बिहीवार, ७ आषाढ, २०७५ (Thu, 21 June, 2018)
खेलकूद
Apr 14, 2016
युएफा च्याम्पियन्स लिगमा बार्सिलोना आउट
बिहीवार, बैशाख २, २०७३
स्पेन, वैशाख २ । उपाधि दाबेदार मानिदैं आएको बार्सिलोनालाई हराउँदै एथ्लेटिको मड्रिड युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति आफ्नै मैदानमा भएको दोस्रो लेगको खेलमा एथ्लेटिको मड्रिडले बार्सिलोनालाई २–० ले पराजित गर्यो । एथ्लेटिकोलाई विजयी गराउन दुबै गोल एन्टोनियो ग्रेजम्यानले गरे ।

यसअघि पहिलो लेगको खेलमा बार्सिलोनासँग २–१ ले पराजित भएको एथ्लेटिकोले गएरातिको जितपछि समग्रमा खेल ३–२ ले आफ्नो पक्षमा पारेको हो ।

गएराति भएको अर्को खेलमा पोर्चुगलको बेनीफिकासँग २–२ गोलको बराबरी खेल्दै जर्मनीको बायर्न म्युनिख पनि सेमिफाईनलमा पुगेको छ । पहिलो लेगको खेलमा बेनीफिकालाई १–० ले हराएको बायर्न म्युनिखले दोस्रो लेगमा २–२ गोलको बराबरी भएपछि समग्रमा खेल ३÷२ ले आफ्नो पक्षमा पारेको हो ।

गएरातिका खेलपछि युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताका सेमिफाईनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ । यसपटक स्पेनका दुई टोली रियल मड्रिड र एथ्लेटिको मड्रिड, जर्मनीको बायर्न म्युनिख र इङ्ल्यान्डको म्यान्चेस्टर सिटी सेमिफाईनलमा पुगेका छन् । सेमिफाईनलको खेल तालिका शुक्रबार निकालिने भएको छ ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale