सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
खेलकूद
Apr 29, 2016
नेपालगञ्ज गोल्डकप सुरू
शुक्रबार, बैशाख १७, २०७३
नेपालगन्ज, वैशाख १७ । नेपालगञ्जमा यति सिमेन्ट नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता सुरू भएको छ । प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी भएको छ ।

सुदूरपश्चिमले नेपालगञ्जलाई ट्राइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा दुबैले बराबरी खेलेपछि ट्राइब्रेकरबाट नतिजा लिइएको हो । खेल सुरू भएको दुई र चार मिनेटमै सुदूरपश्चिमले गोल गरेर नेपालगन्ज–११ लाई पछि पारेको थियो। राकेश हमाल र विनोद केसीले सुदूरपश्चिमका लागि गोल गरेका थिए ।

दुई गोल खाएपछि आक्रामक बनेको नेपालगञ्जले २९ औं मिनेटमा विभुषण केसीको गोलबाट सुदूरपश्चिमको अग्रता खुम्च्याएको थियो । अन्तिम मिनेटमा नेपालगञ्जका लागि चूडामणि चौधरीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

२–२ गोलमा खेल सकिएपछि १४ मिनेट अतिरिक्त समय थपिएको थियो । थपिएको समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा सुदूरपश्चिमका पाँचै जना खेलाडीले गोल गरेका थिए । नेपालगञ्जका चार जनाले मात्रै गोल गरे ।

खेलको म्यान अफ म्याच सुदूरपश्चिमका विनोद केसी भए । केसीले एउटा मोबाइल पुरस्कार समेत पाएका छन् ।

प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव केशव विष्टले रेफ्री विकास महतलाई बल दिएर गरेका थिए । यति सिमेन्ट नेपालगञ्ज गोल्डकपमा आठ वटा टिमको सहभागिता रहेको छ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale