बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
विचार
Apr 15, 2016
आन्दोलनको धम्की भन्दा तयारी आवश्यक
शुक्रबार, बैशाख ३, २०७३
  
बीपी साह 
विश्लेषक सीके लाल भन्छन्,‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा जानुअघि ‘क्षमा यात्रा’ गुर्न आवश्यक छ । जनधनको क्षति अधिक संख्यामा भएपनि आन्दोलनलाई सफलताको शिखरमा पु¥याउन नसकेकोमा क्षमा माग्दै आन्दोलनका लागि तयार रहन आग्रहसहित मोर्चाका नेताहरूले क्षमा यात्रा गर्नुपर्छ ।’
करिब ५८ जना राज्य पक्षबाट मारिएपनि आन्दोलन सफल हुन सकेन वा भनौ नेतृत्वले आन्दोलनलाई सफलताको शिखरमा पु¥याउन सकेन । अन्ततः मधेशी–थारूले पनि आन्दोलनलाई विस्राम दिन थाले । आन्दोलन मत्थर भयो वा तुहियो अथवा तुहाइयो, यो बेग्लै पाटो हो ।
६ महिने आन्दोलनबाट मधेशी मोर्चाका नेताहरूले पाठ सिक्नु पर्ने थियो तर त्यस्तो भएन सबैले आ–आफ्नो दम्भ देखाउन थाले । आन्दोलन निष्कर्षमा पु¥याउन घनिभुत छलफल तथा तयारी आवश्यक थियो तर मोर्चाका कुनै नेताले त्यो गरेन । बरू आन्दोलनको आडमा पार्टी विस्तार तिर लागे । पार्टी विस्तार गर्नु गलत हो भन्ने भनाई पंतिकारको होइन तर आन्दोलनको समयमा आन्दोलनकारी घटक दलकै नेताहरूलाई हेराफेरी गर्नु अशोभनिय छ । मोर्चाका नेताहरूले मोर्चाभित्रकै एक पार्टीका नेतालाई अर्को पार्टीमा तान्न थाले अर्थात मैथलीको एउटा उखान‘अई कोठी के धान ओइ कोठी’ गर्न थाले । त्यसले आन्दोलनलाई झन् कमजोर पार्ने काम गर्नेछ । आन्दोलनका विषयमा आन्दोलनकारीहरू बिच दैनिक छलफल हुनु पर्नेमा मोर्चाका नेताहरू बैठक मै बस्न आनाकानी गर्न थालेका छन् । 
सञ्चार माध्यमहरूमा वा सार्वजनिक स्थलमा मोर्चाका नेतृत्वहरूले आफ्ना कमिकमजोरी ढाकछोप गर्न विभिन्न बाहाना गरेपनि वास्तविकता प्रष्टिदै गएको छ । आखिर आन्दोलन किन असफलता तिर गयो त ? यो प्रश्नको जवाफ खोज्दै जाने हो भने मधेशी मोर्चाभित्रको कमिकमजोरी प्रष्ट हुन्छ । मोर्चाको कमजोरीलाई पुनः ढाकछोप गरिएको खण्डमा आगामी आन्दोलन पनि असफल हुने पक्का छ । तसर्थ आन्दोलनकारी र आन्दोलन समर्थक सबैले ६ महिने आन्दोलनको कमिकमजोरी केलाउनु आवश्यक छ । र, तयारी पनि आवश्यक छ ।
मोर्चाभित्रकै दलमा आन्दोलनका बखत पाखण्डी प्रतिस्पर्धा हुनु, एकअर्काको नेतृत्व स्वीकार गर्न नसक्नु, आन्दोलनका रणनीतिक तयारी गर्न नसक्नु, मधेशका अन्य शक्ति अर्थात शैक्षिक, स्वास्थ्य, व्यवसाय, बुद्धिजिवी र कृषीकर्ममा लागेकाहरूलाई आन्दोलनको हिसेदार बनाउन नसक्नु मुख्य कमजोरीहरूका रूपमा देखिएको थियो । आन्दोलनलाई प्रसार तथा संयम बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मिडियालाई मोर्चाले नजरअन्दाज गरेको गयो । त्यो ठूलो दुर्भाग्य थियो ।
पहिलो विश्व युद्धमा पनि मिडियाले ठूलो प्रपोगाण्डा गरेको थियो जसले एक पक्षलाई निकै फाईदा पनि भयो । दोस्रो विश्व युद्धमा पनि मिडियाको महत्वपूर्ण भूमिका रहेको थियो । त्यस बेलाका नेतृत्वले मिडियाको महत्व बुझि सकेको थियो भने अहिलेको मधेशी नेतृत्वले अहिलेसम्म मिडियोको महत्व बुझ्न सकेको छैन । तसर्थ आन्दोलनको प्रसार संयमित र नियमित पनि भएन । जसले गर्दा आन्दोलनलाई निष्कर्षमा पु¥याउने तत्वहरू सक्रिय निरन्तर सक्रिय हुन सकेन । 
अवको तयारी ः मधेश–थरूहट आन्दोलनलाई निष्कर्षमा पु¥याउन आन्दोलन गर्ने हो भने सबभन्दा पहिले मधेशी मोर्चाका शिर्ष नेतृत्वले क्षमा माग्दै आन्दोलन समिति निर्माणका लागि पहल थाल्नु पर्ने हुन्छ । शीर्ष नेतृत्वबीचको एकआपसको द्वन्द्व समाप्त पार्न गैरराजनीतिक व्यक्तिको नेतृत्वमा आन्दोलन समिति सञ्चालन गर्नु पर्ने हुन्छ । जसले कुनै पार्टीका नेतालाई घाटना हुनेछैन वा आपसी द्वन्द्व समाप्त गर्नेछ । 
आन्दोलन समितिमा मधेशका सम्पूर्ण हिसेदारहरूलाई समेट्ने गरी कार्य विभाजन गर्नु पर्ने हुन्छ । मधेश र थरूहटका शक्तिहरूलाई समेट्दै मोर्चाभन्दा बाहिर रहेका स्वतन्त्रता पक्षधरहरूको समर्थन पनि आन्दोलनमा आवश्यक छ । मोर्चाका नेतृत्वहरूले श्रीमति वा सालीको नाउँमा मिडिया स्थापना गर्नुभन्दा पनि मधेशका व्यवसायिक मिडियालाई प्रवद्र्धन गर्नु र समन्वय गर्नु आवश्यक छ । अर्कोतर्फ आन्दोलनबाट रूष्ट हुँदै गएका मधेशी र मधेशवासीहरूलाई पुनः आन्दोलनमा सरिक हुनका लागि आह्वानसहित संयुक्त प्रशिक्षण चलाउनु आवश्यक छ । बैशाखबाट आन्दोलनलाई निष्कर्षसहितको आन्दोलन गर्ने हो भने मोर्चाका नेतृत्वले तयारी अहिलेदेखि नै थाल्नु पर्छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan