सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
खेलकूद
Apr 15, 2016
क्रिकेट खेलका लागि सुरक्षाको तयारी पूरा
शुक्रबार, बैशाख ३, २०७३

काठमाडौँ, वैशाख ३ । त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा शनिबार र सोमबार हुने नेपाल र नामिबियाबीचको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले प्रतियोगिताको सुरक्षाको कार्ययोजनाबारे जानकारी दिनुभयो ।

उहाँले प्रहरी उपरीक्षकको नेतृत्वमा ७७३ जना प्रहरी खेलको सुरक्षार्थ परिचालन गरिने जानकारी दिनुभयो । त्यसबाहेक राष्ट्रिय अनुसन्धान विभागका सदस्य र ‘ब्याक अप’ सहयोगीको रुपमा सशस्त्र प्रहरीसमेत छुट्टै परिचालित हुनेछन् ।

मैदानभित्र प्रवेश गर्ने दर्शकको खानतलाशीका साथै ‘मेटल डिटेक्टर’को समेत प्रयोग गरिने छ । दर्शकले खेल अवधिमा अमर्यादित व्यवहार नगरुन् भनी दर्शक बस्ने बीचबीचमा प्रहरी राखिने छ ।

खेलका लागि आउने विदेशी खेलाडी, प्रशिक्षक र निर्णायकको सुरक्षाका लागि उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओर्लिएदेखि बस्ने होटल, खेल मैदान हुँदै स्वदेश फर्कदासम्मका लागि सुरक्षा प्रबन्ध मिलाइएको छ ।

यसअघि विसं २०६६ मा नेपाल र अमेरिकाबीच कीर्तिपुर खेल मैदानमा भएको प्रतियोगितामा केही नेपाली दर्शकले उच्छृङ्खल गतिविधि गरेका थिए ।

सोही कारण अहिले पनि नेपालमा सुरक्षाको कारण देखाउँदै नेपाल र नामिबियाबीचको यो खेल भारतमा सार्ने प्रयास गरिएको थियो । तर नेपाली पक्षले सुरक्षाको पूर्ण प्रत्याभूति दिएपछि अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ नेपालमा यो खेल आयोजना गर्न राजी भएको हो ।

यो खेल अन्तर्राष्ट्रिय क्रिकेट सङ्घको प्रत्यक्ष संलग्नतामा हुने भएकाले आगामी दिनमा नेपालमा अन्य प्रतियोगिता गर्न समेत सहयोग पुग्ने भएकाले दर्शकलाई सभ्य र मर्यादित रुपमा प्रस्तुत हुन प्रमुख आयुक्त थापाले आग्रह गर्नुभयो ।

यसैबीच, शनिबार दशरथ रङ्गशाला त्रिपुरेश्वरमा आयोजना हुन लागेको रेस्लिङ खेलको सुरक्षाका लागि समेत प्रहरीले कार्ययोजना तयार पारेको छ । रेस्लिङस्थलमा प्रहरी उपरीक्षकको नेतृत्वमा ३३६ जना प्रहरी परिचालन गरिने प्रमुख आयुक्त थापाले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale