मंगलवार, ३ पौष, २०७५ (Tue, 18 December, 2018)
खेलकूद
Apr 18, 2016
दिल्ली डेयर डेभिल्ससँग रोयल च्यालेन्जर बेंग्लोर ७ विकेटले पराजित
सोमबार, बैशाख ६, २०७३
काठमाडौं, वैशाख ६ । क्विन्टन डि ककको विस्फोटक ब्याटिङको मद्दतमा दिल्ली डेयर डेभिल्सले आइपिएलको जारी प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर बेंग्लोरलाई ७ विकेटले पराजित गरेको छ ।


टस जितेर पहिले क्षेत्ररक्षण रोजेको दिल्लीले बेंग्लोरका ब्याट्सम्यानहरुलाई आफ्नो नियन्त्रणमा राख्न भने सकेन । परिणामस्वरुप बेंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९१ रनको विशाल योगफल बनाएको थियो ।

बेंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७९ रन बनाए भने एबी डे भिलियर्सले ५५ तथा शेन वाट्सनले ३३ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि प्रारम्भिक ब्याट्सम्यान डि ककले ५१ बलमा १०८ रनको शानदार पारी खेल्दै जितको आधार तयार पारिदिएका थिए । त्यस अतिरिक्त करुण नायरले ५४ रन बनाए ।

तीन खेल खेलेको दिल्लीले दुई जितका साथ अंक तालिकामा आफूलाई तेस्रो स्थानमा राख्न सफल भएको छ भने दुई खेलबाट एक जित हात पारेको रोयल च्यालेन्जर बेंग्लोर चौथो स्थानमा छ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan