बुधबार, ३ असोज, २०७५ (Wed, 19 September, 2018)
खेलकूद
Apr 10, 2016
बराबरीमा रोकिएपछि आर्सनललाई उपाधिमा झड्का
आईतवार, चैत्र २८, २०७२
काठमाडौं, चैत २८ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार आर्सनललाई झट्का लागेको छ । प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा वेष्ट ह्याम युनाईटेडसँग ३–३ गोलको बराबरीमा रोकिएपछि आर्सनलको उपाधि दाबेदारीमा धक्का लागेको हो ।

खेलको ३५ औं मिनेटमै मेसुत ओजिल र अलेक्सी सान्चेजको गोलमार्फत २–० को अग्रता लिएको आर्सनलले जित निकाल्न भने सकेन । पहिलो हाफमै वेष्ट ह्यामका एण्डी क्यारोलले दुई गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

दोस्रो हाफमा क्यारोलले ह्याट्रिक पुरा गर्दै वेष्ट ह्यामलाई अग्रता दिएपनि आर्सनलका लरेन कोसेल्नीले एक गोल थपेपछि खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।

बराबरीसँगै आर्सनलले अंक तालिकाको शीर्ष स्थानमा रहेको लेष्टर सिटी र दोस्रो स्थानको टोटनह्यामसँग दुरी घटाउने अवसर गुमाएको छ ।

इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले वेष्ट ब्रोमलाई २–१ ले हराएको छ ।

उता चेल्सीलाई स्वान्सी सिटीले १–० ले पराजित गर्दा बर्नमाउथले एस्टन भिल्लालाई २–१ ले हराएको छ । यसैगरी साउथह्याम्पटनले न्युकासल युनाईटेडलाई ३–१ ले हराँउदा क्रिष्टल प्यालेसले नर्वीच सिटीलाई १–० ले पराजित गर्यो । वाट्फोर्ड र एभर्टनले भने १–१ गोलको बराबरी खेलेका छन् ।






 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan