सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
खेलकूद
Apr 14, 2016
नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुग्यो
बिहीवार, बैशाख २, २०७३
काठमाडौ, वैशाख २ । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनको १७ सदस्यीय नामिबियाको टोली आज नेपाल आइपुगेको हो । उक्त टोलीलाई सोल्टी होटलमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)की कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिनुभयो ।

नेपालका लागि नामिबियासँग खेल निकै महत्वपूर्ण मानिएको छ । अघिल्लो चरण प्रवेश गर्नका लागि नेपाललाई दुवै खेल जित्नै पर्ने दबाब छ । यदि नेपालले दुवै खेलमा नामिबियालाई पराजित गर्नसके नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो हुनेछ ।

उक्त प्रतियोगितामा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छ । प्रतियोगितामा यसअघि चार खेल खेलको नेपालले चारै खेलमा हार व्यहोर्दै अंकविहीन छ भने नामिबियाले दुई अंक जोडेको छ । नेपाल स्टकल्यान्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

नेपाली टोलीलाई प्रक्षिक्षक जगत टमाटा र परामर्श प्रशिक्षकका रुपमा पुबुदु दासानायकेले प्रशिक्षण दिइरहुनभएको छ । रासस




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale