्वास्थ्य, शिक्षा दिने । उच्च जाति ब्राम्हण क्षेत्रीलाई पनि आरक्षणको उचित प्रबन्ध मिलाउने, गाउँका युवालाई गाउँमा नै रोजगारीको अवसर प्रदान गर्ने कृषकलाई उन्नत र ब्यवसायिक खेतीको लागि अनुदानको ब्यवस्था गर्ने । माछा खुवाउने मात्र हैन माछा मार्न सिकाउनु प¥यो, म त्यो काम गरेरै छाड्छु ।

– तपाईले आर्थिक एजेण्डालाई बढि प्राथमिकता जोड दिनुभएको छ, कांग्रेस त मास पोल्टिक्स गर्ने पार्टी हो भन्छ नि ?

यसले के प्रभाव पार्ला र ? पुरानो सोचले अब केहि चल्दैन । विश्व सानो घेरा जस्तै भैसक्यो । नयाँ युग आईसक्यो । विद्धानहरु धेरै आईसके । त्याग तपस्या पनि एउटा पाटो हो । तर, अब शिक्षित र क्षमतावान ब्यक्तिलाई अघि बढाएर आर्थिक एजेण्डालाई नै मुख्य आधार बनाएर अघि बढ्नु पर्छ । मुलक भूकम्प र नाकाबन्दीले थिलथिलो भएको छ । त्यसलाई पुनःनिर्माण गर्नु प¥यो । मुलक भत्ताले हैन आर्थिक कार्यक्रमले चल्नु पर्छ । मुलुकको अर्थतन्त्र तहसनहस भैसक्यो । जस्ले अर्थतन्त्र माथि उठाउने एजेण्ड ल्याउदैन त्यसलाई नेतृत्वमा ल्याउनु गंभिर भुल हुनेछ । कांग्रेसको नेतृत्वमा मुलुकको आर्थिक कायापलट गर्नुपर्छ ।

– तपाई पर्यटकीय जिल्ला लमजुङको त्यसमा पनि ऊर्जाको जिल्लाको रुप परिचित जिल्लाको मान्छे यति लामो समयसम्म लमजुङमा राजनीति गरेर के गर्नु भयो ?

साच्चै भन्ने हो भने अवस्था विडम्बनापूर्ण छ । म ठूलो पार्टीको जिल्ला सभापति । हाम्रो प्रवृति सत्तामुखी छ । पावरमा जो प्रधानमन्त्री, मन्त्री छ, जो जिल्लाको हर्ताकर्ता छ, सबै उसैले ह्याण्डल गर्छ । दोस्रो जिल्ला विकास समितिमा सभापति छैन । सीडीयोले जिल्ला चालउनु पर्ने विडम्बना छ । जनप्रतिनिधि छैन् । गाउँको विकास धेरै तल्लोस्तरमा छ । त्यही विकासको नेतृत्व गर्न, पार्टी आन्तरिक र स्थानीय निकायको निर्वाचन समयमै हुनुपर्छ ।

– ब्यक्तिगत पहलमा जिल्लामा के के विकासको काम भए ? र के त्यस्तो योजना लैजादै हुनुहुन्छ ?

मैले ब्यक्तिगत रुपमा मेरो बुताले भ्याएसम्म काम गरेका छु । केही ठाउँमा माछा पालनको ब्यवस्था गरिदिएको छु । केही ठाउँमा ब्यवसायिक बाख्रा पालनको पनि प्रबन्ध मिलाई दिएको छु । विभिन्न विद्यालका भौतिक पूर्वधार निमार्णमा पनि मैले पहल गरेको छु । तर, विकास ब्यक्तिगत पहलमा हैन राज्यको नीति भित्र पर्नुपर्छ । एउटा ब्यक्तिले गरेर हुँदैन् । राज्यको संयन्त्र बलियो बनाउनु पर्छ । हरेक उद्योग गर्छु भन्ने किसानलाई गाई पालन माच्छा पालन उन्नख खेती गर्नका लागि कम्तीमा पनि दुई लाख रुपैयाँ लोन दिने ब्यवस्था गर्नुपर्छ । यस्ता सामान्य नीति पनि हामीसँग छैन् । अनि कसरी बन्छ मुलुक ? राज्यबाटै नीति बनाएपछि मात्र मुलुकले आर्थिक रुपमा गति लिन्छ । ब्यक्तिगत पहल त गौण हुन् ।

– तपाईले युवाको प्रतिनिधित्वको विषयलाई जोड दिनु भएको छ, यो त कृष्ण सिटौलाले नै उठाउनु भएको छ नी हैन र ? तपाई किन समेटिन सक्नु भएन ?

उहाँले अहिले युवा नेतृत्वको कुरा गर्नु भएको छ । आन्दोलनको पनि नेतृत्व गर्नु भएको छ । माओवादीलाई पनि जङ्गलबाट सहरमा ल्याउन ठुलो भुमिका खेल्नु भयो । उहाँ स्वतन्त्र मान्छे हो । उहाँलाई म आफ्नो ठाउँबाट धेरै सम्मान गर्छु, त्यता तर्फ टिकाटिप्पणी नगरौं ।

– उहाँले त युवाको तर्फबाट छुट्टै प्यानल नै बनाउने प्रयास गरिहरनु भएको छ नि ? यसमा तपाईको धारणा ?

यो कुरामा म नेपाली कांग्रेसको दुई वटा धार देख्छु । एउटा शेरबहादुर देउवा अर्को रामचन्द्र पौडेल । अन्य धार भनेको त्यही भित्रको प्रतिस्पर्धा मात्रै हो । केन्द्रमा आएपछि यस्तो प्रतिस्पर्धा स्वभाविक नै हो ।

– उसो भए संस्थापनको नेतृत्व रामचन्द्र पौडेलकी कृष्णप्रसाद सिटौला त ?
 
त्यो त स्वतःसिद्ध छ । नेतृत्व जोसँग छ उही हो संस्थापन । अहिले कार्यवाहक सभापति रामचन्द्र पौडेल हुनुहुन्छ । उहाँ नै संस्थापन हो । धेरै बोल्नै पर्दैन ।

शशांक जीले भन्नु भए जस्तै मैलै कुनै पनि पद नथपी सवैलाई समेटर लान्छु भन्नु भएको छ रामचन्द्र पौडेलले । उहाँले तपाईहरु मिलाउनुस मलाई बाहिर राखे पनि शेखरजी, सुजताजी, प्रकाशमानजी, रामशरण महत, कृष्ण सिटौला बस्नुस र निर्णय गर्नुस म मान्न तयार छु भन्नु भएको छ । उहाँले मलाई नै सभापति चाहियो नै भन्नु भएको छैन् । म बाहिर बस्न पनि तयार छु भन्नु भएको छ । अव रामचन्द्र जीले यति भनेपछि त सवैलाई मान्ने हुने निर्णय गर्न सक्नु प¥र्यो उहाँहरुले – शशांक, सुजता, प्रकाशमान, कृष्ण सिटौलाले ) त्यसैले रामचन्द्र पौडेल सवैलाई स्वीकार्य नेता हुनुहुन्छ ।

– अव पाँच जनाले निर्णय गर्नु प¥यो नि, कसलाई सभापनि बनाउने भनेर ? माथिल्लो नेता विभाजित भएपनि तपाईहरुले युवा पुस्तालाई एक बनाएर लान सक्नु हुन्छ त ?

यो प्रतिस्पर्धाको युग हो । देशभरका युवा एक हुने संभावना छैन । हामी प्रजातान्त्रिक हौं । महाधिवेशन न्यायाधिश हो । त्यसैले फैसला गरेर क्षमतावान युवालाई नेतृत्वमा लान्छ । को सँग के क्षमता छ त्यो महाधिवेशनले छान्छ । कांग्रेसले यो कार्यकर्ताको अधिकारलाई बञ्चित गर्दैन । कांग्रेस भनेको नै निर्वाचनको पर्याय हो । लोकतन्त्रको मसिहा नै कांग्रेस हो । निर्वाचनदेखि डढाएर हुँदैन । आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ र निश्पक्ष बनाउनु पर्छ । हिलो छ्यापछ्याप र अनावश्यक लालछना लगाउने काम गर्नु हुँदैन् । स्तरिय र सभ्य राजनीति गर्नुपर्छ । मलाई रामचन्द्रले आफ्नो भनेर काखी च्याप्ने र देउवाले अर्को पक्षको भनेर पेल्ने परिपाटी गर्नु हुन्न ।

– तर, अहिलेसम्म त्यस्तै अस्वस्थ्य प्रतिस्पर्धा देखिएको छ नि ? होइन र ?

निर्वाचनका बेला जो जसको प्यानलमा लाग्न सक्छ । तर, निर्वाचन पछाडी सवैलाई समान व्यवहार गर्नुपर्छ । नेतृत्वको गुण भनेको नै त्यही हो । निर्वा्चित भएपछि म सबैको सभापति हुँ भन्ने ब्यक्तिलाई सभापति बनाउनु पर्छ । अनि मात्र लिडरसिप दिन सक्छ । रामचन्द्र जी लुरुलुरु शेरवहादुर जीको घरमा गएर लौ मिलेर जाऊ तपाई प्रधानमन्त्री म सभापति भन्नु भयो, यो पनि त एउटा प्रजातान्त्रिक परिपाटी हो नि त । कतै नजानु भएको भएपनि त हुथ्यो नि ।

– उमेरमा साठी नागेको नेता नै किन पदको लागि यत्रो मारामार गर्छन ?

माओेवादी एमालेको देख्नु भएको छ नी, पार्टी नेतृत्व नछोड्दा सबैले छोडेर गए । कांग्रेसमा यही राम्रो संस्कार छ शीर्ष नेतालाई मान्ने । अब अहिले गगन थापा चर्चित पनि छन् । तर, के उनलाई सभापति मान्न युवाहरु तयार छन त ? हामी तयार छौ त ? गगन भन्दा म पनि के कम छु र । उ त्रिचन्द्रमा संगै पढेको मेरा भाई हो ।

गगनलाई अहिले प्यानल नै पिच्छे तानातान छ । तर, विष्णु धितालले पनि पार्टीमा कम लगानी गरेको छ र ? तर कांग्रेसभित्र एउटा गाउँको मुखियालाई मुखिया नै बनाउने चलन छ । त्यो बाट छुटकारा पाउँदैन । माओवादी एमाले ठूला क्रान्तिकारी कुरा गर्नेले त गर्न केहि गर्न सकेनन् । रामचन्द्र जीसँग भिजन पनि छ, पुरानो नेता पनि । एक पटक सभापति दियो भने देशभर कांग्रेस जाग्छ ।

– रामचन्द्र पौडेल नै किन सभापति ? उहाँसँग पार्टी हाँक्ने के त्यस्तो क्षमता देख्नुहुन्छ ?

उहाँ प्रस्ट वक्ता । भिजन र मिसन पनि छ । वीपीको विचारलाई तर्क संगत ढंङ्गले उहाँले अघि बढाउन सक्नु हुन्छ । उहाँ वीपी र कृष्णप्रसाद भट्टराईको स्कुलिङ र संगतबाट आउनु भएको मान्छे । भ्रष्ट्राचारमा नमुछिएको मान्छे । उहाँको भिजन लागु गर्न एक पटक उहाँलाई पार्टी सभापति बनाउनुपर्छ ।

– यो महाधिवेशनलाई त बाहिरी जगतले पनि हेरिरहेको छ नि ? यो त कांग्रेसको सभापति चुन्ने मात्र होइन नी मुलुककै नेतृत्व दिने पनि हो नि होइन ?

पक्कै पनि अन्तर्राष्ट्रिय जगतले पनि हेरिरहेको छ । विदेशबाट पनि प्रतिनिधि आईरहेका छन् । विदेशी मिडियामा पनि चर्चा छ । कांग्रेसमा भिजन मिसन योजनाको समस्या हो । रामचन्द्र जी सभापति हुनुभयो २० वर्ष्भित्रमा पार्टी कहाँ पुग्छ पुग्छ म विश्वस्त छु । कांग्रेसको एकछत्र हुन्छ ।

– पार्टीमा कमजोर र १७ पटक प्रधानमन्त्रीको निर्वाचन हारेको भनेर बढी नै नकरात्मक टिकाटिप्पणी हुन्छ नि ?

त्यो प्राविधिक पाटो हो । परिस्थिति पनि त्यस्तै भयो । डरलाग्दो पैसाको चलखेल भयो । उहाँ त्यस्तो पैसाको खेलमा नलाग्ने मान्छे । फेरी पैसा पनि कमाएको छैन । अनि कसरी किनवेचको खेलमा उहाँ सफल हुने ? यहाँ त सभासद्को खरिद विक्री हुन्छ । प्रधानमन्त्री बन्नु भन्दा पहिला सुशील कोइराला कहिले पनि मन्त्री बन्नु भएन । रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बन्न शक्तिको चलखेलमा लाग्नु भएन । उहाँ विदेशी पैसाको चलखेलमा समेत पछि लाग्नु भएन । त्यसैले उहाँले हार्नु भयो ।

– अन्तमा तपाई आफना मतदातासँग कसरी मत माग्नु हुन्छ ?

पार्टी प्रतिनिधि ज्यूहरुलाई मेरा भनाई के हो भने विचारका धनी शीर्ष नेताहरुलाई सँगै राख्दै कांग्रेसभित्र विचारमुखी उमेद्वारलाई मत दिनु पर्छ । जोसँग विचार र कार्यक्रम छ त्यस्तो नेतृत्व छान्नु पर्छ । सुविधा भोगी हैन गाउँगाउँमा गएर कांग्रेसको संगठन बनाउन सक्नु पर्छ । जसले आर्थिक, कार्यक्रम विचार र नीतिलाई अघि बढाउन सक्छ । उनीहरुलाई नै जिताउनु पर्छ । (स्रोतः जनताखबरबाट)





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang