सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
खेलकूद
Apr 19, 2016
आदिबासी जनजाती फुटबल कप-२०७३ हुने
मंगलवार, बैशाख ७, २०७३
काठमाडौं, वैशाख ७ । किरात कोइँच स्पोर्टस क्लबको आयोजनामा दोस्रो अदिबासी जनजाती कप–२०७३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

“एकताले नै सपना साकार हुन्छ” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपालमा छरिएर रहेका आदिवासीहरुलाई एकवद्ध बनाएर खेलकुद मार्फत एकताको सन्देश पुग्ने संयोजक सामुयल सुनुवारले अखबारनेपालाई बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी तथा नगद ५० हजार र प्रमाणपत्र, द्वितीय हुने टिमलाई ट्रफी तथा नगद २५ हजार र प्रमाणपत्र तथा तृतीय हुने टिमलाई ट्रफी तथा नगद १५ हजार र प्रमाणपत्र पाउने छन् ।

दोस्रो आदिवासी जनजाति कप प्रतियोगितामा आदिवासी जनजातिले मात्र सहभागी हुन पाउने र प्रतियोगतामा प्रत्येक खेलाडीले अनिवार्य रुपमा नागरिकता र जन्मदर्ताको प्रमाणपत्र आयोजकलाई प्रतिलिपि बुझाउनुपर्ने प्रतियोतिाका सह–संयोजक भावना सुनुवार र गोविन्द सुनुवारले बताए ।

प्रतियोगिता सातदोबाटोस्थित खेलकुद मैदानमा यहि वैशाख १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु

नागरिकता वा जन्मदर्ता हो । - सागर सुनुवार


अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale