शुक्रबार, ४ श्रावन, २०७५ (Fri, 20 July, 2018)
भेटवार्ता
Mar 21, 2016
लगनशिल भएर काम गर्ने इच्छा शक्ति र उत्प्रेरणा जागेको छ
सोमबार, चैत्र ८, २०७२
नेपाल सरकार उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विकाश समिति त्रिपुरेश्वर काठमाडौंको आयोजनामा गत फागुण ४ देखि फागुण ९ सम्म काठमाडौको भृकुटीमण्डपमा भएको २७औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदनशनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रममा पश्मिना, उनी तथा अन्य कपडा समुहमा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कारबाट पुरस्कृत हुन सफल तथा युमा खाडी कपडा उद्योगका सञ्चालक निर्मला तावा लिम्बुसँग गरेको कुराकानीको केही अंश :

– लघु घरेलु तथा साना उद्यमीमा पश्मिना, उनी तथा अन्य कपडा समुहमा उत्कृष्ट भई उत्कुष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार जित्नु भयो यहाँलाई वधाई छ । साथै यहाँको संक्षिप्त परिचय दिनुस न ।
बधाईको लागि धन्यवाद । म निर्मला तावा लिम्बु, बुबा दिलवहादुर तावा र आमा समरोटी साँवा लिम्बुको कोखबाट ३ दिदी वहिनी र ३ दाजुभाई मध्ये जेठी छोरीको रुपमा २०३७ श्रावण ८ गते जन्मिएको हँु ।

– तपाई त समाजिक संस्थाहरुमा पनि आवद्ध हुनु हुन्छ हैन र ?
हो म धेरै संस्थाहरुमा आवद्ध छु ।

– कुन कुन संस्थामा हुनुहुन्छ ?
म आदिवासी सशक्तिकरण तथा वातावरणीय विकाश केन्द्र, पवित्र कुम्भकर्ण धार्मिक स्थल संरक्षण समितिको अध्यक्ष, गैर सरकारी संस्थाका उपाध्क्ष, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सह–सचिव, किरात याक्थुङ्ग चुम्लुङ्ग राष्ट्रिय पार्षद र सामुदायिक सेवा केन्द्र ताप्लेजुङको सदस्यमा रहेको छु ।

– यतिका धेरै संस्थाहरुमा हुनुहुँदो रहेछ उद्योग सञ्चालन गर्ने सोच कसरी आयो ? र यसमा लगानी के कति गर्नुभएको छ ?
म अलि जुझारु स्वभावको भएकोले हो या के हो आदिवासी जनजातिको लोपोन्मुख पराम्परागत शिप संरक्षण गर्न, जुनसुकै हिसां पिडित महिलालाई रोजगारीको अवशर सिर्जना गर्न, परनिर्भता, दासत्व प्रथावाट उन्मुक्ति पाउनको लागि आन्मनिर्भर वनाउन, वेरोजगार युवालाई रोजगारी सिर्जना गर्न, स्थानीय उत्पादनलाई प्रवद्र्धन र प्राथमिकता दिन मनैदेखि लाग्थ्यो । फेरी मेरो परिवारमा आमाहरुबाट नै कपडा वुन्ने र म पनि सानैदेखि आमाहरुसँगै तानमा रहने भएकोले जानेबुझेको शिपले गर्दा नै उद्योग सञ्चालन गरेकी हुँ ठुलो लगानी छैन सिमित लगानी र मेहनतबाट शुरु गरेकी छु ।

– उत्कृष्ट लघु घरेलु तथा साना उद्योगी पुरस्कारबाट सम्मानित हुनुभयो ? कस्तो लागिरहेको छ ? सम्मानबाट केहि प्रेरणा त पाउनु भयो होला नि ।
आज म २७ औं राष्टिय उद्योगी वस्तु तथा प्रविधि प्रदर्शनी कार्यक्रममा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कारबाट पुरस्कृत भएको मा एकदमै खुसी लागेको छ । उक्त परस्कारबाट पुरस्कृत भएपछि उद्योग सञ्चालन गर्नलाई अझ लगनशिल भएर काम गर्ने इच्छा शक्ति र उत्प्रेरणा जागेको छ ।

– नेपालमा खाडी कपडको महत्व के छ ? वा यो कपडा प्रयोग गर्नुमा के फाईदा छ ?
नेपालका नागरिकहरुको विभिन्न धार्मिक आस्था र विश्वासमा रहेकोले सबै धर्ममा शुद्धताले प्राथमिकता पाएको देखिन्छ त्यसैले यो खाडी कपडा शुद्ध कपासको धागोबाट बनेको लाख बत्ती बाल्ने उद्योगवाट बनेको कुनै रसायनिक प्रदार्थ नमिसाई वनस्पति चिजलाई रङ गरि वनेको कारण पुर्खाहरुले परमपरा देखि नै प्रयोग गर्दै आएको कारण अझ किरातीहरुले त युमा माङ (सृष्टिकर्ता) ले मानव सम्झौतासँगै मानवीय आङ छोप्ने कपडा बुनेको राती सपनामा देखि विहान विऊझैँ पछी तान बुन्न शुरुवात गरेको र तान बुन्ने क्रम फैलिदै गएको विश्वास छ । त्यसैले यसको आफ्नै महत्व छ र स्वास्थ्यको हिसावले पनि अत्यन्तै फाइदा छ ।

– यो व्यावसायलाई निरन्तरता दिनको लागि तपाईको योजना के छ ?
व्यवसायलाई निरन्तरता दिनको लागि सबै भन्दा पहिलो कुरा त वजार व्यवस्थापन गर्ने र इच्छुक यूवा महिलाहरुलाई तालिम दिदै उद्योगमा आवद्ध गराउने र अन्तराष्ट्रिय बजार प्रवद्र्धन साथै व्यवस्थापनमा समेत पहल गर्ने योजना बनाएकी छु ।

– अहिले तपाईको उद्योगबाट के–कस्ता प्रकारका कपडा तयार हुन्छ ?
अहिले मेरो उद्योगवाट खाडी कपडाबाट बन्ने दौरा सुरुवाल, कोट, कुर्ता सुरुवाल, टप्स, मजेत्रो, गल्वन्दी, फरिया, चौवन्दी, व्लाउज, टागव, मेख्ली जस्ता कपडाहरु तयार हुन्छ ।

– तपाई एक सफल महिला उद्यमी हुनुहुन्छ ? अहिले नेपालमा वेरोजगारी समस्या ठूलो छ । वेरोजगार यूवालाई के भन्नु हुन्छ ?
सर्वप्रथम वेरोजगार यूवाहरुलाई के भन्न चाहान्छु भने पहिला कुरा शिक्षा हो त्यसैले पढाइलाई निरन्तरता दिदै स्थानीय सीपहरु सिक्दै उद्योग व्यवसायमा लाग्नु पर्छ र स्वदेशी रोजगारमा विशेष ध्यान दिनुपर्छ ।

– अन्तमा केही भन्नु छ की ?
अन्तमा म के भन्छु भने राज्यलाई नै ध्यानकर्षण गराउन अति आवश्यक र जरुरी देख्छु किनकी सरकार आफै अन्तराष्ट्रिय दासी र परनिर्भरता भएको कारण स्थानिय उत्पादनमा ध्यान नपु¥याए कसले आज स्थानीय शिप, उद्योगहरु प्रवद्धन गर्न नसकिएको अवस्था छ छायामा परेको छ ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa