सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
खेलकूद
Apr 29, 2016
मुम्बईसामू कोलकता निरीह
शुक्रबार, बैशाख १७, २०७३
मुम्बई, वैशाख १७ । ईण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)मा मुम्बई ईण्डियन्सले कोलकाता नाईट राईडर्सलाई ६ विकेटले पराजित गरेको छ । गएराति भएको खेलमा कोलकाताले दिएको १७५ रनको लक्ष्य मुम्बईले दुई ओभर बाँकी छँदा ४ विकेट गुमाएर पुरा गरेको हो ।

मुम्बईको जितमा सुरुवाती ब्याट्सम्यान एवं कप्तान रोहित शर्माले अविजित ६८ रन जोडे । यसैगरी पाँचौ नम्बरमा ब्याटिङ गर्न मैदानमा छिरेका वेष्ट इन्डिजका अलराउण्डर काईरन पोलार्डले १७ बलमा ५१ रनको विष्फोटक पारी खेले ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो । कोलकाताका लागि गौतम गम्भिरले ५९ रन तथा रविन सिंह उथप्पाले ३६ रनको योगदान दिए ।

गएरातिको जितसँगै मुम्बई इन्डियन्स आइपिएलको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ८ खेलबाट उसको ८ अंक छ भने ६ खेल खेलेको गुजरात १० अंकसहित शीर्ष स्थानमा छ ।

आइपिएल क्रिकेटमा आज शीर्ष स्थानको गुजरात लायन्सले छैटौं स्थानको राईजिङ पुणे सुपर जाईन्ट्ससँग खेल्नेछ । यसअघि भएको खेलमा सुरेश रैनाको कप्तानीमा रहेको गुजरातले महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको पुणेलाई हराएको थियो ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale